पुस २२, २०७९
नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...
बैशाख ५, २०८०
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत विगत एक महिनादेखि बारा- २ मा सक्रिय छन् ।
जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई जिताउन उनको सक्रियता आफैं उम्मेदवार हुँदाको भन्दा कम छैन ।
यसअघि मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा राउतले यादवलाई सप्तरी- २ मा दोब्बर मतान्तरले पराजित गरेका थिए ।
अहिले फेरि उनलाई हराउनका लागि राउत आफैं घरदैलो गर्ने, स्वाभिमान यात्रा निकाल्ने तथा जनतासँग भोट माग्ने काम गरिरहेका छन् ।
चुनावी सक्रियतामा शिवचन्द्र कुशवाहाभन्दा पनि सीके राउत नै अगाडि आएका देखिन्छन् ।
सोही क्रममा महागढीमाई नगरपालिकाको बरियारपुरस्थित जनमत पार्टीको सम्पर्क कार्यालयमा भेटिएका राउतसँग लोकान्तरकर्मी अजय अनुरागीले कुराकानी गरेका छन् ।
प्रस्तुत छ, कुराकानीको सम्पादित अंश:
चुनाव प्रचारको क्रममा कस्तो माहोल पाइरहनुभएको छ ?
धेरै राम्रो माहोल छ । जनतामा उत्साह छ । जनताले जनमत पार्टीलाई जिताउने छाँटकाँट देखाउनुभएको छ ।
तपाईंहरूको मुख्य प्रतिस्पर्धा कोसँग हो ?
हाम्रो लडाईं कुनै व्यक्ति र पार्टी विशेष भन्दा पनि यसपालि बारा-२ को जनताले आफ्नो जनप्रतिनिधि पाउने कि बाहिरियाले पाउने मुख्य सबाल भएको छ ।
हिजोसम्म उपेन्द्र यादवलाई मधेशको मसिहा भनिन्थ्यो । मसिहाको उपाधि खोस्ने प्रतिस्पर्धा हो ?
होइन । म त मधेशको सेवक हो । मधेशको पुत्र हो । मैले आफ्नो लागि कहिल्यै पनि त्यस्तो शब्दावली प्रयोग गरेको छैन ।
उपेन्द्रलाई तपाईंले सप्तरी- २ मा पराजित गर्नुभयो । अहिले यहाँ बारामा पनि कम्मर कसेर लाग्नुभएको छ । तपाईंका उम्मेदवारले जित्ने के आधार छ ?
धेरै आधारहरू छन् । यदि उपेन्द्र यादव लोकप्रिय भएको भए, उहाँले राम्रो काम गरेको भए सप्तरी-२ बाट हार्ने स्थिति नै आउँदैनथ्यो । उहाँ त पार्टी अध्यक्ष हो नि ! हामी त नयाँ पार्टी थियौं । हामीसँग न साधन स्रोत थियो, न संगठन । कतै स्थानीय तहमा पनि हामीले जितेका थिएनौं । स्थानीय निर्वाचनको मतपरिणाम हेर्नुभयो भने त्यो पनि हामीसँग छँदै थिएन । यति कमजोर पक्षहरू हुँदाहुँदै पनि उहाँ दोब्बर मतान्तरले पराजित हुनुभयो । उहाँको धरातलीय यथार्थ के हो भन्ने कुरा त्यसले पनि देखाउँछ ।
त्यसैले तीनचार महिनामै त्यसमा धेरै ठूलो सुधार भइसकेको अवस्था त पक्कै पनि होइन । सप्तरीमा जितेर ५ वर्ष काम गरेको अवस्थामा त जित्न सक्नुभएन भने यो अवस्थामा बारा- २ मा आएर चुनाव जित्ने उहाँको केही आधार नै छैन । उहाँले एउटा मात्र स्वजातीय आधार देखाउँदै हुनु हुन्छ । यही तर्क सप्तरीमा पनि गर्नुभएको थियो । तर, उहाँले आफनै जातिमाथि कुनै करुणा राख्नु भएको छैन । जुनसुकै जातिबाट जितेपनि गरीबहरू दमनको शिकार भएका छन् ।
उहाँको पार्टीका नेताहरू वा कार्यकर्ताहरूले मात्रै समर्थन गरे भन्दैमा सबैले समर्थन गर्नेवाला छैनन् । सीमान्तकृत तप्काका मान्छेहरू, आवाजविहीनहरूले जनमत पार्टीलाई नै भोट हाल्छन् ।
उहाँलाई सत्ता गठबन्धनको साथ देखिन्छ नि!
दलीय गठबन्धन त सप्तरीमा पनि थियो नि ! त्यतिबेला पनि मलाई पत्रकारबन्धुहरूले त्यही आँकडा देखाउनु हुन्थ्यो । तर, त्यो विश्लेषण त काम लागेन नि ! त्यो गठबन्धन त नेताहरूले पो गरेको हो, जनताको बीचमा गठबन्धन भएको छैन । नेताका लागि हामीले किन आहुति दिने भनेर जनताले भनिरहेका छन् । हामीले त आफ्नो जनप्रतिनिधि छान्ने भनेर भनिरहेका छन् ।
प्रचारप्रसारका क्रममा, भाषणका क्रममा तपाईंका शब्दहरू धेरै अराजक भएको टिप्पणी उहाँहरूले गरिरहनुभएको छ । यति अराजक किन हुनुभएको हो?
मेरो कुन अभिव्यक्ति अराजक छ ? उहाँहरूको त गतिविधि नै अराजक छ । उहाँहरूको गतिविधि आतंकवादीभन्दा कम अराजक छ र ? गौर नरसंहार कुनै आतंकवादी गतिविधिभन्दा कम छ ? यहाँ पनि जुन तरिकाले उहाँ (उपेन्द्र यादव)को गतिविधि भइरहेको छ त्यो अराजकता हो ।
सरकारी संयन्त्रको दुरुपयोग भएको हो?
एकदमै भइरहेको छ । मुख्यमन्त्री जनकपुर बस्नुभएको छ ? मुख्यमन्त्रीले आफ्नो मन्त्रिपरिषदको बैठक राख्नुभएको छैन । यहाँ सरकारी गाडीमा दिनरात घुम्नुहुन्छ । उहाँका मन्त्रीहरू यहीँ छन् । अर्थमन्त्री यहीँ घुमिरहनुभएको छ । प्रहरीको संरक्षणमा सरकारी गाडी लिएर उहाँहरू घुमिरहनुभएको छ ।
अस्ति म गाउँमा जाँदा हाम्रो पार्टीका झण्डाहरू प्रहरीले निकाल्दै थिए तर त्यही ठाउँमा जसपाको झण्डा लगाउने काम भएको थियो । हाम्रो डिजे चल्न दिँदैनन्, तर अहिले पनि अर्को पार्टीको डिजे चलिरहेको छ । यसरी प्रहरी प्रशासनको दुरुपयोग गरिँदैछ । सत्ताको दुरुपयोग भइरहेको छ । हरेक वडामा उहाँहरूले ठूलो भोजभतेर गर्नुभएको छ । त्यसमा कुनै रोकटोक भएको छैन । सबै पार्टीले मल्टी कलरका ठूल्ठूला ग्लसी पेपरमा पम्प्लेट राख्नुभएको छ, हामीले सिंगल कलरको राखेका छौं । सबैले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।
प्रचारप्रसारका क्रममा सिंह, स्याल, झुण्ड आदिको चर्चा गरिरहनुभएको छ । त्यो भनेको के हो ?
त्यो मैले होइन, जनताले भनिरहेका छन् । त्यत्रो बलियो भएको भए एक्लै पनि त आउन सकिन्थ्यो नि ! भन्नका लागि यत्रो ठूलो पार्टी हौं भन्नुहुन्छ, तर राष्ट्रिय अध्यक्ष नै भएर एक्लै आउन सक्नुभएन । गतिविधिले नै देखाउँछ कि एउटा चुनाव लड्न पनि पाँच पार्टीको समर्थन चाहिने अवस्थामा कति कमजोर र डरपोक हुनुहुन्छ ।
तपाईंकै उम्मेदवार शिवचन्द्र कुशवाहालाई जनयुद्ध कालमा धेरै आरोपहरू लागेका छन् । जनयुद्धकालीन मुद्दाको कुरा उठेका छन् । के भन्नुहुन्छ ?
जनयुद्धकालमा कुनै पनि कार्यकर्ताले नेताको निर्देशनविना कुनै गतिविधि गर्दैनथ्यो । त्यो चेन अफ कमाण्डभन्दा बाहिर जानेलाई ठूलो सजाय हुन्थ्यो । उहाँले आफ्नै मनले केही पनि गर्नुभएको थिएन । त्यसैले जे भएको हो त्यो क्रममा भएको हो । हामी पनि त्यसमा दु:खी छौं । उहाँ जनमत पार्टीमा आइसकेपछि जनयुद्धकालको जिम्मेवारी लिने कुरा भएन । तर, जनमत पार्टीमा आइसकेपछि त्यस्तो कुनै गतिविधिमा संलग्न हुनुभयो भने त्यसको जिम्मेवारी हामीले लिने हो ।
माथि संघीय सरकारमा मन्त्री फिर्ता बोलाउनु भयो तर सरकारलाई दिएको समर्थन फिर्ता लिनुभएको छैन । फेरि मधेश प्रदेश सरकारमा गठबन्धनमै हुनुहुन्छ । मधेशमा नेतृत्व फेरिने कुराको पनि हल्ला भइरहेको छ । कांग्रेस, जनमत वा लोसपा कसले नेतृत्व पाउने हो ?
सहमतिअनुसार भयो भने मधेश प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले पाउने हो । किनभने जसपालाई धेरै कुरा गठबन्धनले दिएको छ । उपराष्ट्रपति पनि दियो । त्यहाँ मन्त्री पनि दियो । बारा- २ मै पनि पाँचवटै पार्टीले समर्थन गरेको छ । जसपाले पाउने कुरा सबै पाइसकेको छ । त्यसकारण सहमतिअनुसार हुने हो भने अब जनमतको मुख्यमन्त्री हुने हो । तर, कांग्रेसबाट मत पाउनका लागि तपाईंहरूलाई मुख्यमन्त्री दिन्छौं भनेर भ्रम छरिरहनुभएको छ ।
संघीय सरकारमा के गर्नुहुन्छ ?
संघ सरकारमा अहिले हामी खुलाचाहिँ भएकै हो । किनभने एउटा कुर्सीकै लागि त्यहाँ बस्ने होइन, काम गर्न सक्नुपर्यो । जे वाचा हामीले जनतालाई गरेका छौं, त्यो पूरा गर्न सक्नुपर्यो । त्यसका लागि उपयुक्त मन्त्रलायहरू उद्योग मन्त्रालय, कृषि मन्त्रलाय, शहरी विकास मन्त्रालय दिए काम गर्न सक्ने अवस्था थियो । त्यो नपाएकै कारण हामी बाहिरिएका हौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने सोचमा छैनौं ।
मधेश प्रदेश सरकारबाट जनमत आफैं नबाहिरिने हो भने घोक्रेठ्याक लगाएर बाहिर निकाल्नुपर्छ भनेर जसपाका केही नेताहरूले अभिव्यक्ति दिनुभएको छ नि !
त्यहाँ सीट भनेको जसपाले मुख्यमन्त्री पाउने सीट होइन । जसपाले हाम्रो भन्दा ३ सीट मात्र बढी ल्याएको छ ।
यसअघि पनि आधा कार्यकाल पालैपालो चलाउने सहमति भएको हो । पहिलो पालो जनमतको थियो, तर पछि सहमति उल्लंघन गरेर जसपालाई नेतृत्व दिइयो ।
संघ र प्रदेश दुवै ठाउँमा प्रतिपक्षमा बस्न पनि जनमत तयार भएको हो ?
हामी जहिले पनि प्रतिपक्षमा बस्न तयार छौं ।
उपेन्द्रजीजस्तो नेताको संसदमा आवश्यकता छ भनेर भनिएको छ । बारामा उपराष्ट्रपति, मुख्यमन्त्री सबै दिनुभएको हुनाले पनि बारा-२ मा उहाँलाई जनताले जिताउँछन् भन्ने तर्क गरिएको छ । यसमा के भन्नु हुन्छ ?
उपराष्ट्रपति पद धेरै राम्रो हो भने उपेन्द्रजी आफैं किन बन्नु भएन ? ग्रान्डडिजाइन गरेर रामसहायजीको सांसद पद खोस्नु भयो र अहिले त्यो पदमा आफैं आउन खोज्नुभएको छ ।
मुख्यमन्त्री त दिनुभयो तर त्यो एक महिने पद हो । उपनिर्वाचन सकिएलगत्तै मुख्यमन्त्रीजीको पद जान्छ । आफू संसदमा जानका लागि शुरूमै बारालाई देखाउनका लागि मुख्यमन्त्री पद दिइएको हो । तर, बाराका जनताले केही पाएका छैनन् । बाराबासी त मुख्यमन्त्रीजीबाट विगतदेखि नै आजित हुनुहुन्छ । संसदमा जसरी पनि छिर्ने दाउका लागि उपेन्द्रजीले ग्रान्ड डिजाइन गर्नुभएको हो ।
अर्को कुरा संसदमा उपेन्द्रजीको आवश्यकता छ भन्ने तर्कमा दम छैन । करोडपति हुने चाहना हुँदैमा कसैको घरमा ताल्चा फोडेर, घरमूलीको पैसा लुट्नु त उपयुक्त हुन्न नि ! त्यसैगरी अहिले उहाँ सांसद हुनुपर्छ भन्दैमा चोर बाटोबाट जाने, पुनः मन्त्री बन्नकै लागि अरूको राजनीतिक जीवन समाप्त पार्ने कुरा उपयुक्त हुँदैन ।
तपाईंले उहाँमाथि निरन्तर बाहिरिया र फिरंगी भन्ने आरोप लगाइरहनु भएको छ । त्यसरी आरोप लगाउन मिल्छ ?
बाहिरिया त बाहिरिया नै हो नि ! मोरङ, सुनसरी, सप्तरी हुँदै अहिले बारा- २ मा आउनुभएको छ । त्यस कारण उहाँलाई मैले फिरन्ते भनेको हो ।
नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...
मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भयो । कांग्रेसले ८९, एमालेले ७८, माओवादीले ३२ सीट जिते । नयाँ दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले २० सीट जित्यो । अर्को नयाँ दलको रूपमा आएको जनमत पार्ट...
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएको केही दिनमै पशुपतिनाथ मन्दिरमा पुगेको विषय अहिले सर्वत्र चर्चामा छ । त्यसो त भारत भ्रमणमै छँदा प्रचण्डले गेरुवस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वर...
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लामो समयदेखि सांसद र विभिन्न मन्त्रालयको जिम्मेवारी पूरा गर्दै आएका एक कुशल राजनीतिज्ञका रुपमा परिचित छन् । विसं २०३२ मा नेपाल विद्यार्थी संघबाट राजनीति...
मुलुकको पत्रकारिता क्षेत्रलाई मर्यादित तुल्याउन अभिभावकीय भूमिका निर्वाह गर्दै आएको प्रेस काउन्सिल नेपालले ५३ वर्ष पूरा गरेको छ । स्वस्थ पत्रकारिताको विकास एवं सञ्चार माध्यम र पत्रकारलाई राष्ट्र, समाज र नाग...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...