×

NMB BANK
NIC ASIA

मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद्को महत्त्वपूर्ण निर्णयः कित्ताकाट खुल्यो, रवि लामिछानेको निर्णय खारेज

बैशाख ५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

मन्त्रिपरिषद्को मंगलबार बसेको नियमित बसेको बैठकले जग्गाको कित्ताकाट खुला गर्नेसहितका महत्त्वपूर्ण निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

Muktinath Bank

उनले भनिन्, ‘भूउपयोगसम्बन्धी पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने भन्ने निर्णय भएको छ ।’ यससँगै अंशवण्डा, जग्गासहित जग्गासम्बन्धी कारोबारका थुप्रै कुरामा कित्ताकामा समस्या भएको विषयलाई अब नियमावलीले समाधान गर्ने शर्माले बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार मन्त्रिपरिषद्को निर्णयसँगै यसअघि कित्ताकाट बन्द गर्ने भनेर मन्त्रालयहरुले गरेका निर्णयहरु स्वतः खारेज भएको छ । 
लामिछानेको निर्णय खारेज
यसैगरी बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गृहमन्त्री हुँदा भएको एक विवादास्पद निर्णय पनि खारेज भएको छ । बैठकले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तबरले नागरिकको विवरण प्रमाणीकरणसम्बन्धी कार्यविधि खारेज गर्ने निर्णय गरेको हो । 


Advertisment
Nabil box
Kumari

यो कार्यविधिलाई लिएर प्रश्न उठेकाले यसलाई खारेज गरेर यस विषयमा छानबिन गर्ने निर्णय समेत भएको शर्माले जानकारी दिइन् । 
यो विषयमा करोडौ आर्थिक चलखेल भएको दाबीसहितको समाचार बाहिर आएका थिए भने नागरिकको गोप्य डाटा विदेशीको हातमा पुग्ने भन्दै चित्ता व्यक्त गरिएको थियो । 
तर लामिछानेले भने आफूले पुरानै फाइल प्रक्रियाअनुसार सदर गरेको दाबी गर्दै आएका छन् । उनले यो विषयमा कुनै आर्थिक चलखेल समेत नभएको सार्वजनिक विज्ञप्तिमार्फत जिकिर गरिसकेका छन् । 

Vianet communication
Laxmi Bank

खोकनाको जग्गा विवादबारे सहजीकरण समिति
यसैगरी सरकारले फास्ट ट्रयाक निर्माणका क्रममा खोकनामा विवाद देखिएको जग्गासम्बन्धी समस्या समाधान गर्न समेत अग्रसरता देखाएको छ । त्यसका लागि मन्त्रिपरिषद्ले सहजीकरण समिति बनाएको छ । 
फास्ट ट्रयाकमा बनाउने स्थानमा पर्ने जग्गा प्राप्तिका लागि सहमति जुटाउन रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा मन्त्रिपरिषद्ले सहजीकरण समिति बनाउने निर्णय गरेको शर्माले बताइन् ।  सहजीकरण समितिमा ललितपुर महानगरपालिकाका मेयरसहित सरोकारवाला रहने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 

यो समितिले जग्गासम्बन्धी विवादलाई सहजीकरण गर्ने र सम्बन्धित व्यक्तिलाई भेटेर दूतमार्ग छिटो सम्पन्न गर्नका लागि सहजीकरण गर्ने शर्माको भनाइ छ । आजैमात्रै प्रधानमन्त्रीले फास्ट ट्याकको स्थलतगत अवलोकन गरेका थिए ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको तराई मधेस फास्ट ट्र्याक निर्माणका लागि मुआब्जाको विवाद हुँदा खोकनामा काम अघि बढ्न सकेको छैन । स्थानीयले मुआब्जाको विषय निकालेर पटक पटक अवरोध गर्दै आएका छन् । 
मन्त्रिपरिषद्ले गरेका अन्य निर्णय भने नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x