×

NMB BANK
NIC ASIA

एसीसी प्रिमियर कप

एकदिवसीयमा नेपालको सर्वाधिक स्कोर, ओमानलाई ३११ रनको चुनौती

बैशाख ८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

एसीसी प्रिमियर कपमा कुशल मल्लको शानदार शतक मद्दतमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ । एकदिवसीयमा नेपालको याे सर्वाधिक स्कोर हाे । यसअघि पीएनजीविरुद्ध लीग टुमा बनाएको २९७ नेपालकाे सर्वाधिक रन थियो । 

Muktinath Bank

नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओमानलाई चुनौतीपूर्ण लक्ष्य दिने क्रममा सोमपाल कामीले पनि अर्धशतकीय पारी खेले । 


Advertisment
Nabil box
Kumari

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल खाता नखोल्दै दुवै ओपनरलाई गुमाउँदा दबाबमा आएको थियो । 

Vianet communication
Laxmi Bank

त्यसपछि भीम सार्की, रोहित, पौडेल र आरिफ शेखले पारी सम्हाल्ने प्रयास गरे । 

सार्कीले ३३, पौडेलले २३ र शेखले २९ रन बनाए । 

तर कुशल मल्लले ५९ बलमा शतक प्रहार गरेपछि नेपाल चुनाैतीपूर्ण रन बनाउन सफल भएको हो । मल्लले ६४ बलमा १०८ रन बनाए । यस क्रममा उनले ९ चौका र १० छक्का प्रहार गरेका हुन् । 

सोमपालले ४८ बलमा नटअाउट ६३ रन बनाए ।

पुछारमा आएका करण केसीले पनि आक्रामक ब्याटिङ गर्दै १५ बलमा २९ रन बनाए । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x