×

NMB BANK
NIC ASIA

दुई तिहाइ मत प्राप्त भए कोशी प्रदेशको नाम परिवर्तन – मुख्यमन्त्री कार्की

बैशाख ८, २०८०

NTC
Premier Steels

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण ‘कोशी’ कसैको विपक्षमा नभएको बताएका छन् । 
    
नेपाल बार एसोसिएसन उच्च अदालत विराटनगर बार एकाइको १३औँ कार्य समितिको वार्षिक साधारणसभा तथा बार भवन माथिल्लो तलाको आज उद्घाटन गर्दै उनले नामकरण एउटा पक्षमा भएको भए अर्को पक्षलाई बिझाउँथ्यो होला त्यो नभएर साझा भएकाले यसलाई आत्मसात गरेर जान आग्रह गरे । 

Muktinath Bank

मुख्यमन्त्री कार्कीले भने, ‘समयक्रममा भविष्यमा जनताको दुई तिहाइ मत प्राप्त भएमा संविधान एवं कानूनअनुसार प्रदेशको नाम परिवर्तन गरेर जान सकिने छ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले प्रदेश सरकार स्थानीय तहसँग विकास, उत्पादकत्व वृद्धि, रोजगारीको अभिवृद्धि, सौन्दर्य अभिवृद्धि र राजस्वको वृद्धि यी सबै पक्षलाई जोडेर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री कार्कीले विगत १५ वर्षमा नभएका विकास प्रदेश सरकार निर्माण भएपछि जनताले अनुभूति प्राप्त गरेको जिकिर गरे । उनले विगत पाँच वर्षको अवधिमा प्रदेश सरकारले आठ सय किलोमिटर कालोपत्र सडक, एक सय पक्की पुल, दुई सय झोलुङ्गे पुल र दुई सय भौतिक संचरना निर्माण गरेको जानकारी दिए । 

Vianet communication

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले गरेका गल्तीको आलोचनालाई ग्रहण गर्दै आगामी दिनमा सुधार गर्ने प्रण गर्दै राम्रो कार्यको प्रशंसा गर्नसमेत आग्रह गरे ।  
    
प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले आचारसंहिताको पालन गरी उच्च मूल्य र मान्यता कायम राख्न अधिवक्ताहरूलाई आग्रह गरे । वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्तीले फुटेर होइन जुटेर स्वतन्त्र न्यायपालिका कायम राख्न आग्रह गरे । 
    
बार एकाइका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रदेश मुख्य न्यायाधिवक्ता चूडामणि आचार्य, पूर्वअध्यक्ष रमेश कोइराला, सुनसरी बार सचिव, पार्षद प्रेमप्रसाद पोखरेल, वीरेन्द्रप्रसाद गौतम, अनिल खड्का र भवन निर्माण संयोजक सुरेशलाल श्रेष्ठले कानून व्यवसायीहरूबीच विवाद, समाधान र एकता कायम राखी नागरिकलाई न्यायालयप्रति आस्था एवं विश्वास कायम गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । प्रदेश सरकारको रु ४० लाख सहयोगमा बारको माथिल्लो तलाको सभा हलसहित भवन निर्माण गरिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x