×

NMB BANK
NIC ASIA

आगलागीबाट हुने मृत्युदरलाई कम गर्ने लक्ष्यका साथ अभियान चलाउँछुः चन्द्र भण्डारी

बैशाख १७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले नेपालमा आगलागीबाट हुने घटनाहरु कम गर्न तथा त्यसबाट हुने मृत्युदर  घटाउन पैरवी गर्ने बताएका छन् । बाँच्छु भन्ने आशा पलाएपछि आफूले सो संकल्प गरेको उल्लेख गर्दै भण्डारीले अबको आफ्नो अभियान ‘कुनै नेपालीले आगोमा जल्नु नपरोस्, आगलागीमा परेको कुनै पनि नेपालीले मर्नु नपरोस्’ भन्ने रहेको बताए । 

Muktinath Bank

गत फागुन ३ गते खाना पकाउने ग्यास चुहावटका कारण उनी गम्भीर घाइते भएका थिए । दुर्घटनालगत्तै कीर्तिपुर अस्पतालमा प्रारम्भिक उपचार गराएपछि भारतको मुम्बइस्थित नेशनल बर्नस् सेन्टरमा उनको थप उपचार भएको थियो । उपचारपछि भण्डारी  आइतबार स्वदेश फर्किएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एउटै दुर्घटनामा परेकी आमाको भोलिपल्ट निधन भएकोप्रति उनले दुःख व्यक्त गरेका छन्,  उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा आगलागीबाट हुने घटनाहरु कम गर्न नीति निर्माणका तहमा वा अन्य कुनै पनि ढंगले योगदान गर्न सकें भने त्यो मेरी आमाका लागि सच्चा श्रद्धाञ्जली हुनेछ ।’


Advertisment
Nabil box
Kumari

उनले अगाडि भनेका छन्, ‘जुन दिन अब चाहिँ बाँच्छु जस्तो लाग्यो, नेपालमा आगलागीबाट हुने घटनाहरु कम गर्न तथा आगलागीबाट हुने मृत्युदर कम गर्न पैरवी गर्छु, काम गर्छु भन्ने संकल्प गरें । त्यसैले, मेरो अभियान हुनेछ - कुनै नेपालीले आगोमा जल्नु नपरोस्, आगलागीमा परेको कुनै पनि नेपालीले मर्नु नपरोस् ।’

Vianet communication
Laxmi Bank

उनले सातैवटा प्रदेशमा बर्नस् अस्पताल बनाउन र जनशक्ति तयार गर्न आवश्यक बजेटको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।  ‘संघीय सांसदका हैसियतमा यसका लागि आवश्यक नीतिगत सुधार तथा कानुनी व्यवस्थाका लागि म सदैव लागिपर्नेछु’, विज्ञप्तिमा भनिएको छ, ‘आगलागीका घटनाहरु न्यूनीकरण गर्ने र त्यस्ता घटना भइहाले दुर्घटनामा परेका नागरिकको शीघ्र उपचारको व्यवस्थाका लागि लागिपर्ने मेरो जीवनको उद्देश्य हुनेछ ।’  यसका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहयोग गर्न तयार रहेको पनि उनले बताएका छन् । 

संघीय सांसदका रुपमा आफ्नो कार्यकाल अझै साढे चार वर्ष बाँकी रहेको उल्लेख गर्दै उनले यो अवधिमा आगलागीबाट हुने मृत्यु दरलाई आधाले कम गर्ने लक्ष्य लिएर अभियानको नेतृत्व गर्ने पनि प्रतिबद्धता जनाएका छन् । यसमा सबैको साथ र सहयोग मिल्ने उनको आशा छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x