×

NMB BANK
NIC ASIA

नक्कली शरणार्थी प्रकरणः टोपबहादुरको राजनीतिक जीवनमा ‘खग्रास’ !

बैशाख ३१, २०८०

NTC
Premier Steels

अर्घाखाँचीबाट ‘अबिराम’ चुनाव जित्दै आएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको राजनीतिक जीवनमा ‘खग्रास ग्रहण’ लागेको छ ।

Muktinath Bank

नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएका रायमाझी यही वैशाख २० गतेदेखि फरार छन् । आरोप लागिसकेपछि अनुसन्धानमा सघाउनुको साटो फरार भएपछि उनी थप आलोचित छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो राजनीतिलाई सुरक्षित गर्न नेकपा (माओवादी केन्द्र) बाट नेकपा हुँदै एमाले बनेका रायमाझी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएको हो ।


Advertisment
Nabil box
Kumari

रायमाझीको लामो राजनीतिक जीवन र भविष्यको सम्भावनालाई समेत प्रभावित पार्ने गरी कालो दाल लागेको छ । उनी पटक–पटक सत्ता र शक्तिमा पुगेका नेता हुन् ।

Vianet communication

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुल्ने गिरोहमा संलग्न रहेको आरोपमा उनका छोरा सन्दीपसहित १२ जना पक्राउ परी प्रहरी हिरासतमा छन् ।

शुरूमा कारबाहीका लागि आनाकानी गरेको एमालेले बाहिर चर्को आलोचना र पार्टीभित्र आवाज उठेपछि रायमाझीलाई निलम्बन गरेको छ ।

माओवादीमा छँदा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता डा. बाबुराम भट्टराईबीच मध्यस्तकर्ताको भूमिका निभाउँदै आएका रायमाझी एमाले प्रवेशपछि पनि अध्यक्ष केपी शर्मा ओलीको विश्वास जितेर सचिव बन्न सफल भए । 

वि.सं. २०६४ यता लगातार चारपटक अर्घाखाँचीबाट चुनाव जितेका रायमाझीलाई मानव तस्करीको बात लागेपछि राजनीतिक जीवन पुरानै लयमा फर्किने सम्भावना क्षीण बनेर गएको उनका पूर्व सहकर्मीहरू बताउँछन् ।

उनको पुरानो दल माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले रायामाझीलाई यस्तो मुद्दा लाग्नु दुर्भाग्यपूर्ण भएको बताए ।

‘उहाँ (रायमाझी) मा कहीँ न कहीँ पैसाको लोभले विचलन आएको जस्तो देखियो,’ आचार्यले लोकान्तरसँग भने, ‘पार्टी र सरकारमा माथि पुग्नु एउटा पाटो हो, तर चेतनाको साइडबाट हेर्दा उहाँ गम्भीर नेता होइन । जसले जे भने पनि भइहाल्छ नि, गरौंला नि भन्ने नेता हो । त्यो बानीले गर्दा अहिलेको अवस्था आयो कि जस्तो लाग्छ ।’ 

नेता आचार्य थप्छन्, ‘सर्वहारा वर्गको उत्थान गर्न राजनीतिमा लागेका व्यक्ति यस्ता आरोपमा मुछिँदा हाम्रो आदर्श बचेन । अझै उहाँ फरार हुनु हुँदा उहाँको कमजोरीलाई झनै बढावा मिल्यो । टोपबहादुरजीकै कारण छोरा सन्दीपलाई पनि जीवनभर दाग लाग्यो ।’

रायमाझीले उपप्रधानसहित भौतिक योजना तथा निर्माण, स्थानीय विकास, शान्ति तथा पुनर्निर्माण र ऊर्जासहितका मन्त्रालयको नेतृत्व सम्हालिसकेका छन् । उनी पाँचपटकका मन्त्री हुन् ।

रायमाझीले २०४६ मा अखिल छैठौंको अध्यक्ष बनेर सक्रिय राजनीति शुरू गरेका थिए । २०४८ मा जनमोर्चाको तर्फबाट अर्घाखाँची– १ मा चुनाव लडेका उनी २०५२ देखि माओवादी जनयुद्धमा होमिएका थिए ।

रायमाझीको घर सन्धिखर्क नगरपालिका वडा नम्बर– ९ अर्घामा पर्छ । गएको स्थानीय तह निर्वाचनमा जिल्लामा खटिएर गठबन्धनविरुद्ध जीत निकाल्नुका साथै संसदीय निर्वाचनमा आफैं विजयी हुँदा एमाले पंक्तिबाट उनी प्रशंसित थिए ।

एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले टोपबहादुर रायमाझीमाथि लागेको आरोपले जिल्लावासीमा संशय र दुविधा सिर्जना भएको बताए ।

‘उहाँ (टोपबहादुर) लाई अर्घाखाँचीका जनताले विकासवादी नेताको रूपमा चिन्छन्,’ अध्यक्ष भुसालले लोकान्तरसँग भने, ‘हामीले यो घटनामा कतै षड्यन्त्र मिसिएको छ कि भन्ने आशंका पनि गरेका छौं । यद्यपि घटना बाहिर आइसकेपछि अब उहाँ प्रहरीको सम्पर्कमा आउनुपर्छ । आफू निर्दोष हो भन्ने भए अनुसन्धानलाई सघाउनुपर्छ ।’

आर्थिक रूपमा लोभ गर्ने स्वभाव रायमाझीमा आफूले नदेखेको बताउँदै भुसालले उनीमाथि लागेको आरोप ठहर नहुनेमा आफू विश्वस्त रहेको दाबी गरे ।

माओवादी द्वन्द्वकालमा सरकारसँग वार्ता गर्न माओवादीले गठन गरेको वार्ता टोलीका सदस्य समेत रहेका रायमाझी कुनै बेला डा. बाबुराम भट्टराईको विश्वासपात्रको रूपमा चिनिन्थे । 

तर, वि.सं. २०७२ मा संविधानसभाबाट संविधान जारी भएपछि त्यसप्रति असन्तुष्टि व्यक्त गर्दै भट्टराईले माओवादी छाडे पनि उनी माओवादीमै रहे ।

अधिवक्ता तथा प्राध्यापक जगन्नाथ भुसालले टोपबहादुरले आफूउपर लागेको आरोपको सामना गर्दै प्रहरीसमक्ष गिरफ्तारी दिनु राम्रो हुने बताए ।

‘कानूनको सम्मान गएको भए राम्रो हुन्थ्यो,’ भुसालले भने, ‘कानूनी राज्यमा आफ्नो पक्षबाट सफाइ पेश गर्नुपर्थ्यो । ठूला नेता यसरी भाग्दा कानूनी राज्यको खिल्ली उड्यो ।’

पछिल्लो समय रायमाझीले रुपन्देही, पाल्पा, अर्घाखाँचीलगायतका जिल्लाका पार्टी कार्यक्रमलाई बढी समय दिन्थे । जिल्लाका कार्यक्रम निम्तो पाएसम्म छुटाउँदैनथे । 

अहिले उनी प्रहरीको खोजी सूचीमा छन् । अर्घाखाँचीबाट रुपन्देही झरेका रायमाझी त्यसयता सम्पर्कविहीन छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्याम अर्यालले रायमाझीको खोजी कार्य जारी रहेको बताए । तर, यो समाचार तयार पार्दासम्म उनी पक्राउ परेका छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x