×

NMB BANK
NIC ASIA

नक्कली शरणार्थीको धन्दा

शरणार्थी प्रकरण : परिचय पत्र बोकेर शिविरमा खोज्दा न सकक्ली भेटिए, न त नक्कली !

जेठ १, २०८०

NTC
Premier Steels

नक्कली शरणार्थी प्रकरणमा दुई पूर्वमन्त्री, सचिवदेखि हाई–प्रोफाइल व्यक्तिहरू समेत समातिएपछि यसबारे जनतामा व्यापक चासो छ ।

Muktinath Bank

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भनी चलेको ठगी धन्दाको पर्दाफास भइरहँदा हाई–प्रोफाइल अभियुक्तहरू प्रहरी हिरासतमा रात बिताउन बाध्य छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस प्रकरणमा आरोपीहरू मात्र हैन नक्कली शरणार्थी भएर अमेरिका जान तयार भएकाहरू समेत त्रासमा देखिन्छन् । 


Advertisment
Nabil box
Kumari

एकातिर पैसा फसेको चिन्ता त छँदैछ, अर्कातिर फेरि कुनै कानूनी झमेलामा फसिने हो कि भन्ने डरमा उनीहरू देखिन्छन् ।

Vianet communication

पीडितका अनुसार उनीहरूसँग पैसा मात्र लिइएको थिएन, भुटानी शरणार्थीको परिचय पत्र समेत दिइएको थियो । 

गृहमन्त्रालयको परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालय झापाले यस्ता ७ परिचय पत्र  ‘भेरिफाइ’ गर्न प्रयास गरेको थियो, तर ती परिचय पत्र नक्कली रहेको पुष्टि भयो ।

भुटानी शरणार्थीहरूको शिविर झापा र मोरङमा रहे पनि त्यसको रेखदेख, व्यवस्थापन र प्रशासनिक कामहरू जिल्ला प्रशासन कार्यालय झापाले हेर्दै आएको छ ।

शिविरको रेखदेख तथा प्रशासनिक काम गर्ने गरी सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भुटानी शरणार्थी समन्वय इकाइ क्रियाशील छ ।

शरणार्थीलाई परिचय पत्र जारी गर्ने काम पनि शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग (यूएनसीएचआर)सँगको सहकार्यमा समन्वय इकाइले नै गर्छ ।

इकाइले जारी गर्ने परिचय पत्रकै नक्कल गरी गिरोहले नै परिचय पत्र जारी गरेको पाइएको हो ।

‘समन्वय इकाइले दिएको जस्तै परिचय पत्र बनाइएको रहेछ,’ इकाइ प्रमुख समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले लोकान्तरसँग भने, ‘तर त्यो परिचपत्रको साइज सक्कलीभन्दा सानो छ । नम्बर समेत नमिलेको देखिन्छ ।’

परिचय पत्र रहेका शंकास्पद व्यक्ति शिविरमा बस्ने हुन् कि हैनन् बुझेर पठाउन भन्दै गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय झापालाई परिपत्र गरेको थियो ।

‘मन्त्रालयले फोटोकपीसहित ७ वटा परिचय पत्र उपलब्ध गराएर त्यसबारे बुझी पठाउन परिपत्र गरेको थियो,’ न्यौपानेले भने, ‘हामीले बुझ्दा उनीहरू झापा/मोरङमा बस्ने शरणार्थी होइनन् भन्ने पुष्टि भयो । परिचय पत्रमा उल्लेख भएको नामका नक्कली शरणार्थी समेत यहाँ फेला परेका छैनन् ।’

नक्कली परिचय पत्रको नम्बर सक्कलीसँग मिलाउन गिरोहले प्रयास गरेको देखिन्छ । सक्कलीको नम्बरबाट अन्तिम अंक तलमाथि गरी परिचय पत्र बनाएको भेटिएको न्यौपानेले बताए । 

त्यसरी दिइएका अधिकांश नक्कली परिचय पत्रमा ठेगाना उल्लेख थिएन ।

‘सातवटा मध्ये एउटा कार्डमा ठेगाना बेल भनेर उल्लेख गरिएको थियो । अन्यमा ठेगाना थिएन । बेल भनेको झापाको बेलडाँगी हुन सक्ने भनेर त्यहाँ खोजी गर्दा पनि कोही फेला परेनन्,’ न्यौपानेले भने ।

त्यस्ता परिचय पत्रहरू नक्कली कर्मचारीले नै बनाएको पीडितहरू बताउँछन् ।

काठमाडौंको होटलमा गिरोहले नक्कली कर्मचारी खडा गरेर आफूहरूको विवरण लिएको र परिचय पत्र दिएको रामकुमार (नाम परिवर्तन)ले बताए ।

‘हामीलाई काठमाडौंमै बोलाएर फिंगर प्रिन्ट, हस्ताक्षर र फोटो लिएका थिए,’ उनले भने, ‘नाम नक्कली राखेर उनीहरूले नै परिचय पत्र उपलब्ध गराएका हुन् ।’

कुन शरणार्थी शिविरमा बसेको, नाम के राख्ने, शरणार्थी नम्बर कति राख्ने भन्ने जिम्मा सबै होटलमा कार्ड झुण्ड्याएर बसेका कर्मचारीको भनेर आफूहरूलाई सुनाइएको उनी सम्झिन्छन् ।

शरणार्थी बनेर अमेरिका जान चाहेकाहरूले गिरोहलाई शुरूमा १० देखि १५ लाख बुझाएका छन् । अन्तिममा ५० लाखसम्म बुझाउनुपर्ने भनिएको उनीहरू बताउँछन् ।

यस प्रकरणमा ठगीको रकम अर्बमा रहेको अनुमान गरिए पनि अहिलेसम्म परेका जाहेरीबाट २३ करोड बराबर बिगो कायम हुने देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १३ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ ।

बादलका छोरा प्रतीक थापा र पूर्व सांसद आङटावा शेर्पाविरुद्ध समेत पक्राउ पुर्जी जारी भए पनि उनीहरू पक्राउ परेका छैनन् ।

पढ्नुहोस्, सम्बन्धित समाचार :


hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x