×

NMB BANK
NIC ASIA

शरणार्थीका नाममा ठगी धन्दा

शरणार्थी प्रकरण : जवाफी बहस सकियो, थुनछेक आदेश आजै आउने सम्भावना

सरकारी वकिल र जाहेरवालाको जिकिर– 'प्रमाण लोप हुनसक्छ, पीडितलाई ज्यानकै खतरा छ'

काठमाडाैं | असार १, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नक्कली शरणार्थी प्रकरणमा सरकारी वकिल र जाहेरवाला पक्षको जवाफी बहस सकिएको छ ।

Muktinath Bank

झण्डै दुई साताअघि जेठ २१ गते आइतवारबाट शुरू भएको बहस शुक्रवार सकिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार सरकारी वकिलतर्फ अच्युतमणि नेउपाने, लक्ष्मण घिमिरे, महेश खत्री, निर्मला मरासिनी र दिनेश भट्टराई तथा जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ र अधिवक्ता स्वागत नेपालले बहस गरे ।


Advertisment
Nabil box
Kumari

बहसमा सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले प्रमाण लोप गर्न सक्ने भएकाले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग गरे ।

Vianet communication
Laxmi Bank

'प्रतिवादीहरूलाई धरौटीमा छाड्ने हो भने मुद्दाको प्रमाण लोप हुने अवस्था छ । टोपबहादुर रायमाझीले पक्राउ पर्नुअघि नै मोबाइल खोलामा फाले । अन्य प्रतिवादी पनि हिरासतमै छँदा समेत प्रमाण लोप गर्न धेरै काम भएका छन् । फेरि यी प्रतिवादीलाई धरौटीमा छाडे पीडितलाई अन्याय हुनेछ,' नेउपानेले भने ।

जाहेरवालाको तर्फबाट जवाफी बहस गरेका अधिवक्ता स्वागत नेपालले पीडितहरूलाई ज्यानकै खतरा रहेकाले प्रतिवादीहरूलाई धरौटी वा साधारण तारेखमा रिहा गर्न नहुने जिकिर पेश गरे । अहिले पनि डरका कारण कतिपय पीडितले जाहेरी दिन समेत नसकेको उनको भनाइ थियो ।

शुरूमा सरकारी वकिल, त्यसपछि जाहेरवाला र प्रतिवादी पक्षका वकिलको बहस सकिएपछि शुक्रवार जवाफी बहस भएको हो । जवाफी बहस पनि सकिएपछि न्यायाधीश प्रेमप्रसाद न्यौपाने थुनछेक आदेशको तयारीमा जुटेका छन् ।

'सम्भव भएसम्म आजै आदेश आउँछ,' काठमाडौं जिल्ला अदालत स्रोतले लोकान्तरसँग भन्यो । 
 

 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x