×

NMB BANK
NIC ASIA

गगन थापालाई कार्यबाहक सभापतिको जवाफ – औंला ठड्याएर पार्टीमा रूपान्तरण सम्भव छैन

काठमाडाैं | असार ४, २०८०

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले अर्कालाई औंला ठड्याएर पार्टीमा रूपान्तरण सम्भव नरहेको बताएका छन् ।

Muktinath Bank

सोमवार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताए । पार्टीका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै उनले कसैप्रति औंला ठड्याएर परिवर्तन र रूपान्तरण सम्भव नरहेको जिकिर गरे । उनले आफ्ना कमजोरी र गल्तीहरू सच्याएर अघि बढ्न सके मात्रै रूपान्तरण सम्भव भएको बताए । उनले पार्टी र सरकारलाई जीवित बनाउने काम केन्द्रदेखि वडा तहका नेताहरूको रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले पार्टीको अहिलेको परिस्थितिलाई सुधारेर र सपारेर मात्रै तीव्र गतिमा समयसापेक्ष दिशातर्फ जान सकिने बताए । उनले पार्टीमा सबैले निष्ठाको संकल्पसहित आफूलाई समर्पित गर्ने बेला आएको उल्लेख गरे । कार्यबाहक सभापति खड्काले पार्टीमा पनि समयसापेक्ष बदलाव आउने बताए ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘मेरा कमजोरी र गल्तीहरूलाई सच्याएर, स्वीकारेर म रूपान्तरणका लागि तयार हुने कि नहुने ? म रूपान्तरण हुन तयार हुने हो । व्यवहारतः जीवनशैलीमा निर्णय शैलीमा, काम गर्ने शैलीमा । सबै शैलीमा म रूपान्तरण हुन तयार हुने हो, सच्याएर रूपान्तरण हुन तयार हुने भएपछि मात्रै चाहे मुलुकको होस् रूपान्तरणको प्रक्रिया शुरू हुन्छ, चाहे पार्टीको होस्, रूपान्तरणको प्रक्रिया शुरू हुन्छ । पार्टी पनि निर्जीव छ, सरकार पनि निर्जीव छ, त्यसलाई जीवित बनाउने भनेको पार्टीमा नेतृत्व लिने केन्द्रदेखि वडा टोलसम्मका नेताहरुको निर्णय प्रक्रिया, काम गर्ने प्रक्रिया जीवनशैली, प्रक्रियाशैली सबै कुरामा निर्भर रहन्छ भने देशको पनि मुलुकको प्रधानमन्त्री लगायत मन्त्रीहरू, शासनमा रहेका जिम्मेवारी बोकेका सबैको भूमिका कर्तव्यबाट यी कुराहरू निक्र्यौल हुने भएकाले हामी सबैले म म भन्दै मुलुकको अहिलेको परिस्थिति, पार्टीको अहिलेको परिस्थितिलाई सुधारेर, सपारेर त्यसलाई अत्यन्त तीव्र गतिमा समयसापेक्ष दिशातर्फ जान सकिन्छ, औंला ठड्याएर होइन, आफूलाई औंला ठड्याएर, यो सुधार परिमार्जन, पुनर्निर्माण, रूपान्तरण बदल्ने सबै कुरालाई आफूलाई पहिला सबै कुरालाई प्रकट गर्छु भन्ने इमानको संकल्प, निष्ठाको संकल्पसहित समर्पित गर्ने बेला आएको छ । त्यसैबाट मात्रै मुलुकमा आएको निराशा, मुलुकमा देखिएको अविश्वास, अहिलेको परिवर्तनलाई हल्लाउन खोज्ने सबै कुरालाई ठेगान लगाएर जुन हामीमा रूपान्तरणको आवश्यकता छ । हाम्रो पार्टीमा पनि समयसापेक्ष बदलाव आउँछ ।’ 

Vianet communication
Laxmi Bank

उपप्रधानमन्त्री खड्काले नयाँ संकल्पबाट सबै एकताबद्ध हुन र छलफलबाट सबै समाधान निकाल्न आवश्यक रहेको भन्दै एकले अर्काको दोष र गल्ती कोट्याएर स्थायी समाधान हुन नसक्ने बताएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x