×

NMB BANK
NIC ASIA

नागरिकता पाएपछि अविर जात्रा ! ‘१५ दिन छातीमा नागरिकता टाँसेर सुत्छु’

बुटवल | असार ११, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

लामो पखाईपछि नागरिकता पाएका पश्चिम नवलपरासीका युवाले अविर जात्रा गरी खुशी मनाएका छन् ।

Muktinath Bank

जिल्ला प्रशासन कार्यालयबाट सोमवार नागरिकता लिएर बाहिरिँदै गरेका युवाहरूमा खुशीको सीमा थिएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हातमा नागरिकता लिएकाहरूका आँखाबाट खुशीका आँसु झरे । सर्वोच्च अदालतले बिहीवार नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि त्यस्ता व्यक्तिहरूका लागि नागरिकता पाउने बाटो खुलेको हो ।


Advertisment
Nabil box
Kumari

नागरिकता पाएपछि अर्का साथीलाई अबिर दल्दै गरेका रामग्राम नगरपालिका–२ का निरज बनिया (२०) ले नागरिकता देखाउँदै भने, ‘मलाई खुशीको सीमा नसोध्नुस् । यो नागरिकता १५ दिनसम्म छातीमा टाँसेर सुत्छु ।’

Vianet communication
Laxmi Bank

नागरिकता नपाउँदा मोबाइलको सीम कार्ड समेत निकाल्न नपाएको उनको गुनासो थियो । ढिलै भए पनि सरकारले न्याय गरेको उनको भनाइ थियो ।

निरज मात्र होइन, उनीजस्तै वर्षौंदेखि नागरिकता पाउनबाट वञ्चित जन्मको आधारमा नागरिकता पाएका अभिभावकका सन्तानले अब सहज रूपमा नागरिकता पाउने छन् । नागरिकता लिएर प्रशासनबाट बाहिरिँदै गरेकी बर्दघाट नगरपालिकाकी निता गुप्ताले नागरिकता नहुँदा पढाइमा समेत समस्या भएको बताइन् । 

‘म अहिले ब्याचलर फाइनल दिएर बसेकी छु । नागरिकताकै कारण मैले सोचेका सबै सपना अधुरै हुने पीरले सताइरहन्थ्यो । अब भविष्यको सपना पूरा हुने भो !’ 

नागरिकता नहुँदा आफ्नै देशमा पनि हजारौं युवाहरू शरणार्थी जस्तो भएर बस्नुपर्ने बाध्यता हटेकाले अब देशमै बसेर केही गर्ने सोच बनाएको उनले बताइन् । नागरिकताका लागि सँगै आएकी उनकी आमा संगीता गुप्ताले छोरीसँग अन्य ३ सन्तानले नागरिकता पाउन लागेको भन्दै खुशी व्यक्त गरिन् ।

जिल्ला प्रशासनमा अहिले जन्मको आधारमा नागरिकता पाएका अभिभावकका सन्तानहरू नागरिकता बनाउन आउन थालेपछि भीडभाड बढेको छ । जिल्लामा त्यस्ता प्रकृतिका करीब २० हजार बढी सन्तानले नागरिकता पाउने छन् । भीडभाड बढेपछि जिल्ला प्रशासनले त्यस्ता प्रकृतिका नागरिकता वितरण गर्न थप अधिकृत र कर्मचारीको व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) विश्वप्रकाश अर्यालले बताए । जिल्लामा जन्मको आधारमा नागरिकता पाएका अभिभावकको संख्या ८ हजार १३० रहेको प्रशासनले जनाएको छ । त्यसमध्ये ती अभिभावकका सन्तानलाई वंशजको आधारमा २०७० र २०७४ सालमा नागरिकता वितरण गरिएको थियो ।

त्यसबेला जन्मको आधारमा नागरिकता पाएका अभिभावकका १ हजार ९०८ जना सन्तानले वंशजको नागरिकता पाएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x