×

NIC ASIA

उत्तर कोरियाबारे नेपाल चुप्पै लागिरहने ?

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियामाथि आर्थिक नाकाबन्दी लगाउने प्रस्तावलाई सर्वसम्मतिबाट पारित गरेको छ ।

क्षेप्यास्त्रहरुको श्रृङ्खलाबद्ध परीक्षणद्वारा विश्वशान्ति खल्बल्याउने कार्य गरेको हुनाले प्योङयाङलाई दण्डित गर्ने आशयले राखिएको सो प्रस्तावमा सबै १५ सदस्य–राष्ट्रको सहमति भएकोले नाकाबन्दीको प्रत्यक्ष असर उत्तर कोरियामा पर्ने अन्तर्राष्ट्रिय समुदायको अनुमान छ । परिषद्का पाँच स्थायी सदस्यमध्ये चीन र रुसले पनि नाकाबन्दी सम्बन्धी प्रस्तावको समर्थन गरेकोले त्यसको प्रभाव टड्कारो पर्ने देखिएको छ ।

अमेरिका, फ्रान्स र बेलायत अझ कडा प्रकृतिको नाकाबन्दी लागू गर्ने पक्षमा थिए तर चीन र रुसले प्रस्तावको शब्दावली नरम पार्ने भए मात्र त्यसमा आफ्नो समर्थन रहने अडान लिए । त्यसैले स्वीकृत प्रस्ताव नरम रुपमा आएको हो ।

चीनले उत्तर कोरियालाई निर्यात गर्दै आएको तेलको आपूर्ति रोक्ने होइन बरु घटाउँदै लैजाने कुरामा मात्र सहमति जनाउनु यस प्रसंगको एक दृष्टान्त हो ।

सुरक्षा परिषद्को कदमलाई उत्तर कोरियाका राजदूतले ‘गैरकानूनी’ दबाब ठह¥याएका छन् र यसको परिणाम ‘सबैभन्दा ठूलो वेदना’ को रुपमा देखापर्ने चेतावनी दिएका छन् ।

अन्तर्देशीय क्षेप्यास्त्रहरुको लगातारको परीक्षण र हालैको हाइड्रोजन बमसमेतकोे पनि विस्फोट(परीक्षण) गराउने किम जोङ उनले यतिञ्जेल अन्तर्राष्ट्रिय जनमतको उपेक्षा गरिरहेका थिए ।

उत्तर कोरियाको यतिञ्जेलको अटेरीपनले कोरिया प्रायद्वीपमा सुरक्षा खतरा बढेको अनुभव दक्षिण कोरियाले गर्दै आएकोमा हालैका महीनामा जापान पनि सम्भाव्य चुनौतीबारे सजग भएको छ । संयुक्त राज्य अमेरिका, जापान र दक्षिण कोरिया दुबैसित निकट साझेदारी भएका देश हुनाले डोनाल्ड ट्रम्प केही आक्रामक देखिनु स्वाभाविक हो ।

जहाँसम्म नेपालको प्रश्न छ, सुरक्षा परिषद् एकमतले सहमत भएको प्रस्तावप्रति नेपालले समर्थन जनाउनु यतिखेर राष्ट्रिय हितको कार्य हुनेछ । विगतमा दुई पटक सुरक्षापरिषद्को अस्थायी सदस्य भएर काम गरिसकेको नेपालले सुरक्षापरिषद्का कदमहरु कति महत्वपूर्ण हुन्छन् त्यसको लेखाजोखा गरिएकै होला । तर उत्तर कोरियामाथिको नवीनतम् राष्ट्रसंघीय कदमबारे परराष्ट्र मन्त्रालय प्रतिक्रियाविहीन अवस्थामा देखिएको छ ।

प्रधानमन्त्री देउवाको न्यूयोर्क भ्रमणको पूर्वसन्ध्यामा नेपाल यसरी चुप्प रहेको देखिनु उचित नहोला ।

यसैबीच, उत्तर कोरियाको ज्यादतीको विश्वव्यापी निन्दा भैरहेका बखत पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल प्योङयाङको भ्रमणमा जानाले अन्तर्राष्ट्रिय समुदाय नेपालप्रति झस्केको बेला छ यद्यपि पूर्व प्रधामन्त्रीको दल एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले दलको अनुमतिवेगर गरिएको प्योङयाङ भ्रमणको जिम्मेवारी आफूले लिन नसक्ने विचार सार्वजनिक गरिसकेका छन् । जे होस्, नेपालको औपचारिक दृष्टिकोण आएमा अहिले देखिएको यो अन्योल हट्ने कुरा निर्विवाद छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

बैशाख ४, २०८१

नेपालको सडकलाई ‘सुरुङ युग’मा प्रवेश गराउने महत्त्वाकांक्षी आयोजनाका रूपमा हेरिएको नागढुंगा सुरुङमार्ग सोमबार छिचोलियो । सुरुङको ‘ब्रेक थ्रु’ गर्न प्रधानमन्त्री, मन्त्रीसहितका सरकारी अधिक...

चैत ९, २०८०

संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति र प्रेस स्वतन्त्रता खण्डित गर्नेगरी गृह मन्त्रालयले मंगलबार जारी गरेको परिपत्रले राज्यप्रति आशंका उब्जाएको छ । अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारको नियन्त्रण प्रमुख...

माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x