पुस २१, २०८०
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई वृक्षारोपणका नाममा व्यक्तिको निजी जमिनमा जबरजस्ती नगर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ ।
धरान उपमहानगरपालिका ४ छोटीमोरङको रोजिना अधिकारीको जग्गामा वृक्षारोपण नगर्न धरान उपमहानगरपालिका र मेयर साम्पाङलाई उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको हो ।
धरान १ का पूर्ववडाअध्यक्ष रोशन अधिकारीकी श्रीमती रोजिनाले आफ्नो निजी जग्गामा मेयर साम्पाङ नेतृत्वको टोलीले जबरजस्ती वृक्षारोपण गरेको भन्दै अदालतमा रिट हालेकी थिइन् । रिटमाथि बिहीबार सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश मिलनकुमार राईको इजलासले अन्तरिम आदेश दिएको हो ।
‘मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको नाममा दर्ता भएको कित्ता नम्बर ४२१ र ३४५ को जग्गामा अनधिकृत प्रवेश र वृक्षारोपण नगर्नु, नगराउनु’ अदालतको आदेश छ ।
निवेदक अधिकारीको नाममा धरान बाँझगरा गाविस ९ (ग) कित्ता नम्बर ४२१ र ३४५ को जग्गाको दर्ता स्वामित्व रहेको जग्गा धनीपूर्जा प्रतिलिपीबाट देखिएकोले कानुन बमोजिम अन्यथा नभएसम्म उनको हक दर्ता रहेको जग्गामा भोग स्वामित्व, अहरणीय हक अधिकारका रूपमा रहने अदालतले भनेको छ ।
पूर्ववडाअध्यक्ष अधिकारीले प्याराग्लाइडिङको टेकअप स्थलमा साम्पाङले विरुवा रोपेका थिए ।
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...