×

NMB BANK
NIC ASIA

नेपाली राजनीतिमा झापा विद्रोहको विशेष स्थान छ । प्रजातन्त्र हुँदै गणतन्त्रको जग समेत यसैमा टिकेको कुरा नेताहरूकै मुखबाटै सुन्न पाइन्छ । यसको अर्थ हो अहिले पनि उत्तिकै चर्चित र सान्दर्भिक छ त्यसको विशेषता । जबकि आधा शताब्दी पार गरिसकेको छ उसले । तथापि पंक्तिकार भने अहिलेसम्म पनि अनभिज्ञ नै थियो भन्दा हुन्छ कुरोको चुरोमा ।

Muktinath Bank

यसको अर्थ नामै नसुनेको भन्ने चाहिँ होइन । कुरा त जनमत संग्रहताकादेखि नै सुनेको हो । तथापि कहाँबाट शुरू भई कहाँ अन्त्य भएको थियो ? कसले शुरू गरेका थिए भन्ने कुरा भने पूर्णतः ज्ञात थिएन । यसो हुनुको पछाडि उसको राजनीतिप्रति चासो नहुनु हुन सक्छ । हुन सक्छ केही हदसम्म आफ्नै कमजोरी पनि । पंक्तिकार जस्तै अरू पनि हुन सक्छन् । त्यसमा पनि नयाँ पुस्ता त झनै बढी हुन सक्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालै वरिष्ठ साहित्यकार नरेन्द्रराज प्रसाईंको सौजन्यमा झापा विद्रोहका एउटा नायक शिवप्रसाद शिवाकोटी नामक पुस्तक पढ्ने अवसर जुर्‍यो, जसले तत्सम्बन्धी चासो र जिज्ञासा पनि पूरा गरिदियो ।


Advertisment
Nabil box
Kumari

प्रस्तुत पुस्तक शिवप्रसाद शिवाकोटीको जीवनी कृति हो, जसका लेखक उनै नरेन्द्रराज प्रसाईं हुन् भने प्रकाशक नइ प्रकाशन । ५ जना नेपालीले प्राणाहुति दिएको झापा विद्रोहको जगमा टेकेर धेरै नेता बने । तीमध्ये कति सांसद बने, कति मन्त्री, केही उपप्रधानमन्त्री बने, एकाध प्रधानमन्त्री तर सोही विद्रोहका योजनाकारको जीवन भने गुमनाममै बित्यो । किनकि उसले स्वदेशमा प्राण त्याग गर्ने अवसरसम्म नपाएर विदेश भासिनुपर्‍यो ।

Vianet communication
Laxmi Bank

कुरा सुन्दा अचम्म लाग्न सक्छ तर यथार्थ त्यही हो । धन्य साहित्यकार प्रसाईंको आँखा परेछ र मात्रै धेरथोर जानकारी मिल्यो । अन्यथा नेपाली पाठक सदा अज्ञात नै रहने थिए भने एउटा नेपाली सपुतको संघर्ष इतिहासको गर्तमा विलीन हुन पुग्ने थियो ।

षडानन्द शिवाकोटी र कमला शिवाकोटीका छोरा शिवप्रसाद शिवाकोटीको जन्म १९९० भदौ २७ गते आठराई इवामा भएको थियो भने मृत्यु २०५३ चैत ९ गते भारतको आसाममा । आफ्नो ६३ वर्षे जीवनको अधिकांश समय राजनीतिमा बिताएका शिवाकोटीको भर्‍याङ चढेर सत्ताको शिखर चढ्ने धेरै भए । हुनसक्छ कतिले सम्पत्तिको शिखर पनि चढे होलान् तर उनले भने स्वदेशमा बासको अवसर समेत पाएनन् र मुगलानमा पुगेर मृत्युवरण गर्नुपर्‍यो ।

अरूले त बिर्से–बिर्से, जो–जसले उनको लौरो टेकेर राजनीतिको वैतरणी तरे, उनीहरूले नै बिर्सिनुलाई चाहिँ खोलो तर्‍यो लौरो बिस्र्यो बाहेक केही होइन । लेखक प्रसाईंले उनीबारे यी र अन्य यस्तै तमाम नखुलेका पाटालाई खोतल्ने काम गरेका छन् यस कृतिमा । 

जीवनी कृतिमा भूमिका र लेखकीय मन्तव्यबाहेक १५ प्रकरण छन्, जसमा शिवप्रसाद शिवाकोटीको पूवीभूमिदेखि उनको स्वदेश प्रवेशपछिको पीडासम्म शीर्षकका आलेखहरू पर्छन् । प्रा. राजेन्द्र सुवेदीको भूमिकाले कृतिलाई सिँगारेको छ भने लेखकीय मन्तव्यले कृतिमा नसमेटिएका वा समेट्न नभ्याइएका विषयलाई प्रस्ट्याउने काम गरेको छ ।

यस कृतिले शिवप्रसाद शिवाकोटीलाई चिनाएको मात्र छैन, उनको राजनीतिक चेत र समाजसेवी व्यक्तित्वलाई प्रस्ट्याएको पनि छ । उनले राजनीति पेशा नभई सेवा हो भन्नेबारे दिएका सन्देशबाट हालका नेताहरूले सिक्नुपर्ने पाठ धेरै छन् । हेरौं उनकै समकालीन नेताहरूले देखाएका उनको राजनीतिक र समाजसेवी व्यक्तित्वका केही झलक ।

पुस्तकको एक ठाउँमा लेखकले झापा विद्रोहका सशक्त योद्धा जयप्रसायद यूकेको भनाइ उदृत गर्दै भनेका छन्, ‘शिवप्रसादले गाडेको राष्ट्रिय झण्डाको ओतमा बसेर नेपालीले भारतले थुत्न सक्ने नेपालको भूभाग जोगाएका थिए ।’ (पृष्ठ ५६)

अर्को एक प्रसङ्गमा आफ्नै आमा भागिरथा प्रसाईंको भनाइ उदृत गर्दै लेखक बोलेका छन्, ‘उसले कसैलाई पनि अन्याय गरेन, अन्यायविरुद्ध भने प्रशस्तै बोल्यो । कसैलाई अन्याय पर्‍यो भने जुलुस उठाइहाल्थ्यो । झापामा शिवप्रसाद शिवाकोटी भनेपछि शोषकहरूको सातो जान्थ्यो । नेपालमा बहुदल आएपछि मैनालीहरू पनि मन्त्री भए तर सबैले गुरु मानेको शिवप्रसादले पछिसम्म पनि नेपाल पस्न पाएको थिएन । त्यस्तो महान् मान्छे कुनै पद नपाई मर्‍यो ।’ (पृष्ठ ६४)

अर्को एक प्रकरणमा लेखक बोलेका छन्, ‘शिव दाइले चिनियाँ सांस्कृतिक क्रान्तिको समर्थन गरेर अघि बढेको सन्दर्भ कम्युनिस्टहरूका लागि प्रेरक थियो । त्यसैले पछि, पछि र पछिसम्म पनि मोहनचन्द्र अधिकारीले शिव दाइलाई झापा विद्रोहका कमाण्डर भनिरहे । कम्युनिस्टको चरण छुट्याउनुपर्दा रामनाथ दाइ सैद्धान्तिक कम्युनिस्ट थिए, यूके दाइ बौद्धिक कम्युनिस्ट र शिव दाइ व्यावहारिक कम्युनिस्ट थिए । शिव दाइको नीति नै बुर्जुवालाई छप्काउनुपर्छ भन्ने थियो । उनकै नीतिको अडानबाट नै झापा विद्रोहको आरम्भ भएको थियो ।’ (पृष्ठ ७०)

अर्को एक प्रकरणमा लेखकले भनेका छन्, ‘शिव दाइका घरमा रामनाथ, राधाकृष्ण, चन्द्रप्रकाश, मोहनचन्द्र, यूके, नेत्र घिमिरे, नारद भारद्वाज आदि विद्रोहीको उपस्थिति देखिन्थ्यो । त्यसबेलाको त्यो रौनकबारे शिव दाइका पुराना सहकर्मी राधाकृष्ण दाइले सधैं भनिरहे, ‘शिवप्रसाद शिवाकोटीको घरमा हाम्रो अड्डा थियो । झापामा किसानका लागि उभिने एक मात्र नेता कोही थिए भने ती शिवप्रसाद नै थिए । उनी झापा विद्रोहका नायक नै थिए ।’

त्यसैगरी चन्द्रप्रकाश मैनालीले पनि भनेका थिए, ‘शिव दाइ भन्नु झापा विद्रोहका जगढुंगा थिए । सालबारी भन्नु किसान आन्दोलनको प्रमुख केन्द्र थियो ।’ (पृष्ठ ७१)

सालबारीको गोरुकाण्डबाट शुरू भएको झापा विद्रोहको परिकल्पनाकार र नायक शिवप्रसाद शिवाकोटी थिए भने मोहनचन्द्र अधिकारी योजनाकार रहेका थिए । ५ जनालाई शहीद र १ जनालाई प्रधानमन्त्री बनाएको झापा विद्रोहले उग्ररूप लिन थालेपछि नायक तथा परिकल्पनाकार शिवप्रसाद शिवाकोटी स्वदेशमा बस्न सकेनन् र सिमापार गएर बस्न थाले तर उनको शरीर सिमापारी रहे पनि मन भने यतैको विद्रोहमा थियो । थियो र त रातिराति यतै आएर विद्रोहलाई ऊर्जा दिने काम गरिरहे । यस्तैयस्तै शिवप्रसादको संघर्ष गाथा पढ्ने अवसर पाउँछन् पाठकले पुस्तकमा ।

यसको अर्थ यो होइन कि झापा विद्रोहको राप र तापले कतिपय निर्दोषलाई पनि नपोलेको होइन, यसबारे उनको चित्त दुखाइ पछिसम्म पनि रहेको कुरा पनि लेखकले कतै उल्लेख गरेका छन् । यसबाट शिवप्रसादमा राजनेतामा हुनुपर्ने गुण समेत भरपूर रहेको प्रस्टै बोध गर्न सकिन्छ । विद्रोह भनौं या क्रान्ति एक किसिमले आगो हो । आगो भनेको आगो हो । उसलाई सल्कन मात्र बेर लाग्छ, सल्केपछि न कसले किन सल्काएको भनेर हेर्छ, न यो र ऊ भनेर विभेद गर्छ । मात्र के हो भने राजनेताले यहाँ चाहिँ नहुनुपर्ने काम भएकै हो भन्छ, भन्न सक्छ । शिवप्रसाद यस्तैमा पर्छन् । उनले त्यही भने वा गरे, जुन उनको वशमा थियो । जसको जीवन आफैं ओझेलमा परेर बितेको छ, उसले यसभन्दा बढी नै गर्न सक्छ र !

अन्त्यमा भूमिका लेखक प्रा. राजेन्द्र सुवेदीको भनाइ सापटी लिँदै यति भन्न चाहें – अनेक किसिमका उपाधिधारीले पनि उपेक्षा नै गरेको तर चिन्न नसकेको हीराको बिम्ब बनेका शिवाकोटीको जीवनलाई सबैका निम्ति गाह्य नै बनाएका छन् । नेपालका कम्युनिस्ट निम्ति चाहिँ दीक्षा लिनैपर्ने मन्त्र बनेको यस कृतिका निम्ति सिद्धहस्त जीवनीकार नरेन्द्रराज प्रसाईं बधाईका पात्र बनेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x