माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
चितवनको भरतपुर–४ लंकुका ४६ वर्षीय यमलाल भण्डारीको अतिरिक्त परिचय बनेको छ – ‘सर्प दाइ’ । घरमा पसेका सर्प उद्धार गर्दै जंगलमा पुर्याएर संरक्षण सम्बन्धी काम गर्दै आएपछि उनलाई यस्तो परिचय समाजले दिएको हो ।
बाटोमा हिँड्दा भण्डारीलाई अहिले ‘टुप्पीवाला सर्प दाइ’ भनेर धेरैले बोलाउँछन्, चिन्छन् । कसैले घरमा सर्प पसेको देख्यो भने उनलाई फोन आइहाल्छ ।
पर्यावरण र खाद्य चक्रमा महत्त्वपूर्ण भूमिका खेल्ने सर्पको संरक्षण अभियानमा समाजलाई सचेतना दिँदै भण्डारीले काम गर्न थालेको ७ वर्ष भयो । यो अवधिमा उनले १ हजार ८०० विभिन्न प्रजातिका सर्प ‘रेस्क्यु’ गरिसकेका छन् ।
‘सर्पको टोकाइको उपचारमा प्रयोग हुने ‘एन्टिस्नेक भेनम’ सर्पबाटै निर्माण गरिन्छ,’ यमलाल भन्छन्, ‘त्यसैले एउटा विषालु सर्प बचाउँदा धेरै मानिसहरूको ज्यान बचाउन सकिन्छ ।’ उनले सामाजिक सञ्जालदेखि, टोलटोल हुँदै विद्यालयसम्म समेत पुगेर विद्यार्थीमाझ पनि सर्पको टोकाइबाट बच्नेदेखि टोकिहालेमा के गर्ने भन्ने सचेतना फैलाउँदै आएका छन् ।
सर्पको उद्धार गरिसकेपछि उनले केही भिडियो र जानकारीमूलक सन्देश टिकटकमा पोस्ट गर्ने गर्छन् । तराई/मधेशमा वर्षायामको समयमा मानव र सर्प द्वन्द्व अति नै उच्च हुने गर्छ । जसले गर्दा सर्पलाई मार्ने, मानिस अंगभंग हुने र मानिसको मृत्यु हुने घटना हुन्छ ।
सर्पदंशका धेरै घटनामा मानिसहरू आफ्नै कारणले ज्यान गुमाउने गरेका छन् । घरेलु औषधि, झारफुक, अत्तालिनुका साथै समयमा अस्पताल नपुग्दा मानिसले ज्यान गुमाउने गरेका छन् । तराईमा अहिले विषालु सर्पको बिगबिगी छ । ‘दैनिकजसो सर्पदंशका कारण ज्यान गुमाएका घटना समाचारमा आइरहे,’ भण्डारी भन्छन्, ‘म पनि धेरै ठाउँमा देखे/सुनेपछि संरक्षण र उद्धार कार्यमा जोडिएको हुँ ।’
गुल्मीको धुर्कोट बस्तुमा जन्मिएका भण्डारीको परिवार बसाइँसराइँ गरी विक्रम संवत् २०५९ सालमा चितवन झरेको हो । सानैदेखि परिवर्तन र समाजमा अप्ठ्यारो पर्दा दह्रो साथ दिनुपर्छ भन्ने सोच उनीमा थियो । चितवन झरेपछि उनले झण्डै १ दशक गाडी चलाए । भजनकीर्तन र लोकसंस्कृतिलाई पनि उत्तिकै माया गर्ने यमलालले चितवन आसपासमा बर्खायाममा धेरै सर्पदंशका घटना भइरहेको देखे ।
७ वर्षअघि उनको घरनजिकै परालको टौवामा अजिङ्गर देखियो । उद्धार गर्न टोलवासी सबैले मान्छे बोलाउन खोजे तर भण्डारीले आँट गरे – मैले अजिङ्गर समाएर उद्धार गर्छु भनेर । परालभित्र रहेको २८ किलोग्रामको अजिङ्गरको टाउकोमा समातेर भण्डारीले निकाले । त्यसको १ वर्षपछि फेरि सोही स्थानमा अजिङ्गर आयो, त्यसपछि त भण्डारीले उद्धार गर्छ भनेर सबैले भने । त्यो अजिङ्गर पनि यमलालले नै उद्धार गरेर वन कार्यालयलाई बुझाए ।
त्यसपछि सर्प देख्दा सबैले आफूलाई बोलाउन थालेको उनी सुनाउँछन् । त्यसयता उनी सर्प उद्धार र घरभित्र सर्प परेर अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्नबाट पछि हटेका छैनन् ।
अहिले उनलाई दैनिक ४० भन्दा बढी फोन आउँछन्, घरमा सर्प पस्यो, निकालिदिनुपर्यो भनेर । बुधवार बिहान उनीसँग टेलिफोनमा कुराकानी गर्दासम्म उनलाई सर्प निकालिमाग्न ५ वटाभन्दा बढी फोन आइसकेका थिए । उनी जतिखेर पनि फोन आएको ठाउँमा पुग्ने गर्छन् ।
‘राति ११–१२ बजे पनि फोन आउँछन्, म पुगेर उद्धार गर्छु,’ यामलाल भन्छन्, ‘सर्पको उद्धार गर्दा मैले कसैसँग पनि १ पैसा पनि लिदिनँ, गरीबको घरमा हो सर्प पस्ने । सर्प उद्धारमा हिँड्न मेरो मासिक ३० हजारभन्दा बढी त इन्धन खर्च भइरहेको हुन्छ ।’ उनी चितवनको लोथरदेखि पश्चिम नवलपरासीको बर्दघाटसम्म सर्पको उद्धारका लागि पुग्ने गरेका छन् ।
उनले सर्पको उद्धार गर्न थालेपछि नेपालको पहिलो सर्प उद्धारकर्ता सुनील सापकोटाले लेखेको पुस्तक अध्ययन गरे । सर्प विशेषज्ञ डा. देव पाण्डेलाई पनि भेट गरी सर्पको उद्धार र संरक्षणबारे धेरै कुराको ज्ञान लिए ।
यूट्युब र सर्पसम्बन्धी विभिन्न पुस्तकहरू हेरेर/पढेर ज्ञान र क्षमतालाई बढाउँदै लगे उनले । नेपालमा ७०–८९ प्रजातिका सर्प पाइन्छन् । त्यसमध्ये २२ प्रजातिका सर्प विषालु छन् । तराई क्षेत्रमा कमन करेत, कोब्रा र कमन कोब्रा, किङ कोब्राले धेरै टोक्ने गरेको भण्डारीको भनाइ छ ।
शुरूमा परिवारले उनलाई यस्तो जोखिमपूर्ण काम नगर्न दबाब नदिएको होइन । अप्ठ्यारोमा परेकालाई सधैं सहयोग गर्न रुचाउने उनी सर्प उद्धारमा जुटिरहेपछि अहिले परिवारको पूर्ण साथ छ । यो अवधिमा उद्धार गर्दा उनी ६ पटक सर्पको टोकाइमा परेका छन् तर अन्य उपचारतर्फ नलागी सिधै अस्पताल पुगेर उपचार गरेपछि उनलाई केही भएन । उनले अहिले सर्प समाउने सबै उपकरणको प्रयोग गरी समाउने गर्छन् ।
अकालमा मानिसको ज्यान जोगाउन सकिने, पर्यावरणलाई पनि दीगो राख्न सकिने यो कार्यलाई स्थायित्व दिन सरकारले पनि चासो दिनुपर्ने उनको भनाइ छ । उनले नाफारहित प्राणी बचाउन अभियान संस्था सञ्चालन गरेका छन् । ‘सर्पको संरक्षण र टोकाइबाट मानिसलाई बचाउन सर्प मारेर होइन, संरक्षण र व्यवस्थापन गरिनुपर्छ,’ उनी भन्छन्, ‘मानिसहरू सर्पदेखि डराउँछन् । मानिस डराउनु सर्पको दोष होइन । उसलाई प्रकृतिले दिएकै त्यहीँ हो तर बुद्धिमानी प्राणी मानिसले सर्पलाई मार्नेभन्दा पनि संरक्षण गर्नुपर्छ ।’
सर्पबाट जोगिन विशेषगरी गर्मीयामका ५ महिना भूइँमा नसुत्ने, घरका झ्याल ढोकामा जाली लगाउने, सुत्दा अनिवार्य झुल लगाएर सुत्ने सुझाव भण्डारी दिन्छन् । ‘केही दिनअघि कपिलवस्तुमा २ दाजुभाइ भूइँमा सतेका बेला रातिमा सर्पले टोकेको थाहा नहुँदा ज्यान गयो । भूइँमा सुत्नु हुँदैन,’ उनले भने ।
उनी बढी सर्पदंशका घटना हुने क्षेत्रमा राज्यले अस्पताल निर्माण गर्नुपर्ने बताउँछन् । उनी सामाजिक सञ्जालमा देखिएका भिडियो हेरेर सर्प उद्धार गर्छु भनेर नलाग्न सबैलाई सुझाव दिन्छन् । नेपालमा प्रत्येक वर्ष २० हजार सर्पदंशका घटना हुन्छन् । जसमध्ये सर्पको टोकाइबाट १ हजार जनाको मृत्यु भएको तथ्यांकमा पाइन्छ ।
सर्पले आफू असुरक्षित महसूस भएपछि मात्र डस्ने बताउँदै उनले सर्पको विष झारफुकबाट नहट्ने भएकाले यस्ता कुरामा विश्वास नगर्न सुझाव दिए । नेपालमा सर्प देख्नासाथ टोक्छ भनेर मार्ने प्रवृत्तिका कारण नेपालका सर्पको संख्या घटिरहेको बताउने उनी सर्पबारे चेतना फैलाउन जरुरी ठान्छन् । ‘सर्प शान्त स्वभावको हुन्छ,’ यमलाल भन्छन्, ‘उसलाई नचलाएसम्म कहिल्यै मान्छेलाई टोक्दैन । यो त बरू मान्छेको साथी हो ।’
खेतबारीका मुसा खाइदिएर बाली सपार्न सघाउने सर्पको ‘इकोसिस्टम’ प्रणालीमा ठूलो महत्त्व छ । यो कुरा बुझेरै पुर्खाले सर्पप्रति देवताको रूपमा नागपञ्चमी मनाउने भण्डारी बताउँछन् । अब नेपालमा सर्प दिवस र नागपञ्चमी एकैदिन मनाउनुपर्ने उनको भनाइ छ । सर्पले टोकिहाले नआत्तिन भण्डारी सुझाव दिन्छन् ।
कैयौ मानिसहरू आत्तिएर थप बिरामी पर्ने गरेको उनी बताउँछन् । सर्पले टोकेपछि निकै ढिलो गरेर अस्पताल आउने गरेका छन् । ‘सबैभन्दा ठूलो समस्या भनेको मानिसहरू ढिलो गरेर आउने गर्छन् तर टोकेको थाहा नपाएर शंका लागेपछि अस्पताल आउनेहरू अचेल बढेका छन्,’ सर्पले टोकेको अवस्थामा अपनाउनुपर्ने विधिबारे उनी भन्छन्, ‘नआत्तिने र टोकेको भागलाई हलचल नगराएर सकेसम्म छिटो अस्पताल पुर्याउनुपर्ने हुन्छ ।’
उनले थपे, ‘प्राथमिक उपचार भनेर पहिले–पहिले गरिरहेका विभिन्न खाले कुराहरू नगरिकन सिधै बिरामीलाई अस्पताल ल्याउनु नै सबैभन्दा राम्रो उपाय हो ।’
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...