×

NMB BANK
NIC ASIA

बिदाको सदुपयोग गर्दै कृषि कर्म

उत्पादनमा रमाउने सहायक सीडीओ सा’प

विराटनगर | साउन १३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

अधिकांश सरकारी कर्मचारी बिदाको दिनलाई आराम र घुमफिर गरेर बिताउँछन् तर केही कर्मचारी बिदालाई सदुपयोग गर्दै काम गर्छन् । 

Muktinath Bank

बिदालाई उत्पादनसँग जोडेर लाभ लिनेमध्ये पर्छन् मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाह । उनी बिदालाई उपलब्धिमूलक समय मान्छन् । १० बज्दा कार्यालयमा पुग्ने शाह बिदाको समयमा बिहानैदेखि खेतबारीमा भेटिन्छन् ।  उनले फुर्सदको समयलाई कृषि व्यवसायमा खर्चिने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केराबारी गाउँपालिका–९ घङगरुमा जग्गा लिजमा लिएर उनले कृषि फार्म खोलेका छन् । शाहसहित २ जना मिलेर ओसिस स्मार्ट एग्रो फार्म सञ्चालन गरिरहेका छन् । १ वर्ष बित्न नपाउँदै उनले फार्मबाट आम्दानी लिन थालेका छन् । उनको फार्ममा लगाइएको ड्रागन फ्रुटले छोटो समयमै आम्दानी दिन थालेको छ । १ वर्ष नबित्दै उत्पादन दिन थालेपछि उनी कृषिप्रति हौसिएका छन् ।


Advertisment
Nabil box
Kumari

उनले गत वर्ष झापाबाट ड्रागन फ्रुटको बिरुवा ल्याएर रोपेका थिए । बिरुवा ल्याउँदा डेढ वर्षमा मात्रै फल्छ भन्ने कृषि प्राविधिकलाई पनि उनले माथ खुवाइदिएका छन् । घरायसी मलबाहेक कुनै विषादी प्रयोग नगरी गोबर मल र पिना मात्रै प्रयोग गर्ने गरेको उनले सुनाए । 

Vianet communication
Laxmi Bank

कुनै पनि विषादी प्रयोग नगरी गाईको गोबर मलमा गड्यौला राखेर बनाइएको मल मात्रै प्रयोग गर्ने गरेको उनले बताए । उनीहरूले ३ विगाह जमिन लिजमा लिएका छन् । ड्रागनसँगै सागसब्जी पनि उत्पादन गर्ने गरिएको छ ।

फार्ममा बाख्रा, बंगुर तथा लोकल कुखुरा समेत पालिएका छन् । फार्ममा गाईपालन गर्ने तयारी छ । उनले उन्नत जातको घाँस रोपिसकेका छन् । उनी बिदाको समय फार्ममा बिताउँछन् भने अन्य समय पत्नी सीता शाह र साझेदार मैना गुरुङ थापाले हेर्ने गरेका छन् । फार्मले २ परिवारलाई रोजगारी दिएको छ ।

पत्नी सिताकै योजनामा प्रदीपले फार्म खोलेका हुन् । ‘सीताले जागिर नखाने, कृषिमा केही गर्छु भनेपछि मैले पनि सहमति जनाइहालें,’ प्रदीपले भने, ‘मलाई पनि कृषिप्रति सानैदेखि मोह थियो । म पनि रिटायर्ड लाइफ कृषिमै बिताउने हो ।’ सहायक सीडीओको कृषि फार्म हेर्न आउनेहरूको भीड लाग्ने गरेको छ । 

nullफार्म नै हेर्न भनेर किसान मात्र नभएर उद्योगी तथा व्यापारी समेत पुग्ने गरेका छन् । बिदाको दिनमा भीड नै लाग्ने गरेको उनी बताउँछन् । फार्ममा फोटा खिच्ने र टिकटक बनाउनेको भीडभाड लाग्ने गरेको छ । सामाजिक सञ्जालमा राम्रो प्रचार भइरहेको सीताले बताइन् । 

फार्मका लागि गाउँका किसानको गोठमा उत्पादन हुने गोबर मल किन्ने तयारी भइरहेको छ । गोबर मल किनेर गड्यौले मल बनाएर बजारका घरका छतहरूमा तरकारी तथा ड्रागन फ्रुट उत्पादन गराउने उनको योजना छ । 

nullउनी बेलबारी नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत पनि हुन् । उनी नगरपालिकामा हुँदा नै बजारमै एउटा कम्प्लेक्स बनाउन शुरू गरिएको थियो । कृषि तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले कम्प्लेक्स निर्माण गरिँदैछ । पहिलो तलामा कृषकले उत्पादन गरेका कृषि सामग्रीहरू राख्ने गरी तत्कालीन मेयर ज्ञानेन्द्र सुवेदी र प्रमुख प्रशासकीय अधिकृत शाहले योजना ल्याएका थिए । कम्प्लेक्स निर्माण भएपछि आफूले उत्पादन गरेका खाद्यवस्तुसहित माटो तथा मल समेत फार्ममा राखिने उनले बताए । कम्प्लेक्स ३ तलाको बनाउने गरी काम थालिएको छ । 

null

‘हामी कृषि प्रधान देशमा छौं । यहाँ गर्न सक्यो भने ढुंगामा पनि उत्पादन हुन्छ । बजारमा बस्नेहरूसँग सागसब्जी लगाउने ठाउँ हुँदैन तर हाम्रो घरका छतहरू खाली नै हुन्छन् । बजार क्षेत्रमा मल र माटोको पनि अभाव हुन्छ । त्यो माटो र मलसहित तरकारी तथा फलफूलका बिरुवा हामी दिन्छौं,’ उनले भने । शाहका बुवाआमा पनि बजारमा तरकारी बेच्ने गर्छन् ।

null

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x