×

NMB BANK
NIC ASIA

उपेन्द्र-प्रचण्ड तनाब मत्थर

उपेन्द्रलाई प्रचण्डको आश्वासन– गौर हत्याकाण्डको छानबिन अगाडि बढ्दैन

काठमाडाैं | साउन २५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गौर हत्याकाण्डका विषयमा नयाँ ढंगले छानबिन गर्ने तयारी नरहेको भन्दै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई आश्वस्त पारेका छन् ।

Muktinath Bank

आफूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले आन्दोलनरत पक्षसँग सहमति भएपनि तत्काल छानबिन अगाडि नबढ्ने बताएको उपेन्द्रले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'प्रधानमन्त्रीज्यूले मसँग यो कुनै पनि कार्यक्रम अगाडि बढ्दैन भन्नुभा'छ,' उपेन्द्रले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

सरकारलाई दिइएको समर्थन तत्काल फिर्ता नलिने भन्दै उपेन्द्रले वर्तमान गठबन्धन र सरकार कायमै रहने बताए ।

Vianet communication
Laxmi Bank

'गौर घटना विशुद्धरूपले माओवादीका तत्कालीन नेता प्रभु साहको गल्तीका कारण भएको भन्ने कुरा माओवादीको आन्तरिक छानबिन समितिले पनि निर्क्यौल गरेको छ,' उपेन्द्रले थपे, 'त्यतिबेला मधेशी जनअधिकार फोरमले त अहिंसात्मक आन्दोलन गरेको थियो । त्यहाँ पार्टीको आमसभा थियो । आमसभामा हतियारसहित हमला कसले गर्‍यो ? देशभरबाट छापामारहरू आएर हमला गरेको हैन ?'

यस विषयमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयोग (अनमिन) र संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोगको रिपोर्ट तथा सरकारले सर्वोच्चका तत्कालीन न्यायाधीश खिलराज रेग्मीको संयोजकत्वमा गठन गरेको उच्चस्तरीय न्यायिक छानबिन समितिको रिपोर्ट हेर्दा सबैकुरा प्रस्ट हुने उनले बताए ।

'यी सबै रिपोर्टले के भनिरहेको छ हेर्नुस् न, त्यहाँ त माओवादीकै गल्ती थियो भनिएको छ,' उपेन्द्रले जिकिर गरे ।

अहिले आन्दोलन, वार्ता र सहमति गराउने सबै नाटक प्रभु साहको उक्साहटमा भएको उनको आरोप छ ।

यस सम्बन्धमा शुक्रवार पत्रकार सम्मेलन गरेर पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने समेत उपेन्द्रले जानकारी दिए ।

गौर हत्याकाण्ड पीडित संघर्ष समितिसँग सरकारले ५ बुँदे सहमति गरेपछि उपेन्द्र प्रधानमन्त्री प्रचण्डसँग सशंकित बनेका थिए ।

मंगलवार पीडित र गृह मन्त्रालयबीच भएको सहमतिको पहिलो बुँदामै गौर हत्याकाण्ड छानबिन गरी दोषीलाई कारबाही गर्ने उल्लेख छ ।

'घटनाका सम्बन्धमा तत् समयमा दर्ता भएका जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा दोषीलाई कानूनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने,' सहमतिको पहिलो बुँदामा भनिएको छ ।

२०६३ साल चैत ७ गते रौतहटको गौरमा माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरमबीच आमसभास्थलका विषयमा भएको विवादले झडपको रूप लिँदा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।

तत्कालीन फोरमको नेतृत्व उपेन्द्र यादवले गरेका कारण उनीमाथि समेत मुद्दा चलाउनुपर्ने भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय रौतहटमा दिएको किटानी जाहेरी वर्षौंदेखि थन्किएको छ ।

यद्यपि उपेन्द्र स्वयं भने उक्त दिन घटनास्थलमा थिएनन् ।  पार्टीको नेतृत्वकर्ता र योजनाकारका हिसाबले उपेन्द्रलाई दोषी करार गर्नुपर्ने पीडित पक्षको जिकिर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x