×

NMB BANK
NIC ASIA

नक्कली प्रमाणपत्र प्रकरण

कांग्रेस सांसद डा. सुनिल शर्मालाई तारेखमा छाड्न अदालतको आदेश

काठमाडाैं | साउन २६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

कांग्रेस सांसद डा. सुनिल शर्मालाई साधारण तारेखमा राखेर अनुसन्धान अगाडि बढाउन अदालतले आदेश दिएको छ ।

Muktinath Bank

काठमाडौं जिल्ला अदालतले शुक्रवार सांसद शर्मालाई थुनामुक्त गर्न आदेश दिएकाे हाे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

न्यायाधीश दण्डपाणी शर्माको इजलासले सांसद शर्मालाई तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएको हाे ।


Advertisment
Nabil box
Kumari

‘तारेखमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश भएको छ’ काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले लोकान्तरसँग भने ।

Vianet communication
Laxmi Bank

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सांसद शर्मालाई बिहीवार काठमाडौंको गोल्फुटारस्थित निवासबाट पक्राउ गरेको थियो । म्याद थपका लागि अदालत लगिएकोमा न्यायाधीशले थुनामुक्त गर्न आदेश दिएका हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले लिखत किर्ते मुद्दामा प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न ७ दिनकाे म्याद थपका लागि अदालतमा शर्मालाई उपस्थित गराएकाे थियाे ।

तर अदालतले उनलाई हिरासतमा नराखी साधारण तारेखमा राखेर अनुसन्धान अगाडि बढाउन आदेश गरेकाे हाे । 

एमबीबीएस अध्ययनका लागि आइएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा शर्मालाई पक्राउ गरिएको थियो । शर्मासँगै नक्कली प्रमाणपत्र बनाएर एमबीबीएस पढेका अन्य ७ जना डाक्टरलाई पनि सीआईबीले नियन्त्रणमा लिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x