×

NMB BANK
NIC ASIA

गोपालमान निवासमा कांग्रेसका पुराना नेताको जमघट

काठमाडाैं | भदौ २, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निवासमा पार्टीका पुराना नेताको जमघट भएको छ । शुक्रवार श्रेष्ठले कुलेश्वरस्थित निवासमा पार्टीका पुराना नेताहरूको जमघट गरेका हुन् । 

Muktinath Bank

छलफलमा कांग्रेसले राष्ट्रिय राजनीतिमा निभाइरहेको भूमिका, विभिन्न भ्रष्टाचार काण्डसहितका विषयमा छलफल भएको श्रेष्ठले जानकारी दिए । ‘धेरै समय भएको थियो । पुराना साथीहरूसँग जमघट भएको थिएन । पहिलो र दोस्रो सभामुखसहितका पुराना र वरिष्ठ नेतासँग छलफल गर्न बसेका थियौं । छलफलमा अहिलेको जल्दोबल्दो अवस्था र मुद्दाको बारेमा कुराकानी भयो’ श्रेष्ठले भने, ‘राष्ट्रिय राजनीतिमा कांग्रेसले खेलिरहेको भूमिका हुनुपर्ने जति प्रभावकारी नभएकोमा साथीहरूले गुनासो गर्नुभयो । यस्तोमा कांग्रेस कसरी सच्चिन सक्छ भन्नेबारे पनि छलफल भयो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारमा भए पनि राम्रा कुराको जस माओवादी नेतृत्वले लिने तर कांग्रेस साक्षीमात्रै हुनुपर्ने अवस्थाबाट माथि उठ्नुपर्नेबारे पनि कुराकानी भएको उनले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

‘सबैको नेपाली जनता र जनमानसलाई कांग्रेसप्रति कसरी आकर्षण बढाउने, हिजो हामीले गणतन्त्र ल्याउँदा १० वर्षका युवा अहिले २५ वर्षका भइसक्दा उनीहरूलाई कसरी आकर्षण गर्ने भन्नेमा छलफल भयो’ उनले भने, ‘जहिले पनि गठबन्धन सरकार बन्ने तर कहिल्यै पनि पाँच वर्षसम्म चल्न सक्ने स्थिर सरकार नै भएन यस्तोमा संविधानको पुनरावलोकन गरेर भए पनि स्थिर सरकार गठनको बाटो खोल्ने हो कि भन्नेमा पनि हामीले परामर्श गर्यौं ।’

Vianet communication
Laxmi Bank

यतिखेरको समस्या भ्रष्टाचार नै भएको भन्दै उनले यसलाई निर्मूल नपारेसम्म देश र नागरिकको हित नहुनेबारे छलफल भएको पनि उनले बताए । 

कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गाना, पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वमन्त्री होमनाथ दाहाल, पूर्वमन्त्री विपिन कोइराला, पूर्वराज्य मन्त्री चीनकाजी श्रेष्ठ, लोकेश ढकाल–काठमाडौं, हरि अधिकारी–धनकुटा, विनोद भट्टराई–काठमाडौं, निलकण्ठ शर्मा–कास्कीलगायतको उपस्थिति रहेको थियो ।

null

भेटमा सहभागी नेता लोकेश ढकालले देशको चिन्ताजनक स्थिति र कांग्रेस राष्ट्रिय राजनीतिबाट भूमिकाविहीन बन्दै गएकोमा नेताहरूले चिन्ता व्यक्त गरेको जानकारी दिए । 

‘भ्रष्टाचारका एकपछि अर्को काण्डका बीच पछिल्ला श्रृंखलामा कांग्रेस कहाँ छ ? सरकार  सदनमा कस्तो भूमिका निभाइरहेको छ भन्नेबारे छलफल भयो’ ढकालले लोकान्तरसँग भने, ‘धेरै नेताहरूले कांग्रेस सत्तामा भए पनि अलमलमा छ । सरकारको राम्रो कामको जस माओवादीले लिने तर कांग्रेस रमिते र सहयोगी मात्रै देखिएको भन्नेमा नेताहरूले चिन्ता व्यक्त गर्नुभयो ।’

कांग्रेस आफैंलाई बलियो बनाएर लानुपर्नेमा एकपछि अर्को दलसँग टाँसिने हुँदा अस्तित्वमै प्रश्न उठ्ने विषयबाट पनि बच्नुपर्ने खालका सुझाव आएको ढकाल बताउँछन् । 

पार्टीमा देउवाको उत्तराधिकारी हुन चाहे पनि कुनै भूमिका नपाएपछि श्रेष्ठ असन्तुष्ट रहँदै आएका छन् । उनले खुलेर पार्टी सभापतिको विरोध गरेका छैनन् । तर १४ औं महाधिवेशनदेखि नै आफूलाई छायाँमा पारेपछि श्रेष्ठ असन्तुष्ट रहेको बताइन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x