×

NIC ASIA

मर्मतसम्हारका लागि बजेट नहुँदा जीर्ण बन्दै धनकुटाको उत्तरपानी प्राविधिक शिक्षालय

धनकुटा | भदौ ७, २०८०

Prabhu Bank
NTC
Premier Steels

मर्मतसम्हारका लागि बजेट नहुँदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ । 

Muktinath Bank

विसं २०४० मा आठ सय ६५ रोपनीमा स्थापित उक्त विद्यालयमा बाली विज्ञान र पशु विज्ञानतर्फ तीन वर्षे डोप्लोमा र १८ महिने प्रि–डिप्लोमाको अध्यापन हुँदै आएको छ । जिल्लाको एकमात्र कृषि प्राविधिक पढाइ हुने विद्यालयका नामले चिनिने यो विद्यालय कुनै बेला पर्यटकीय क्षेत्रका रुपमा समेत चिनिन्थ्यो । तर अहिले यहाँ निर्मित ४७ भवन जीर्ण अवस्थामा छन् । यस वरिपरिका रमणीय चिया बगान, माछा पोखरीलगायत स्थल अव्यवस्थित छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बनेका भवन, प्रयोगशाला तथा विभिन्न पूर्वाधार जीर्ण बन्दै जाँदा अध्ययन, अध्यापनमा समस्या हुँदै आएको विद्यालयका प्राचार्य शङ्कर कोइरालाले जानकारी दिए । मर्मतसम्हारका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा समस्या भएको उनको भनाइ छ । ‘भवनका विषयमा विद्यार्थीको गुनासो आइरहन्छ,’ कोइरालाले भने, ‘लाइभस्टक र प्रयोगशाला जीर्ण हुँदा प्रयोगात्मक परीक्षा नै रोकिने गरेको छ ।’


Advertisment
Nabil box
Kumari

हाल विद्यालयको अन्य शीर्षकमा आएको रकमबाट मिलाएर टालटुल गरी शिक्षालय सञ्चालन गरिरहेको उनले जानकारी दिए । शिक्षालयको भवन तथा संरचना मर्मत गर्न करिब रु चार करोड जति खर्च लाग्ने प्रचार्य कोइराला बताउँछन् ।

Vianet communication

वार्षिक एक सय ६० जना भर्ना लिने यस शिक्षालयमा हाल तीन सय २० विद्यार्थी अध्ययनरत छन् । सिटिइभिटीबाट सम्बन्धन प्राप्त देशभरिका ६५ आंगिक शिक्षालयमा कोशी प्रदेशअन्तर्गत सात वटा रहेका छन् । यसमा यो धनकुटाको एकमात्र पुरानो शिक्षालय हो । पछिल्लो समयमा स्थानीय तहहरूमा नै प्राविधिक शिक्षा सञ्चालनमा आउन थालेपछि यहाँ अध्ययन गर्न आउने विद्यार्थीको सङ्ख्यामा कमी आएकाले यसलाई बचाउनसमेत चुनौती थपिएको प्राचार्य कोइरालाको भनाइ छ । –रासस–

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

बैशाख २९, २०८१

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको   छ ।  नगरपालिकाले सामुदायिक विद्या...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

जेठ १, २०८१

सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चितता गरेको छ । आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्याल...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x