×

NMB BANK
NIC ASIA

यही महिना रिलिज हुँदैछन् यी नेपाली फिल्म, तान्लान् दर्शक ?

काठमाडाैं | भदौ ११, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

वैशाखमा प्रदर्शनमा आएको दयाहाङ राई र मिरुना मगरको फिल्म ‘जारी’यताका नेपाली फिल्महरूले अपेक्षित दर्शक तान्न सकिरहेका छैनन् । सरोज खनालको निर्देशन रहेको ‘बगान’ले केही सुखद् व्यापार गरेपनि अन्य सबै नेपाली फिल्महरु बक्स अफिसमा चिप्लिन पुगे । 

Muktinath Bank

गत शुक्रवारबाट प्रदर्शनमा आएका दुई फिल्म ‘जय हो’ र ‘महानगर’को व्यापार पनि सुखद् छैन । अब, धेरैको ध्यान आगामी फिल्महरूमा सोझिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आउँदो बिहीवार (भदौ १४)बाट दुई नेपाली फिल्महरू एकसाथ प्रदर्शनमा आउँदैछन् । 


Advertisment
Nabil box
Kumari

स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, सुशील सिटौला लगायतको अभिनय रहेको ‘ऐंचो पैंचो’ एकातर्फ छ भने अर्कोतर्फ मुकुन भुषाल, मेनुका प्रधान, प्रकाश घिमिरे, सूर्यमाला शर्मा, राजाराम पौडेल, देवेन्द्र बब्लु लगायतको अभिनय रहेको ‘गणपति’ प्रदर्शन हुँदैछ । 

Vianet communication
Laxmi Bank

कृषा चौलागाईंले निर्देशन गरेको ‘ऐंचो पैंचो’ सामाजिक विषयमा बनेको फिल्म हो । राजनीतिले समाजमा पारेको प्रभावको कथा फिल्मले पेस गर्ने निर्माण टिमले जनाएको छ । यता, सविन अधिकारीको निर्देशनमा बनेको ‘गणपति’ भगवानको रुपमा जन्मिएको व्यक्तिको कथामा निर्माण गरिएको छ । यसपछिको हप्ता भने नेपाली फिल्म प्रदर्शनमा आउने छैनन् । 

बलिउड अभिनेता साहरूख खान अभिनीत प्रतीक्षित फिल्म ‘जवान’ प्रदर्शनमा आउने भएका कारण आगामी साताका लागि नेपाली फिल्मले प्रदर्शन मिति तोक्न डराएका हुन् । त्यसपछि भदौ २९ मा भने दुईवटा नेपाली फिल्म एकसाथ प्रदर्शनमा आउनेछन् । 

दीपेन्द्र लामाको लेखन एवं निर्देशनमा बनेको ‘नाङ्गो गाउँ’ र झरना थापाको निर्देशनमा बनेको ‘एक भगवत् गीता’ तीजको अवसर पारेर भदौको अन्तिम शुक्रवारबाट प्रदर्शनमा आउने भएका हुन् । 

राजनीतिक कथामा बनेको ‘नाङ्गो गाउँ’मा दयाहाङ राई, शिशिर वाङ्देल, मिरुना मगर, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङलगायतको अभिनय छ । 

त्यस्तै, सामाजिक कथामा बनेको ‘एक भगवत गीता’मा विपिन कार्की, सुहाना थापा, धिरज मगर, कविर खड्का लगायतका कलाकारहरूको अभिनय छ । यो फिल्ममा अभिनेता विपिन लैङ्गिक अल्पसंख्यकको पात्र कमलामाईको अवतारमा प्रस्तुत छन् । 

भदौमा आगामी दिनमा रिलिज हुने फिल्महरू अलगअलग स्वादका छन् । ती फिल्मलाई लिएर फिल्मकर्मीसँगै दर्शकले पनि अपेक्षा राखेका छन् । पछिल्लो समय सुस्ताएको नेपाली फिल्मको बक्स अफिस अब चलायमान हुने अपेक्षा गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x