×

NMB BANK
NIC ASIA

जीवन त्यस्तो चमत्कार हो, जो आफैँमा शून्य छ, शून्यमा विचरण गर्छ । ऊ शून्य पनि हो अनि शून्यकै खेल पनि हो । शून्यबाटै उठ्छ, शून्यमै खेल्छ र शून्यमै हराउँछ । हराउँछ भन्नुको अर्थ बिलाउँछ भन्ने होइन । त्यसैले त पुनः उठ्छ । थाहा छैन कताबाट उठ्छ तर उठ्न भने उठेकै हुन्छ । मात्र के हो भने उठान पनि शून्य, बैठान पनि शून्य । खेल्ने पनि शून्य, खेलाउने पनि शून्य र खेल मैदान पनि शून्य । अनि भएन त चमत्कार ? यसो त पूर्ण भन्नेहरू पनि उत्तिकै छन् । उनीहरूका अनुसार जीवनको यात्रा पूर्णबाटै शुरू हुन्छ र पूर्णमै पुगेर टुङ्गिन्छ । यहाँ आउने पनि पूर्ण नै हुन्छ र ल्याउने पनि पूर्ण नै हुन्छ । आश्चर्य त के भने पूर्णबाट पूर्ण निकाल्दा निकाल्नेवाला पनि पूर्ण नै रहन्छ । तथापि पूर्णमा सूक्ष्म अपेक्षा बाँकी नै रहन्छ । किनभने पूर्ण भन्नेबित्तिकै कति पूर्ण भन्ने हुन्छ तर शून्यमा त्यो पनि समाप्त हुन्छ । 

Muktinath Bank

बुद्धदर्शनका अनुसार जीवनलाई बुझ्न वा जीवनले खोजेको पाउन शून्यमै पुग्नुपर्छ, शून्यमै झर्नुपर्छ तर संसारमा प्रायः के हुन्छ भने जे मिलेको छ त्यसैलाई समाउने प्रयास गरिन्छ । त्यसैलाई सर्वस्व ठानिन्छ, सर्वस्व मानिन्छ तर शून्य भनेको शून्य नै हो । शून्यलाई के समाउने, कहाँ समाउने तर हुन्छ यही । के–केन पाएजस्तो जस्तो गरी देख्ने, देखाउने, समाउने, समाउने प्रयास गरिन्छ । भेटिएकालाई जम्मा गर्न खोजिन्छ नभेटिकालाई भेट्ने प्रयास गरिन्छ, जसले गर्दा जीवन कहिल्यै नसुल्झिने गुथ्थी बन्दै गएको छ । जीवनको यही गाँठो बुझाउने र फुकाउन सिकाउने पुस्तकको नाम हो ‘जिउनुको मज्जा’ । 
न्युयोर्क टाइम्सको बेस्ट सेलरमा पर्न सफल यस पुस्तकलाई ‘योङ्गे मिङ्ग्युर रिम्पोछे’ले लेखेका हुन् । ‘एरिक स्वान्सन’को सहलेखन रहेको यस पुस्तकलाई डा सरोज धितालले नेपालीमा अनुवाद गरेका हुन् । पेशाले शल्यचिकित्सक डा धिताल पछिल्लो समयमा खासगरी बुद्धदर्शनप्रति आकर्षित हुँदै गएका छन् । यसअघि नै ‘छोक्नी रिम्पोछे’को ‘चित्त खुलोस् हृदयसँगै’को नेपाली अनुवाद गरिसकेका डा धितालको त्यसैको निरन्तरता हो यो, जसमा आधार, मार्ग तथा फल गरी तीन भाग र १८ प्रकरण छन् । यीमध्ये पहिलो भागमा आठ, दोस्रो भागमा छ र तेस्रो भागमा चार प्रकरण छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी प्रकरणमार्फत् जीवन भनेको के हो, उसले खोजेको के हो र कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरालाई सरल ढङ्गले सम्झाउने काम गरेका छन् लेखकले । पुस्तक अनुवाद भए पनि पढ्दै जाँदा अनुवादजस्तो लाग्दैन । अपितु मूल लेखक नै उनै हुन् कि भन्ने भान पर्न सक्छ जो कोहीलाई पनि । बोलीचालीमा डा धितालको आफ्नै शैली छ, मिठास छ, स्वाद छ । यही मिठास र स्वाद राम्रैसँग पाइन्छ, जसले गर्दा पुस्तक थप रोचक र पठनीय हुन पुगेको छ भन्नै पर्ने हुन्छ । 


Advertisment
Nabil box
Kumari

महाभारतमा एउटा कथा छ । १८ अक्षोहिणी योद्धाले वीरगति पाएका थिए रे त्यस युद्धमा तर त्यसका एउटा पात्र बर्बरिकको टाउकोले भने केवल कृष्णलाई मात्र देखेको थियो रे व्यासजीले भनेका । सायद त्यो टाउको पनि बुद्धजस्तै दार्शनिक पो रहेछ कि । नत्र बुद्धले संसारमा सून्यबाहेक केही नदेखेझैँ उसले कृष्णबाहेक अरूलाई किन नदेखेको होला र !  थाहा छैन कृष्ण पूर्ण हुन् कि शून्य तर बर्बरिकले देखेका भने कृष्ण नै थिए । हुन सक्छ उनले पनि कृष्ण भनेर सोही शून्यतर्फ नै इशारा गरेका पो हुन् कि । जे होस् बुद्ध दर्शनका अनुसार जीवन शून्यकै खेल हो । हामी क्षणिकरूपमा जे देख्छौँ वा पाउँछौँ त्यसैमा भुल्छौँ, त्यसैको पछि लाग्छौँ र सत्यको नजिक पुग्न सकिरहेका छैनौँ । पुग्न–पुग्न खोज्छौँ तर नजिकतिरै पुगेपछि बाटो बिराउँछौँ र दुःख पाउने गर्छौँ । 

Vianet communication
Laxmi Bank

प्रकृतिको नियम के हो भने पाउनका लागि गुमाउनुपर्छ । पाएको छाड्दै गए पाइन्छ, समाउन खोज्दा पाएको पनि फुत्किन्छ । बुद्धदर्शनको विशेषता भनेकै यसैलाई बुझाउनु हो । उनले यही सिकाएका छन्, यही देखाएका छन् । पाएको चीजको पछि नलाग्ने हो भने, त्यसैमा नहराउने हो भने पक्कै हामी पनि सोही परम सत्यको नजिक पुग्न सक्छौँ, सोही विराट सत्यको सुवास पाउनेछौँ, जुन बुद्ध पाएका थिए । यस पुस्तकमा लेखकले आफ्नै अनुभवका आधारमा यिनै कुरालाई बुझाउने प्रयास गरेका छन् । 

मूलतः संसारमा कमिलादेखि हात्तीसम्म र मानिसदेखि भुसुनासम्म सबैले खोजेका खुसी र आनन्द हो । थाहा छैन जड प्राणीले के खोज्छन् कुन्नि ? हुन सक्छ यही नै खोजिरहेका पो हुन् कि ? तर चेतन प्राणीले खोजेका भने खुसी र आनन्द नै हो । यसैका लागि रातदिन प्रयत्न गर्छ । प्रयत्न गर्दागर्दै अस्ताउँछ र पुनः अर्को दिन लिएर उदाउन पुग्छ । यसैबाट जीवन चलेको छ, चल्दै आएको छ । यस्तै अवस्था रहे सम्भवतः यसी गरी चली रहनेछ । खुसी बाहिर होइन आफैँभित्र छ तर बाहिर खोज्ने बानी परेकाले खोजी बाहिरै हुन्छ र त्यतै हराउँछ, हराउँदै आएको छ । 

पाउनका लागि भित्र छिर्नुपर्ने हुन्छ तर के गर्ने ढोकामा भोटे ताल्चा झुन्डिएको छ । यस्तो अवस्थामा पहिले त्यसैलाई खोल्नुपर्ने हो तर खुल्छ कसरी । जब लौ मार्‍यो ! ढोका त बन्द पो रहेछ भन्दै अर्कैतिर लाग्न थालिन्छ भने । अहिलेसम्म भएकै यही हो । यस पुस्तकले सोही ताल्चालाई देखाएको छ, बुझाएको छ र खोल्ने तरिका सिकाएको छ । यस अर्थमा पुस्तक संसारभरिकै मानिसले पढ्नै पर्ने हुन पुगेको छ । सायद न्युयोर्क टाइम्सको बेस्ट सेलरमा पर्नुको कारण पनि यही नै हुनुपर्छ । 

जीवनका कर्ता धेरै छन्, धेरै कर्ताले काम गरेका छन् तर ती सबै मनकै खेल हुन्, रूप हुन् । कर्ता निर्माण गर्ने पनि मन नै हो, कर्म निर्माण गर्ने पनि मन नै हो तर त्यही मन कहाँ छ भन्ने कुरा कसैलाई पनि थाहा छैन । संसारका एकसेएक वैज्ञानिकहरूसमेत बेखबर छन् यस बारेमा ।  तथापि यथार्थ के हो भने मन भन्ने चीज हुँदै नभएको चाहिँ होइन । छ, जब्बर छ । छ र त पो सबै काम गराइरहेको छ । गर्ने पनि उही हो, गराउने पनि उही हो । अनि गरिसकेपछि लौ हेर है दुनियाँ ! मैले यस्तो गरेँ भनेर देखाउने र रमाउने पनि उही हो । यस्तो अवस्थामा कसरी छैन भन्ने ? त्यसैले जबसम्म हामी यही मनको विशेषतालाई पिँधैसम्म पुगेर निरीक्षण गर्न सक्दैनौँ तबसम्म खुसी भन्ने चीज टाडै रहन्छ । पुस्तकमा लेखकले यिनै कुरालाई व्यावहारिक उदाहरणबाट सम्झाउने काम गरेका छन् । यस अर्थमा लेखक र अनुवादक धन्यवादका पात्र भएका छन् । 

अन्त्यमा आफ्ना भनाइहरू लेखक र अनुवादकमा समर्पण गर्दै बिदा हुन चाहन्छु । त्वदीयं वस्तु गोविन्द ! तुभ्यमेव समर्पये ।  भवतु सर्वमङ्गलम् !

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x