×

NMB BANK
NIC ASIA

ब्याडमिन्टन संघको बेथितिविरुद्ध लोकान्तर समाचार प्रभाव

अवैध साधारणसभा गर्ने रामजीको प्रयास विफल, पूर्वअध्यक्ष भन्छन्- अब नयाँलाई जिम्मा दिनुपर्छ

काठमाडाैं | भदौ २९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

गैरकानूनी ढंगले साधारणसभा गरेर नेतृत्वमा दोहोरिने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठको चलखेलमा अन्तत: ब्रेक लागेको छ ।

Muktinath Bank

प्रदेश संघ गठन नभई गैरकानूनी ढंगले साधारणसभा गर्ने श्रेष्ठको प्रयास प्रदेश खेलकुद परिषदका सदस्य सचिवहरूको अडान र मान्यता नदिने खेलकुद मन्त्री डिगबहादुर लिम्बूको अभिव्यक्तिका कारण असफल भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बागमती, गण्डकी, कोशी, लुम्बिनी र सुदूरपश्चिमस्थित प्रदेश खेलकुद परिषदका सदस्य सचिवहरूले कानूनविपरीत साधारणसभा गरे मान्यता नदिने अडान लिएका थिए ।


Advertisment
Nabil box
Kumari

यस विषयमा राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा समेत कुरा उठेको थियो । बोर्ड बैठकको अध्यक्षता गरेका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले ऐनविपरीतको साधारणसभाले कानूनी मान्यता नपाउने बताएका थिए ।

Vianet communication
Laxmi Bank

बिहीवार बिहान ८ बजेको समय दिएर केही प्रतिनिधिहरूलाई बोलाइएको भए पनि राति ८ बजेपछि कर्मकाण्डका लागि मात्र साधारणसभा उद्घाटन गरिएको थियो । चुनावी प्रक्रिया पूरा गरेर नेतृत्वमा दोहोरिने प्रयास भने सफल हुन सकेन ।

सुनसरी जिल्लाबाट प्रतिनिधि बनेर आएका सुरेश कार्कीका अनुसार करीब ४० जना प्रतिनिधिको उपस्थितिमा साधारणसभा उद्घाटन गरिएको थियो । राखेपका बोर्ड सदस्य अञ्जन धमला प्रमुख अतिथि रहेको उद्घाटन कार्यक्रम एक घण्टामै सकिएको थियो ।

'प्रमुख अतिथिको आशनबाट उद्घाटन गर्दै साधारणसभाका लागि १ महिना म्याद थप र यही समितिलाई निर्वाचनको जिम्मेवारी दिन आग्रहसहित निवेदन लिएर आउनुहोला, हामीले म्याद थपिदिन्छौं भनेर उहाँ (धमला)ले भन्नुभयो,' कार्कीले लोकान्तरसँग भने, 'एकातर्फ साधारणसभा गैरकानूनी हो भनेर खेलकुद मन्त्रीले भन्नुभएको छ । राखेपका सदस्य सचिव घिसिङले नै पनि भन्नुभएको छ । अर्कातर्फ राखेपकै बोर्ड सदस्यलाई प्रमुख अतिथि बनाएर उद्घाटन गर्न पठाइएको छ, यो त राखेपको दोहोरो मापदण्ड भयो ।'

बोर्ड सदस्य धमला साधारणसभाको ठेक्का नै लिएजसरी गरी प्रस्तुत भएको उनले बताए । राखेपका सदस्य सचिव टंकलाल घिसिङ बाहिर जाँदा कार्यबाहक सदस्यसचिवको समेत भूमिका निर्वाह गर्ने धमलाबाट त्यस्तो व्यवहार प्रदर्शन होला भनेर आफूले कल्पना समेत नगरेको उनको भनाइ छ ।

साधारणसभा गर्न नसकेको अहिलेको तदर्थ समितिलाई विघटन गरी ब्याडमिन्टन क्षेत्रकै नयाँ व्यक्तिहरूलाई राखेर तदर्थ समिति बनाउँदै विधि, ऐन र नियमानुसार साधारणसभा हुनुपर्ने उनको माग छ ।

'विगत ८ वर्षमा साधारणसभा त के संघकै कार्यसमिति समेत बैठक एकपटक पनि गर्न नसकेका रामजीबहादुर श्रेष्ठलाई नै तदर्थ समितिको नेतृत्व दिइयो । तर, उनले प्रक्रिया पूरा गरी साधारणसभा गराउन सकेनन्,' कार्कीले थपे, 'पटक-पटक एउटै व्यक्तिलाई जिम्मेवारी दिनुभन्दा अन्यलाई अवसर दिनुपर्छ ।'

साधारणसभा भनिए पनि कागजी अधिवेशन गराउने षड्यन्त्र हुनुले राखेप सदस्यसचिव घिसिङको रामजीमोह छताछुल्ल भएको उनले बताए ।

'जम्मा प्रतिनिधि कतिजना छन्, त्यसको कुनै अभिलेख नै छैन । नयाँ विधान बनेको भनिए पनि विधान समेत हामीलाई दिइएन,' कार्कीले भने, '३५ देखि ४० जना प्रतिनिधि मात्र आएका थियौं । स्वयंसेवकको नाममा ५० जना जति ब्याडमिन्टनभन्दा बाहिरका मानिसहरूको उपस्थिति थियो ।'

त्यही साधारण सभामा प्रतिनिधि बनेर आएका महोत्तरी जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सुरेशलाल भने अधिवेशन नै नभएपछि जिल्ला फर्किएको बताउँछन् ।

'दिनभर बसिरह्यौं, साधारणसभा हुन सकेन,' लालले लोकान्तरसँग भने, 'राति उद्घाटन मात्र भयो । ३ महिनाभित्र पुनः साधारण सभा गर्ने भनेर निर्णय गरेका छौं ।'

त्यसपछि प्रतिनिधिहरू फर्किएको उनले बताए ।

लाल अध्यक्ष रहेको जिल्ला संघको चुनाव भएको छैन । उनले आफैं पनि त्यो कुरा स्वीकार गरे ।

'नियमतः पहिले जिल्ला अधिवेशन गरी चुनिएर आएका नयाँ प्रतिनिधिबाट केन्द्रको साधारण सभा हुनुपर्थ्यो । तर, त्यसो हुन सकेन,' उनले लोकान्तरसँग भने, 'प्रतिनिधि पठाइदिन केन्द्रबाट पत्र आएको थियो । अनि हामीले नयाँ नेतृत्व नचुनिएको अवस्थामा कसरी जाने भनेर सोधेका पनि थियौं । अहिले जिल्ला अधिवेशन सम्भव भएन, पहिले केन्द्रको अधिवेशन गरौं, त्यसपछि जिल्लाको अधिवेशन गरौंला भनेपछि प्रतिनिधि बनेर आएको थिएँ ।'

पूर्व अध्यक्षहरू भन्छन्- लाजमर्दो स्थिति भयो, अर्को तदर्थ समिति बन्नुपर्छ

रमेशकुमार श्रेष्ठ नेपाल ब्याडमिन्टन संघका पूर्व अध्यक्ष हुन् । उनी नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) पनि हुन् । उनले २०६८ सालदेखि २०७२ सालसम्म ब्याडमिन्टन संघको नेतृत्व गरेका थिए । श्रेष्ठको कार्यकालमा अहिलेका अध्यक्ष रामजीबहादुर श्रेष्ठ महासचिव थिए ।

२०७२ सालमा नेपालमा भूकम्प जाँदा उनले भूकम्पबाट प्रभावित भएका ब्याडमिन्टन खेलाडीहरूलाई राहत, उपचार तथा ब्याडमिन्टनको विकासका लागि थाइल्यान्ड ब्याडमिन्टन संघका अध्यक्षबाट अमेरिकन डलर ५० हजार सहयोग जुटाएका थिए । उक्त सहयोग रकम हस्तान्तरण भएलगत्तै ब्याडमिन्टन संघको चुनाव भयो । तत्कालीन महासचिव रामजीबहादुर श्रेष्ठ नेतृत्वमा आए ।

२०७२ सालदेखि हालसम्म साधारणसभा नै नगराई उनी गैरकानूनी तरिकाले नेतृत्वमा रहँदै आएका छन् । भूकम्प प्रभावित खेलाडीलाई राहत दिन, घाइतेको उपचार गराउन तथा नेपालको ब्याडमिन्टन खेलको विकासका लागि भनेर आएको ५० हजार डलर कहाँ र कुन शीर्षकमा खर्च भयो हिसाबकिताब हालसम्म दिइएको छैन ।

'त्यो रकममा अनियमितता भयो भन्ने सुनेको छु । मैले त आफ्नो प्रयासमा सहयोग जुटाएर ल्याएको थिएँ । तर, खर्च रामजीको पालामा भएको हो,' सहयोग ल्याउने तत्कालीन अध्यक्ष रमेशकुमार श्रेष्ठले लोकान्तरसँग भने, 'त्यसपछि त्यो रकममा अनियमितता भयो भन्ने कुरा आयो । राष्ट्रिय खेलकुद परिषदमा पनि त्यसको उजुरी परेकै होला, राखेपले छानबिन गर्ला ।'

अध्यक्षका रूपमा रामजीमाथि प्रश्न उठेको उनी बताउँछन् ।

'रामजी नेपाली ब्याडमिन्टनको च्याम्पियन खेलाडी हो । खेलाडीको रूपमा राम्रो प्रशंसा कमाउन सके पनि संघको नेतृत्व गर्दा त्यसलाई बचाउन सकेनन्,' उनले थपे, 'विधानबमोजिम बोर्ड बैठक गर्न नसक्नु, समयमा साधारण सभा गर्न नसक्नु, हिसाबकिताब पारदर्शी गर्न नसक्नुजस्ता कमजोरी देखिए ।'

कार्यसमितिका सबैलाई मिलाएर जानुपर्नेमा असफल भएको उनको विश्लेषण छ । साधारणसभा स्थगित भएको कुरा समाचारबाट थाहा पाएको भन्दै उनले विधि/प्रक्रिया पूरा गरेर मात्र साधारणसभा तथा अधिवेशन हुनुपर्ने बताए ।

त्यसैगरी ब्याडमिन्टन संघका अर्का पूर्वअध्यक्ष राजेन्द्रबहादुर सिंह पनि कानूनविपरीत गर्न लागिएको चुनावी साधारणसभा स्थगित हुनु स्वाभाविक रहेको बताउँछन् । रामजीबहादुर श्रेष्ठले गर्न लागेको गैरकानूनी कामलाई मान्यता दिन नहुने उनको कथन छ ।

सिंह नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) हुनुका साथै अहिले नर्भिक इन्टरनेसनल अस्पताल प्रालिका सञ्चालक समिति अध्यक्ष पनि हुन् । उनी २०५९ सालमा नेपाल ब्याडमिन्टन संघको अध्यक्ष थिए ।

१ वर्ष नेतृत्व गरेका सिंहले नै पहिलोपटक विधान बनाएर २०६० सालमा नेपाल ब्याडमिन्टन संघको चुनाव गराएका थिए । साधारणसभाका विषयमा अहिलेको नेतृत्वले खबर समेत नगरेको उनको भनाइ छ ।

'ब्याडमिन्टन संघको  विधान बनाएर, बाहिरका वकिलहरूलाई ल्याएर पहिलोपटक डेमोक्रेटिक चुनाव गराउने मान्छेलाई त कुनै खबर छैन, जे गरे पनि भएको छ,' उनले लोकान्तरसँग भने, 'मैले सुनेको छु, अहिले रामजीबहादुर श्रेष्ठले जबरजस्ती गर्न खोजेका छन् । उनको जबरजस्तीलाई लिगालिटी दिनु हुँदैन ।'

रामजीबहादुर श्रेष्ठलाई ब्याडमिन्टन संघमा आफूले नै ल्याएको उनले खुलाए ।

'रामजीलाई नै सोध्नुहोला, उसलाई ब्याडमिन्टनमा ल्याउने मान्छे को हो? मैले नै ल्याएको हो । तर, मलाई समेत साधारणसभाबारे खबर गर्दैनन्,' उनले थपे, 'जे गरे पनि हुन्छ भन्ने भयो । जसको सरकार बन्छ, त्यही पार्टीमा लाग्यो, यो गलत हो ।'

ब्याडमिन्टन संघमा भ्रष्टाचार भएको भन्ने आफूले पनि सुनेको उनले बताए ।

'रामजीले करप्सन गरेको छ भन्ने सुनेको छु । करप्सन नगरेको भए अहिलेको डेमोक्रेटिक चुनावमा त विवाद नै हुन्नथ्यो होला नि ! सही मान्छे भएको भए यस्तो अवस्था नै आउँदैनथ्यो ।'

त्यसैगरी संघका अर्का पूर्वअध्यक्ष प्रकाशबहादुर शाही अहिलेको अवस्था लाजमर्दो भएको बताउँछन् । २०६० सालमा पहिलोपटक चुनाव भएर अध्यक्षमा चुनिएका शाही २ कार्यकाल नेतृत्वमा रहेका थिए ।

'नियामक निकाय राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवले हेर्नुपर्ने कुरा हो । यस्तो लाजमर्दो स्थिति उत्पन्न हुँदा संघको पूर्व अध्यक्षको हैसियतले मलाई धेरै दु:ख लागेको छ,' शाहीले लोकान्तरसँग भने, 'यत्रो प्रश्न उठिसकेको मान्छेलाई नै फेरि पनि तदर्थ समितिको नेतृत्व दिनैहुन्नथ्यो । रामजीले गर्न सक्दैन भन्ने त हामीलाई पहिले नै लागिसकेको थियो, भद्रगोल पार्नकै लागि नेतृत्व दिएजस्तो लाग्छ ।'

अब कुनै हालतमा त्यही तदर्थ समितिलाई निरन्तरता दिन नहुने उनको सुझाव छ । संघमा राजनीति घुसाएर बिगारिएको शाहीले बताए ।

'हाम्रो पालामा एमाले, माओवादी, कांग्रेस सबैलाई मिलाएर लगेका थियौं । तर, रामजीले सबैलाई मिलाएर लानुको साटो आफ्नो मान्छे मात्र छानेर नेतृत्वमा पुनः आउन खोजेकोजस्तो देखियो,' उनले थपे, 'विगत आठ वर्षमा साधारणसभा गर्न नसकेको मान्छेलाई नै फेरि मौका दिनुले वदनियत प्रस्ट देखिन्छ ।'

उनले थपे, '३ महिनामा साधारण सभा गर्ने भनेर तदर्थ समिति बनाई दिएको मौकामा पनि चुकेको अवस्थामा राखेपले टुलुटुलु हेरेर बस्नु हुँदैन ।'

रामजी आफ्नो साथी भए पनि साधारणसभाको निम्तो समेत भाइबरमा पठाएको उनले खुलाए ।

'हामी पूर्व अध्यक्ष भइसकेको मान्छेलाई भाइबरमा निम्तो पठाएर त आउँदैनौं नि, कम्तीमा फोन त गर्नुपर्छ । टुर्नामेन्ट भएको भए अलग कुरा हुन्थ्यो, यो त साधारणसभा हो नि,' उनले लोकान्तरसँग भने ।

आफ्नो कार्यकालमा संघको विधिवत् कार्यालय नै सञ्चालन हुने गरे पनि अहिले झोलामा कार्यालय रहेको उनले बताए ।

'हामीले त सोफा समेत किनेर कार्यालय व्यवस्थित गरेका थियौं । दिनहुँ कार्यालय सञ्चालन हुन्थ्यो,' उनले थपे, 'तर, रामजीको हातमा नेतृत्व गएपछि कहिल्यै कार्यालय खुलेन, झोलामा सीमित भयो ।'

संघमा व्यापक अनियमितता भएको भन्ने पनि आफूले सुनेको उनले बताए ।

'अनियमितता गरे वा गरेनन् भन्ने मलाई थाहा हुने कुरा त भएन, तर सिधा कुरा हो, वार्षिक साधारणसभा गरेको भए, विधिवत् हुनुपर्ने बोर्ड बैठक बसेर हिसाबकिताब सार्वजनिक गरेको भए यो प्रश्न उठ्ने थिएन होला नि,' उनले थपे, 'पारदर्शी काम नगरेपछि प्रश्न त उठ्छ नै ।'

यी सबै कुरा हेर्नुपर्ने राखेप सदस्य सचिव नै मौन रहनु, हेर्दै नहेर्नु वा उल्टै साथ, सहयोग र समर्थन दिनु दु:खद् भएको उनको भनाइ छ ।

ब्याडमिन्टन संघको बेथितिविरुद्ध लोकान्तरले विगत केही महिनादेखि लगातार समाचार प्रकाशित गर्दै आएको छ । पढ्नुहोस्, सम्बन्धित समाचारहरू :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x