×

NIC ASIA

इजरायल घटना

यी हुन् इजरायलमा मृत्यु भएका १० नेपाली [नामावलीसहित]

काठमाडाैं | असोज २२, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

 इजरायलको किवुज अलुमिममा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी मृत्यु भएका १० नेपालीको विवरण सार्वजनिक भएको छ । इजरायलस्थित नेपाली दूतावासले सार्वजनिक गरेको विवरण अनुसार धनुषाका आनन्द साह, कैलालीका नारायणप्रसाद न्यौपाने, दार्चुलाका लोकेन्द्र सिंह धामी, सुनसरीका राजेश कुमार स्वर्णकार, बझाङका गणेश कुमार नेपाली, दार्चुलाका दीपेश राज विष्ट, डोटीका राजन फुलारा र पदम थापाको मृत्यु भएको छ । 

यसैगरी सल्यानका प्रवेश भण्डारी र कैलालीका आशिष चौधरीको पनि मृत्यु भएको छ । दूतावासका अनुसार कञ्चनपुरका विपीन जोशीको अवस्था अज्ञात छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत् गत महिना मात्रै उनीहरु इजरायल पुगेका थिए ।  मध्ये दक्षिणी इजरायलमा पर्ने  किवुज अलुमिम फार्ममा प्रशिक्षणरत रहेकै बखत उनीहरु प्यालेस्टिनी हमास समूहको आक्रमणमा परेको दूतावासको भनाइ छ । 


Advertisment
Rupse Holidays
Nabil box

घटनामा परेका १७ जनामध्ये विधान सेजुवाल, हिमांचल कट्टेल र प्रविण डाँगी स्थानीय अस्पतालमा उपचाररत छन् भने धन बहादुर चौधरी उपचारपछि डिस्चार्ज भएका छन् । यस्तै विरेन्द्र चौधरी  र प्रमोद केसी सकुसल रहेका छन् । 

Vianet communication

यसैबीच आक्रमण भएको क्षेत्रबाट केही नेपाली तेल अविव आइपुगेको दूतावासले जनाएको छ। उद्धारको पर्खाइमा रहेका बॅाकी नेपाली विद्यार्थी अनि श्रमिकहरूलाई समेत नेपाल सरकार, तालिम प्रदायक केन्द्र, रोजगारदाता र इजरायलवासी नेपाली समुदायसॅगको सहकार्यमा तुलनात्मक रुपमा बढी सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्ने र आवश्यक चॅाजो मिलाएर नेपाल पठाउने दिशामा गृहकार्य भइरहेको दूतावासले जनाएको छ । 

 हाल आफू रहेकै ठाउॅमा सुरक्षित रहॅदै रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन समेत दूतावासले सम्बन्धित सबैलाई आह्वान गरेको छ । 

आक्रमणको मुख्य निशानामा परेको Kibbutz Alumim मा आवद्ध १७ जना नेपाली विद्यार्थीहरुको विवरणः
क्र.सं. राहदानी नं नाम थर                       अवस्था/स्थिति
१. BA0046756   आनन्द साह                        निधन
२. BA0050744   नारायण प्रसाद न्यौपाने       निधन
३. PA1832545    लोकेन्द्र सिंह धामी              निधन
४. BA0133670    राजेश कुमार स्वर्णकार       निधन
५. PA1869615    गणेश कुमार नेपाली            निधन
६. PA1773440    दिपेश राज विष्ट                 निधन
७. BA0017890   राजन फुलरा                      निधन
८. BA0017892   पदम थापा                          निधन
९. PA1560328    प्रवेश भण्डारी                     निधन
१०. PA1651757   आशिष चौधरी                   निधन
११. PA1848403  विपिन जोशी                    अज्ञात
१२.                       विधान सेजुवाल              उपचाररत
१३.                    हिमांचल कट्टेल               उपचाररत
१४.                       प्रविण डाँगी                    उपचाररत
१५.                    धन बहादुर चौधरी      सकुशल (उपचार पश्चात्)
१६.                     विरेन्द्र चौधरी               सकुशल
१७.                       प्रमोद के.सी.               सकुशल

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x