×

NIC ASIA

सरसर्ती २४ घण्टा

इजरायलबाट फर्किन चाहनेको विवरण संकलन सुरु, तत्कालका लागि सुरक्षित स्थलमा स्थानान्तरणको पहल

काठमाडाैं | असोज २२, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
इजरायलको किवुज अलुमिममा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी मृत्यु भएका १० नेपालीको विवरण सार्वजनिक भएको छ । इजरायलस्थित नेपाली दूतावासले सार्वजनिक गरेको विवरण अनुसार धनुषाका आनन्द साह, कैलालीका नारायणप्रसाद न्यौपाने, दार्चुलाका लोकेन्द्र सिंह धामी, सुनसरीका राजेश कुमार स्वर्णकार, बझाङका गणेश कुमार नेपाली, दार्चुलाका दीपेश राज विष्ट, डोटीका राजन फुलारा र पदम थापाको मृत्यु भएको छ । 
यसैगरी सल्यानका प्रवेश भण्डारी र कैलालीका आशिष चौधरीको पनि मृत्यु भएको छ । दूतावासका अनुसार कञ्चनपुरका विपीन जोशीको अवस्था अज्ञात छ । 
‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत् गत महिना मात्रै उनीहरु इजरायल पुगेका थिए ।  मध्ये दक्षिणी इजरायलमा पर्ने  किवुज अलुमिम फार्ममा प्रशिक्षणरत रहेकै बखत उनीहरु प्यालेस्टिनी हमास समूहको आक्रमणमा परेको दूतावासको भनाइ छ । 
घटनामा परेका १७ जनामध्ये विधान सेजुवाल, हिमांचल कट्टेल र प्रविण डाँगी स्थानीय अस्पतालमा उपचाररत छन् भने धन बहादुर चौधरी उपचारपछि डिस्चार्ज भएका छन् । यस्तै विरेन्द्र चौधरी  र प्रमोद केसी सकुसल रहेका छन् । 
००००
नेपाली दूतावासले इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा र त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि विवरण संकलन थालेको छ । त्यसका लागि दूतावासले अनलाइन फाराम खोलेर रजिष्ट्रेशन आह्वान गरेको छ । 
००००
यसैबीच आक्रमण भएको क्षेत्रबाट केही नेपाली तेल अविव आइपुगेको दूतावासले जनाएको छ। उद्धारको पर्खाइमा रहेका बाँकी नेपाली विद्यार्थी र श्रमिकहरूलाई तत्काल नेपाल सरकार, तालिम प्रदायक केन्द्र, रोजगारदाता र इजरायलवासी नेपाली समुदायसँगको सहकार्यमा तुलनात्मक रुपमा बढी सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्ने र आवश्यक चाँजो मिलाएर नेपाल पठाउने दिशामा गृहकार्य भइरहेको दूतावासले जनाएको छ । 
 हाल आफू रहेकै ठाउँमा सुरक्षित रहँदै रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन समेत दूतावासले सम्बन्धित सबैलाई आह्वान गरेको छ ।
००००
सरकारले इजरायलमा विकसित पछिल्लो घटनाक्रममा कारण अलपत्र या समस्यामा परेका नेपालीहरुलाई आवश्यक जानकारी, सहयोग र सहजीकरण गर्नका सम्पर्क व्यक्ति तोकेको छ । 

परराष्ट्र मन्त्रालयले आइतबार एक सूचनामा मार्फत समस्यामा परेकाहरुलाई मन्त्रालयकी प्रवक्ता सेवा लम्सालको मोबाइल नम्बर ९८५१३१०२२९ मा सम्पर्क गर्न भनेको छ।  यस्तै मन्त्रालयकै सहसचिव शरदराज आरणको मोबाइल नम्बर ९८४४४९५८५८, उपसचिव दुरपदा सापकोटाको मोबाइल नम्बर ९८४१४०३३६२ र र शाखा अधिकृत कृष्ण सिलवालको मोबाइल नम्बर ९८४९१७९५२० मा सम्पर्क गर्न सरोकारवालालाई मन्त्रालयले आग्रह गरेको छ । 
साथै  तेल अविवस्थित नेपाली राजदूतावास  कान्ता रिजालको नम्बर ं९७२५४५८६४४२३, प्रथम सचिव अर्जुन घिमिरेको नम्बर ं९७२५२८२८९३०० मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।
००००
नेपाल कम्युनिस्ट पार्टी एमालेले इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग अनुरोध गरेको छ ।
महासचिव शंकर पोखरेलले शनिवार इजरायलमा भएको आतङ्कवादी हमलामा घाइते भएका नेपालीको उद्धार तथा त्यहाँ रहेका आफ्ना नागरिकको सुरक्षा सुनिश्चत गर्न आग्रह गरेका हुन् ।
००००
प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले इजरायल हमासले गरेको आक्रमणको चपेटामा परेका नेपालीहरूलाई स्वदेश फर्काउने पहल यथाशीघ्र थाल्न सरकारसँग माग गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै नेपालीहरूको उद्धारका लागि अविलम्ब कूटनीतिक पहल गर्न माग गरेका हुन् ।
००००
नेपाल प्रहरीले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ । 
विषेश सुरक्षा योजना अन्तर्गत देशभर करिब ५० हजार प्रहरीहरू खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
००००
सशस्त्र प्रहरीले नेपालीहरुको महान चाडपर्व बडादसैँ, तिहार र छठको अवसर पारेर बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरुको परिवारजनलाई लक्षित गरी निःशुल्क रुपमा २ वटा बस सेवा संचालन गर्ने भएको छ ।
००००
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विद्युतीय चुरोटमार्फत भएको सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध मुद्दा नचल्ने रायसहितको प्रतिवेदन बुझाएको छ ।
शुक्रवार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको प्रतिवेदनमा महराविरुद्ध कुनै प्रमाण फेला नपरेकाले मुद्दा नचल्ने राय पेश गरिएको सीआईबीका एक अधिकारीले बताए ।
००००
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित सर्प पालनमा कार्यक्रममा आर्थिक अनियमितता गरेको आरोपमा मधेश प्रदेशका तत्कालीन मन्त्रीसहित ७ जनाविरुद्ध झण्डै १८ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवसहित ७ जनाविरुद्ध १७ करोड ९८ लाख ३३ हजार बिगो कायम गरी आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
००००
प्रधान सेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।
बेलायतका चिफ अफ द जनरल स्टाफ जनरल सर प्याट्रिक स्यान्डर्सको निमन्त्रणामा छ दिवसीय औपचारिक भ्रमणका लागि उनी बेलायत प्रस्थान गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Rupse Holidays
Nabil box
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x