×

NIC ASIA

सरसर्ती २४ घण्टा

कोशीमा कोइराला समूहको विद्रोहदेखि इजरायलबाट नेपालीको उद्धारसम्म

काठमाडाैं | असोज २६, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
इजरायलबाट २५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी शुक्रबार बिहान नेपाल ल्याइएको छ । उनीहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ चार्टर विमानमा इजरायल पुगेका थिए । 
त्रिभुवन विमानस्थलमा अवतरणपछि विद्यार्थीहरुले स्वदेश फर्किन पाउँदा खुसी लागेको बताए । साथसाथै १० जना साथीहरु हमासको आक्रमणमा मारिँदा दुखित भएको पनि बताए ।
००००
कोशीको मुख्यमन्त्रीमा बिहीबार सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोले दाबी पेश गरेका छन् ।
कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता पार्टीका १ गरी ४७ सांसदको हस्ताक्षरसहित आङ्बोले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गरेका हुन् ।

तर, कांग्रेसबाट शेखर कोइराला समूहका ८ सांसदले विद्रोह गर्दै एमालेसँग मिलेर कांग्रेस सांसद केदार कार्कीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । यससँगै कोशीको सत्ता गठबन्धन भत्किएको छ । यसअघि बिहीबार केन्द्रमा माओवादी केन्द्रका आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति भएपनि अन्तिम समयमा आएर भत्किएको हो ।
००००
कोशीमा विकसित घटनाक्रमका बीच नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको उपनेता हिमाल कार्कीले राजीनामा दिएका छन् । प्रदेशसभा सदस्यको हैसियतमा काम गर्ने भन्दै कार्कीले उपनेता बिहीवार  राजीनामा दिएका हुन् ।
००००
कोशी प्रदेशमा डा शेखर कोइराला पक्षले ‘विद्रोह’ गरेपछि संस्थापन पक्षले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कोशी कांग्रेसले शुक्रवार आवश्यक निर्णयको लागि भन्दै कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखापरेको बताएका छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

द्वन्द्व पीडित परिवारका आफन्त तथा परिवारले ‘सङ्क्रमणकालीन न्याय प्रक्रियामा पीडित केन्द्रित दृष्टिकोण र समाधानको बाटो’ विषयक राष्ट्रिय परामर्श भेला गरी निकालेको निष्कर्ष पत्र प्रधानमन्त्री निवास बालुवाटारमा  बुझ्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
००००
राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणमा  आगामी महिना जर्मनीको भ्रमणमा जाने भएका छन् ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलसँग पूर्व राष्ट्रपति डा रामवरण यादवले अहिले बन्द गरिएको गिटटी, ढुंगा, बालुवा उत्खनन गरी निकासी खुला गर्ने सम्बन्धी सरकारले हालै स्वीकृत गरेको विधेयकमा रहेका निकासीसम्बन्धी प्रावधानलाई हटाउने विषयमा ध्यानाकर्षण गराएका छन् ।
००००
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । २० दशमलव १६ अङ्कले घटेर नेप्से परिसूचक १ हजार ८ सय ७४ दशमलव ६० को विन्दुमा पुगेको छ ।
००००
काठमाडौंको बौद्धमा प्रहरीको गोली लागेर लुटेरा समूहका एक जना घाइते भएका छन् ।
गोकणेश्वर नगरपालिका–३ को जगडोलमा प्रहरीले चलाएको गोली लागेर सिन्धुली कमलामाई नगरपालिका–२ घर भएका ३६ वर्षीय अमर घलान घाइते भएका हुन् ।
००००
योगराज ढकाल रिगललाई आममाफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध परेको रिटको टुंगो दशैंपछि मात्र लाग्ने भएको छ ।
सर्वोच्च अदालतमा बिहीवार भएको सुनुवाइ अर्को पेशी कात्तिक १४ गतेका लागि तोक्ने गरी सकिएको छ ।
००००
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको कालापानी क्षेत्र भ्रमण गरेकोबारे रास्वपा सभापति रवि लामिछानेले संसद्मा सरकारको जवाफ माग गरेका छन् ।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले मोदीको भ्रमणबारे सदनमा सरकारको जवाफ माग गरेका हुन् ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यलाभको कामना गरेका छन् ।
राष्ट्रपति पौडेलले डेङ्गु सङ्क्रमण भएपछि बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना गरेका हुन् ।


Advertisment
Rupse Holidays
Nabil box
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x