फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले समाजवाद जागरण अभियान सातै प्रदेशमा सम्पन्न गरेको छ।
मेचीदेखि सुरु गरेको अभियान करिब दुई साताको अवधिमा सबै प्रदेशमा सम्पन्न गरेको हो। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीमा अभियानले पार्टीका वैचारिक नीति तथा राजनीतिक दृष्टिकोण आधारभूत तहसम्म स्थापित गर्न राजनीतिक गतिविधि, सभा, सम्मेलन गरेको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
पार्टीका नीति सिद्धान्त, कार्यदिशा जनतालाई बुझाउन यही असोज १४ गतेदेखि सञ्चालन गरिएको अभियान आज सम्पन्न गरिएको हो। राजनीतिक परिस्थिति, भ्रष्टाचार, बेथितिको अवस्था, बेरोजगारी समस्या, गरिबी न्यूनीकरणका लागि पार्टीका योजना, देश विकासमा जनताको दृष्टिकोण, अनुभव तथा सुझाव सङ्कलन गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुगेर अभियान गरिएको थियो।
खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्नुपर्ने, नेपालको खनिज पदार्थको दोहन बन्द गरी स्वदेशी उत्पादन प्रवर्द्धन गर्नुपर्ने, आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नेबारे जनतालाई जागरण फैलाइएको थियो । अभियानअन्तर्गत राजनीतिक, सामाजिक सुरक्षाका विषयमा पनि सुझाव सङ्कलन गरिएको छ।
पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत शीर्ष नेताले सम्बोधन गर्नुभएको अभियानमा ५५ वटा ठूला आमसभा गरिएका छन् । अभियानका क्रममा विभिन्न पार्टी परित्याग गरी करिब दश हजार नेता तथा कार्यकर्ता सो पार्टीमा प्रवेश गरेको जनाइएको छ ।
अभियानमा विकृति विसङ्गतिको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, कालाबजारी बन्द गरी बढ्दो महँगी नियन्त्रण गर्न जनस्तरबाट सुझाव आएको छ।
काकडभिट्टा, विर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराजमा, छिन्नमस्ता, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जलेश्वर, ढल्केबर, बर्दीवास, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगञ्ज, हेटौँडा, चितवन, कावासोती, बर्दघाट, बुटवल, भैरहवा, कपिलवस्तु, दाङ, कोहलपुर, बर्दिया, राजापुर, कैलाली, पुनर्वास, धनगढी, महेन्द्रनगर, सुर्खेतलगायत स्थानमा राजनीतिक सभा, कार्यकर्ता भेला, पत्रकार सम्मेलन, अन्तरक्रिया, कोणसभा सम्पन्न भएका छ्न् ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...