×

NIC ASIA

सरसर्ती २४ घण्टा

पेट्रोलियम पदार्थदेखि दूध र खाद्यान्नसम्ममा सरकारको सहुलियत !

काठमाडाैं | असोज २९, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

दसैँलाई मध्यनजर गर्दै आइतबार नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली हाललाई यथावत राख्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गर्यो । जसअनुसार पेट्रोलको प्रतिलिटर ११ तथा डिजेल तथा मट्टितेलको ५ रुपैयाँ घटाउने निर्णय भएको छ । 

उसो त सरकारले यसअघि नै सुपथ मूल्य पसल सञ्चालन गरेर उपभोक्तलाई केही हदसम्म भएपनि राहत दिने प्रयास गरेको छ भने दुग्ध विकास संस्थानले पनि डेरी प्रडक्टमा छुट दिने निर्णय लिइसकेको छ ।  जसअनुसार संस्थानको केन्द्रीय कार्यालय लैनचौरमा मेला घोषणा गर्दै संस्थानले सहुलियत मूल्यमा २५० रुपैयासम्म छुट पाइने जनाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ छुटअनुसार घिउ प्रतिलिटरमा ५० रुपैयाँ छुट दिइएको छ । पनिरमा प्रतिकिलो एक सय रुपैयाँ छुट दिइएको छ । टेबल बटरमा प्रतिकिलो २ सय रुपैयाँसम्म छुट दिइएको छ । यसैगरी जार दहीमा प्रतिलिटरमा १५ रुपैयाँ छुट दिइएको छ । यस्तै प्रोबायोटिक दही जारको प्रतिलिटरमा २० रुपैयाँ छुट दिइएको छ । याक र कञ्चन चिजमा प्रतिकिलो एक सय रुपैयाँ छुट दिइएको छ ।  रसबरी, पेडा र लालमोहन प्रतिबट्टा १० रुपैयाँ छुट दिएर बिक्री गरिएको छ ।  


Advertisment
Rupse Holidays
Nabil box

फ्रेस मिल्क २ सय एमएलको उत्पादनमा ५ रुपैयाँ, याक नौनी प्रतिकिलोमा २५० रुपैयाँ छुट दिइएको छ ।
यसैगरी  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि बेच्ने खसीबोका पनि बजार मूल्य भन्दा सस्तो पर्ने बताइएको छ । सरकारले बढ्दो महँगीका बीच चाडपर्वलाई लक्षित गरेर सहुलियत प्रदान गरेको हो ।

Vianet communication

 लोकान्तर राउण्ड अपमा थप समाचार
००००
इजरायलमा प्यालेस्टाइनी आतंकवादी समूहको हमलामा परी ज्यान गुमाएका १० मध्ये ५ जनाको शव प्राप्त भएको नेपाली दूतावासले जनाएको छ । इजरायलले नारायण प्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेश कुमार नेपाली, दीपेश राज विष्ट र आशिष चौधरीको शव दूतावासलाई जिम्मा लगाएको हो । 
घटनामा निधन भएका अन्यको शव प्राप्त हुने क्रममा रहेको भन्दै दूतावासले शवलाई नेपाल पठाउन समन्वय भइरहेको जनाएको छ । 
००००
सर्वोच्च अदालतले बडादसैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ ।
सर्वोच्च अदालतले जारी गरेको सूचनाअनुसार कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत प्रशासन बन्द रहने भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहनेछ ।
००००
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले समाजवाद जागरण अभियान सातै प्रदेशमा सम्पन्न गरेको छ।
मेचीदेखि सुरु गरेको अभियान करिब दुई साताको अवधिमा सबै प्रदेशमा सम्पन्न गरेको हो। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीमा अभियानले पार्टीका वैचारिक नीति तथा राजनीतिक दृष्टिकोण आधारभूत तहसम्म स्थापित गर्न राजनीतिक गतिविधि, सभा, सम्मेलन गरेको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
००००
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरुले मिसन २०८४ नभई देश बनाउने मिसनमा लाग्नुपर्ने बताएका छन् ।
नेपाली काँग्रेस भक्तपुर नगर समितिको १४ औँ नगर सम्मेलनको  उद्घाटन गर्दै उनले केही राजनीतिक दल र नेताहरुले मिसन २०८४ को नारा दिएर लोकतान्त्रिक व्यवस्थाकै खिल्ली उडाएको बताए ।
००००
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेका छन् । 
शनिवार र आइतबार ललितपुर, काठमाडौँ र काभ्रेमा आयोजित विभिन्न कार्यक्रममा वाग्मती इन्चार्ज समेत रहेका शर्माले राष्ट्रिय सहमतिको सरकार गठनमा जोड दिएका हुन् ।
००००
पोखरामा प्याराग्लाइडिङको उडान आइतबारदेखि पुनः थालिएको छ । पोखरा महानगरपालिका—१८ सराङकोटको तोरीपानीबाट उडान सुरु गरिएको हो ।
००००
आन्दोलनरत पालिकाका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको छ । सहमति भएसँगै पालिकाका कर्मचारीको आन्दोलन स्थगित भएको छ ।

विभिन्न माग राखेर विगत १४ दिनदेखि काठमाडौंमा आन्दोलनरत कर्मचारी र सरकारबीच गएराति सहमति भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिए ।
००००
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कांग्रेसको शेखर कोइराला पक्ष र एमालेलाई मात्र समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
कार्कीले मुख्यमन्त्रीको शपथ लिएलगत्तै कांग्रेस शेखर पक्षका शमशेर राई र एमालेका राम रानालाई मन्त्रीको रूपमा शपथ गराइएको हो ।
दुवैजनाले विनाविभागीय मन्त्रीका रूपमा शपथ गराइएको हो ।
००००
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भत्काउन कोशीबाट शुरू भएको षडयन्त्र निस्तेज पारिएको दाबी गरेका छन् ।

सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा सरकारले काम गर्दा गठबन्धनविरुद्ध षडयन्त्र भएको उनको भनाइ थियो । 

चितवनको भरतपुरमा ३ वटा खानेपानी आयोजनाको आइतवार उद्घाटन गर्दै प्रचण्डले कहिले सत्तामा फर्किन पाइँदैन कि भनेर निकै विच्छिप्त भएकाले कोशीमा षडयन्त्र शुरू गरेको आरोप लगाएका हुन् । यसैबीच कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले भक्तपुरको बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x