×

NIC ASIA

सरसर्ती २४ घण्टा

गैरआवासी नेपाली संघमा त्रिपक्षीय भिडन्तदेखि रामकुमारी झाँक्रीको आक्रोशसम्म

काठमाडाैं | कात्तिक २, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि त्रिपक्षीय भिडन्त भएको छ । नेतृत्वका लागि वर्तमान अध्यक्ष बद्री केसी, उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्माबीच प्रतिस्पर्धा भएको हो । नेतृत्वका लागि गएरातिदेखि नै निर्वाचन भइरहेको छ।  बद्रीलाई एमाले, महेशलाई कांग्रेस र आरकेलाई माओवादीको समर्थन रहेको छ । 
००००
यसैबीच एनआरएनएको कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्री कडा रुपमा प्रस्तुत भएकी छन् । बुधबारको नागरिकता र मताधिकारसम्बन्धी छलफल कार्यक्रममा केही एनआरएनएहरुले वंशजको नागरिकताको निरन्तरता हुनुपर्ने बताएपछि झाँक्री आक्रामक रुपमा प्रस्तुत भएकी हुन् । यो क्रममा केहीबेर भनाभनको अवस्था सिर्जना भएको थियो । 

‘गैरआवासीय नेपाली नागरिकताको सन्दर्भमा यो औँला हालेपछि डुडुल्लोसम्म छिराउने मामिला हो भन्ने हामीलाई पनि थाहा थियो’ उनले भनिन्, ‘त्यही कारण यो ठ्याक्क नागरिकताको कुरा भएपछि यो हुँदै छ।’ उनले आफूले एनआरएनएको अपमान गर्न नचाहेको तर विदेशी पासपोर्ट लिइसकेपछि देशको चिन्ता गर्न नपर्ने बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले नेपालमा आएर नागरिकताबारे ठुला कुरा गरेको नसुहाउने भन्दै आक्रोश पोखेपछि तनावको अवस्था निम्तिएको थियो । यो प्रकरणमा सामाजिक सञ्जालमा व्यापक बहस भइरहेको छ भने कतिपयले झाँक्रीले ठीक अभिव्यक्ति दिएको भन्दै समर्थन गरेका छन् । 
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकतालाई कमजोर बनाउने प्रयास भइरहेको बताएको छन् । त्यसप्रति आपत्ति जनाउँदै उनले त्यसो हुन नदिन सबै सजग हुनुपर्ने बताए । 


Advertisment
Rupse Holidays
Nabil box

एमालेको जनसङ्गठन नेपाल राष्ट्रिय भूतपूर्व प्रहरी तथा सैनिक सङ्गठनले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मुलुकका असहिष्णुता र अराजकता बढेर राष्ट्रिय एकतालाई कमजोर बनाउने प्रयास भएकाले आम नेपालीले त्यसको प्रतिकार गर्नुपर्नेमा जोड दिएका हुन् ।
००००
नेकपा एमालेको केन्द्रीय राजनीतिमा मधेशबाट बलियो उपस्थिति बनाउँदै गएका रघुवीर महासेठविरुद्ध प्रदेशमा भने पार्टीकै नेताहरूले ध्रुवीकरण बढाएका छन् । केन्द्रीय सचिव समेत रहेका महासेठविरुद्ध पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेल र केन्द्रीय सदस्य सरोज यादवसहितको समूहले माथ दिएको हो ।
००००
नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका न्यारोबडी र वाइडबडी विमानको असोज महिनाको किस्ता तिरेको छ । 
कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको असोजको किस्ता तिरिएको निगमले जनाएको छ ।
निगमका प्रवक्ता रमेश पौडेलले बुधवार एक विज्ञप्ति प्रकाशित गरी असोज ३० गते असोज मसान्तसम्मको ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ किस्ता तिरिएको जानकारी दिए ।
००००
कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । कांग्रेसले मुख्यमन्त्रीको उम्मेदवार नबनाएपछि ८ सांसदको विद्रोहको बलमा एमालेका ३९ सांसद जुटाएर कार्की मुख्यमन्त्री बनेका थिए ।

Vianet communication

तर उनलाई उनको पार्टी कांग्रेसले पनि विश्वासको मत दिएको छ ।उनलाई एमालेका ३९, कांग्रेसका २९, एकीकृत समाजवादीका ४ माओवादीका १३ सांसदले विश्वासको मत दिएका हुन् । 

गत शनिबार  एमाले ३९ र कांग्रेसका ८ सासदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए । कार्कीको पक्षमा ८६ मत खसेको छ । विपक्षमा राप्रपाको ५ मत खसेको छ ।
००००
निवर्तमान मुख्यमन्त्री उद्धव थापाले मुख्यमन्त्री केदार कार्कीले कुण्ठा पोख्दै भनेको नमानी युद्धमा सहभागी भएर घर फर्किएपछि कांग्रेसले स्वागत गरेको बताएका छन्।

प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी हुँदै पूर्वमुख्यमन्त्री थापाले कार्की मुख्यमन्त्री बनेसँगै म्युजिकल चेयरको खेल अन्त्य भएको बताए ।
००००
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४३ दशमलव २७ अङ्कले बढेर १ हजार ९ सय ७ दशमलव ८९ को बिन्दूमा पुगेको छ ।
बुधबार दुई सय ८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता शेयर ३१ हजार सात सय ८८ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने रू ९३ करोड ४८ लाख ९४ हजार दुई सय १८ मा खुम्चिएको छ । यस दिन दुई सय दश कम्पनीको शेयर मूल्य बढ्दा १० कम्पनीको मात्रै घटेको छ ।
००००
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ट्वीनेटर विमान खरिद प्रक्रिया नरोकिने बताएका छन् ।
विराटनगर विमानस्थलमा बुधबार बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री किराँतीले विकट क्षेत्रका नागरिकलाई सेवा दिने ट्वीनेटर विमान खरिद प्रक्रिया नरोकिने बताएका हुन् ।
००००
जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्टिय सहयोग शिखर मञ्चको उद्घाटन समारोहमा सहभागी भएका छन् । चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठले बुधवार बेइजिङमा आयोजित बीआरएफ शिखर सम्मेलनको उद्घाटन समारोहमा सहभागिता जनाएका हुन् ।
००००
त्रिकोणात्मक टी २० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्सलाई सात विकेटले हराएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ४० रन बनाएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x