×

NIC ASIA

सरसर्ती २४ घण्टा

बदनाम बन्दै गैरआवासीय नेपाली संघ, किन मच्चियो भाँडभैलो ?

काठमाडाैं | कात्तिक ४, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नयाँ नेतृत्व चयनका क्रममा भएको विवादपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) को सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको छ । शुक्रबार हुने भनिएको ११ औँ विश्व सम्मेलनको समापन समारोहसहितका सम्पूर्ण कार्यक्रमहरु अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको हो । 

अध्यक्षत्रय बद्री केसी, कुल आचार्य र रविना थापाले जारी गरेको सूचनामा कात्तिक २ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम घोषणाको क्रममा देखा परेको प्राविधिक त्रुटिका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै सम्पूर्ण कार्यक्रमहरु अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ । यससँगै निर्वाचन प्रक्रिया पनि स्थगित भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एनआरएनए निरन्तर बदनामको बाटोमा देखिएको छ । संघभित्र तीव्र राजनीतिकरण, गुटबन्दी र सिन्डिकेट प्रणालीका साथसाथै आन्तरिक विवादले संघ बदनाम बन्दै गएको हो । गैरआवासीय नेपाली नागरिकता प्राप्तिको अधिकार प्राप्त गरेको बखत आयोजित ११ औँ विश्व सम्मेलन ऐतिहासिक बन्नुपर्नेमा समापन समारोह समेत हुन सकेन । समापन समारोहमा बोलाइएका प्रधानमन्त्री प्रचण्ड उक्त कार्यक्रममा सहभागी भएनन् भने प्रतिनिधिहरुले चुनावमा धाँधली भएको भन्दै तीव्र नाराबाजी गरिरहेका छन् । 


Advertisment
Rupse Holidays
Nabil box

कार्यक्रमस्थल होटलमा हुलदंगाका साथै निरन्तरको नाराबाजीले विदेशमा संस्कार सिकेका भनिएका एनआरएनएको असल चलित्र उदंगो भएको कतिपयको भनाइ छ । 

Vianet communication

गैरआवासीय नेपाली संघको नेतृत्वमा बद्री केसी, आरके शर्मा र महेश श्रेष्ठ छुट्टाछुट्टै प्यानलसहित मैदानमा उत्रिएका थिए । अनलाइन सिस्टमबाट भएको मतदानको नतिजा जब सार्वजनिक भएको त्यहाँ धाँधली भएको श्रेष्ठ र शर्माले दाबी गरे । सिस्टम ह्याक गरेर केसीले चुनाव जितेको तथा अन्य उम्मेदवारको मत पनि तलमाथि गरिएको उनीहरुको आरोप छ । उपाध्यक्षका उम्मेदवार डा केशव पौडेलको नेपालबाट भएको मतदानमा शून्य मत देखाइएपछि अर्को समस्या देखिएको थियो । असन्तुष्ट समूहले निर्वाचन नै रद्ध गरेर नयाँ प्रक्रिया सुरु गर्न भनिरहेका छन् भने केसीलगायतले चुनाव निष्पक्ष भएको बताइएका छन् । 

तर, यो विषयमा प्रधानमन्त्रीदेखि परराष्ट्र मन्त्रालयसमेतलाई जानकारी गराइसकेको छ भने परराष्ट्रले निर्वाचन प्रक्रिया रोक्न भनेसँगै संघले सूचनामार्फत शुक्रबारको कार्यक्रम स्थगित गरेको बताइएको छ । असन्तुष्ट पक्षले यो विषयको छानबिनका लागि साइबर ब्युरोमा समेत उजुरी दिएको छ । बर्सेनि संघको निर्वाचनमा विवाद हुने गरेको छ भने । निर्वाचनमा तीव्र आर्थिक चलखेल हुने गरेको छ । 
००००
इजरायलमा हमास समूहको आक्रमणमा ज्यान गुमाएका १० मध्ये ४ जना नेपाली विद्यार्थीको शव आइतबार नेपाल आइपुग्ने भएको छ । इजरायलस्थित नेपाली दूतावासले ४ जना विद्यार्थीको शव स्थानीय समयअनुसार शनिबार दिउँसो फ्लाई दुवईको उडानबाट नेपाल पठाउन लागिएको जानकारी दिएको हो । उक्त शव दुबई ट्रान्जिट हुँदै आइतबार नेपाल आइपुग्नेछ ।
००००
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा रहेको बताएका छन् । 
नेपाल किसान महासङ्घले पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बस्नेतले चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि ऐन संशोधन गरेर अगाडि बढ्ने बताए । 
००००
नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको सहमतिमा केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाइएको बताएका छन् । 
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले कोशी प्रदेशको तत्कालीन परिस्थितिलाई दृष्टिगत गरी प्रदेशसभा सदस्य कार्कीको नेतृत्वमा रकार निर्माण गरिएको बताए । उनले कोशी प्रदेश सरकार गठनबाट सङ्घीय र वाग्मती सरकारलाई कुनै असर नपर्ने बताए ।
००००
प्रधानसेनापति प्रभुराम शर्मा छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।
यही कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दशौं बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन समारोहमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।
००००
नेकपा बहुमतका नेता धर्मेन्द्र बाँस्तोलाको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय सन्तराम चौधरी रहेका दाङका एसपी वीरबहादुर वलीले जानकारी दिए ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकार डा रुपक सापकोटा नियुक्त भएका छन् । बिहीवार बसेको मन्त्रिपरिषद्को  बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो ।
००००
लुम्बिनी प्रदेश सरकारले राजधानी निर्माणका लागि रोक्का राखेको जग्गा सर्तसहित फुकुवा गरेको छ।
प्रदेश मन्त्री परिषद्को बैठकले रोक्का रहेको जग्गा फुकुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए ।
००००
नेकपा एमालेले यही कात्तिक १४ गते चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूको महान् चाड बडादशैं, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गर्न लागेका हुन् ।
००००
काठमाडौंको न्युरोडमा २ जना मृत फेला परेका छन् । शुक्रबार काठमाडौं महानगरपालिकाको असन न्युरोडको मसान गल्लीमा २ जना मृत फेला परेका हुन् ।
००००
नागढुङ्गा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका पीडितलाई मासिक घर भाडाको व्यवस्था मिलाउन लागिएको छ । यसका लागि चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले पलह थालेका छन् ।   

चन्द्रागिरि नगरपालिका, नगरस्तरीय विपद् व्यवस्थापन समितिको बिहीवारको बैठकले पीडिलाई तत्काल मासिक घर भाडाको व्यवस्था गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले जमिन भासिएको स्थानको प्रभावित क्षेत्रका बासिन्दाहरुलाई स्थानान्तरण गर्न मासिक रु २० हजारदेखि रु २५ हजारसम्म घर भाडा व्यवस्थापन गर्न तथा थप घर प्रभावित भएमा सोहीअनुसार घर भाडा उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय तथा अन्य सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x