×

NIC ASIA

सरसर्ती २४ घण्टा

तीन टुक्रा भयो एनआरएनए, आरके शर्माको नेतृत्वमा नयाँ कमिटी घोषणा

काठमाडाैं | कात्तिक ५, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
आरके शर्माको नेतृत्वमा कांग्रेस र माओवादी निकट गैरआवासीय नेपालीहरुले समानान्तर रुपमा नयाँ कमिटी घोषणा गरेसँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) तीन टुक्रा बनेको छ । शनिबार बद्री केसीले विवादका बीच अध्यक्षको शपथ लिएसँगै असन्तुष्ट समूहले पनि आफूहरु नै आधिकारिक भएको दाबी गर्दै नयाँ कमिटी घोषणा गरेको हो । 

राजधानीको होटल हिमालयमा भेला भएका आरके पक्षले ११ औँ विश्व सम्मेलनको बाँकी प्रक्रिया पुरा गरेर कमिटी घोषणा गरेको हो । कमिटी घोषणापछि आरकेले आफू नेतृत्वको एनआरएनए नै आधिकारिक भएको भन्दै बद्री केसीको नेतृत्व अवैध भएको दाबी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि नै १० औँ महाधिवेशनमा शेष घलेको योजनामा एनआरएनए फुटाइएको थियो । घले समूहबाट विनोद कुँवर अध्यक्ष रहेका छन् । 
यससँगै विनोद कुँवर, बद्री केसी र आरके शर्मा नेतृत्वमा एनआरएनए तीन टुक्रामा विभाजित बनेको छ । एनआरएनए पछिल्लो समय बदनाम र विवादको केन्द्रमा रहँदै आएको छ । 
००००
एनआरएनएको बद्री केसी नेतृत्वले शनिवारदेखि कार्यभार सम्हालेको छ । कार्यभार सम्हालेपछि केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको थियो । यद्यपि बैठकका निर्णय सार्वजनिक गरिएको छैन । ११ औँ महाधिवेशनबाटै एनआरएनए दुई वटा भएसँगै यसलाई सरकारले कुन नजरले हेर्छ भन्ने चासो बढेको छ । एनआरएनएको नयाँ कमिटीलाई परराष्ट्र मन्त्रालयले मान्यता दिनुपर्ने हुन्छ । 
००००
धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।  आइतबार बिहान ७ बजेर ३९ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । 
००००
बडादशैँको आठौँ दिन आइतबार महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ ।
यसअघि शनिबार फूलपाती मनाइएको थियो । यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिवार अपराह्न फूलपाती बढाइँ समारोह गरिएको छ ।
बडादशैँको सातौँ दिनको अवसर पारेर आयोजना गरिएको फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड प्रदर्शन गरिएको थियो ।
००००
प्यालेस्टाइनी संगठन हमासको आक्रमणबाट निधन भएका ४ जना नेपालीको शव आइतबार नेपाल ल्याइँदै छ । नेपाल ल्याइर्पुयाइने चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीका रहेका छन् ।
००००
नेपाल वायु सेवा निगमले दुबई स्टेसनको शङ्कास्पद बैङ्क खातामा गएको क्याटरिङसँग सम्बन्धित भुक्तानी रकम फिर्ता गराउन कानुनी कारबाही अगाडि बढाइएको जनाएको छ । 
दुबई स्टेसनको इमेल ह्याक गरी ५ लाख ३५ हजार ९ सय १३ दिराम शङ्कास्पद खातामा जम्मा भएको जानकारीमा आएलगत्तै यस सम्बन्धमा निगमले आन्तरिक छानबिन गरिरहेको जनाएको छ ।
००००
कोशी प्रदेशमा अप्रत्याशित विद्रोह गराएका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो कदमको चलाखीपूर्ण बचाउ गरेका छन् । उनी १५ औं महाधिवेशनमा पनि फेरि सभापतिमा अगाडि बढ्ने तयारी गरिरहेका छन् । 


Advertisment
Rupse Holidays
Nabil box

यही तयारीकाबीच शेखरले अस्वाभाविक रुपमा पार्टीका ८ सांसदलाई विद्रोह गराउँदै आफू निकटका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन उनले सफलता हात पारेका छन् । तर प्रतिस्पर्धी र विपक्षी एमालेको सहारा लिएर गरिएको यो विद्रोहपछि शेखर झनै चुनौतीपूर्ण अवस्थामा रहेका छन् । आफ्नै टिमका महामन्त्री गगन थापाकोसमेत असन्तुष्टिकाबीच आफ्नो विरासत बोकेको भूगोल कोशीमा उनले सम्भावित संकटको सामना गरेरै विद्रोह गर्ने आँट गरेका थिए ।
००००
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्था सामान्य बन्दै गएको छ । जनवादी चीनको भ्रमणका क्रममा कात्तिक १ गते हृदयाघात भएपछि उनी बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा उपचाररत छन् ।  
००००
नेपाल जापानलाई पराजित गर्दै एसीसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 
मलेसियामा शनिवार भएको सेमिफाइनल नेपालले जापानलाई डकवर्थ लेविस पद्धतिमा १४४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नेपाल फाइनलमा पुगेसँगै पाकिस्तानमा हुने यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि पनि छनोट भएको छ ।
००००
त्रिदेशीय टी–२० सिरिजमा हङकङविरुद्ध सहज जीत निकालेको नेपाल एक खेलअघि नै फाइनलमा प्रवेश गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा शनिवार दिउँसो सकिएको खेलमा नेपालले हङकङमाथि ७९ रनको फराकिलो जीत निकालेको हो ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x