×

NIC ASIA

सरसर्ती २४ घण्टा

काठमाडौँ फर्किनेको भीडदेखि नढोगेको निहुँमा हत्यासम्म

काठमाडाैं | कात्तिक १०, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव नेपाल ल्याइएको छ । फ्लाई दुबईको विमानमार्फत् बिहीबार बिहान ७ बजे उनको  शव ल्याइएको हो ।

नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए । 
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल ल्याइएको, बाँकी पाँच जनाको शव ल्याउन सम्बद्ध नातेदारको डिएनए सङ्कलन गरी पठाइएको र अन्य शव पनि चाँडै नेपाल ल्याइने उनले बताए ।
००००
दशैं मनाउन काठमाडौँ उपत्यका बाहिर गएकाहरू फर्किन थालेपछि नाकामा भीड देखिन थालेको छ । उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीबार नागढुङ्गा, साँगा नाकामा सवारी साधनको लामो लाइन लागेको थियो । नाकामा थप प्रहरी टोली परिचालन गरी व्यवस्थापन गर्न लागिएको उनको भनाइ छ ।


Advertisment
Rupse Holidays
Nabil box

दशैंको नवमी र दशमीका दिन काठमाडौँ उपत्यकामा यातायात शून्य जस्तै बनेका थिए । नाकामा सवारी साधनको चाप बढेसँगै उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।
००००
ढोग नगरेको भन्दै कुटपिट गर्ने दुई जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सल्यान बागचौर नगरपालिका– ७ स्यालागाउँका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओली रहेका छन् ।

Vianet communication

उनीहरूले ४ कार्तिकमा गाउँको उपकार आधारभूत विद्यालयको खेल मैदानमा गाउँकै २० वर्षीय घनश्याम ओलीलाई ढोग नगरेको कुटपिट गरेका थिए । सल्यानका प्रहरी प्रमुख नवीन कार्कीका अनुसार मैदानमा सहभागी केशरले घनश्यामलाई ढोग गर्न भनेका थिए ।
केशरले  खुट्टामा ढोग गर्न लगाएपछि घनश्यामले अस्वीकार गरेका थिए भने त्यसपछि कुटपिट भएको थियो । 

प्रहरी प्रमुख नवीन कार्कीले घाइते घनश्यामको भारतको नानपारामा बुधबार बिहान मृत्यु भएको जानकारी दिए । घनश्यामका परिवारले प्रहरीमा दिएको जाहेरी अनुसार  केशरलाई बुधबार बेलुका बागचौर नगरपालिका ९,  मौरीघारे र सन्तोषलाई दाङको तुल्सीपुर उपमहानगरपालिका १२, रझेनामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको बताइएको छ ।
००००
नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले धार्मिक पर्यटनको माध्यमबाट देशमा आर्थिक समृद्धि हासिल गर्न ऐतिहासिक धार्मिकस्थल जनकपुरधाम र भारतको अयोध्यालाई हवाई सेवामार्फत जोड्न सरकारलाई आग्रह गरेका छन् । 

बिहीबार साँझ जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता निधिले विभिन्न चरणमा भएको छलफलपछि हवाई सेवा सञ्चालनका लागि निजी क्षेत्र तयार रहेको भन्दै भारतीय पक्षसँग कुरा गरेर बाँकी प्रक्रिया तत्काल सुरु गर्न सरकारलाई आग्रह गरे । 
००००
बढ्दो विवादका बीच गैरआवासीय नेपाली संघ (एनआरएनए) को दुई पक्षका अध्यक्षबीच भेटवार्ता भएको छ । अध्यक्ष डा बद्री केसी र अर्का अध्यक्ष आरके शर्माबीच बिहीबार साँझ भेटवार्ता भएको हो । 

भेटका क्रममा डा केसीले  मिलेर जान शर्मालाई प्रस्ताव गरेका छन् । केसीले निर्वाचनमा भएको भनिएको धाँधलीको विषयमा छानबिनका लागि आफू मातहतको समिति बनाउन प्रस्ताव गरेको बताइएको छ ।
००००
विश्व फूटबल महासंघ (फिफ) वरीयतामा नेपाली राष्ट्रिय टोलीले २ स्थान सुधार गरेको छ ।
फिफाले बिहीवार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७३ औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७५ औँ स्थानमा थियो ।
००००
आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 
  राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन आज साँझ अमेरिका भ्रमणमा गएका छन्। अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेका हुन् ।
००००
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका वरिष्ठ क्याप्टेन प्रकाशकुमार सेढाईंको बिहीवार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।  
गत असोज २७ गते सोलुखुम्बुको लुक्ला विमानस्थलबाट लोबुचका लागि उडेको हेलिकोप्टर अवतरणका क्रममा गम्भीर घाइते भएका क्याप्टेन सेढाईंको भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारका क्रममा मङ्गलवार निधन भएको थियो ।
००००
संयुक्त राष्ट्रसंघ (यूएन)का महासचिव एन्टोनियो गुटेरेस नेपाल आउने भएका छन् । यसको जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएका हुन् ।
बिहीवार दिउँसो रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले दिएको निम्तो स्वीकार्दै यूएनका महासचिव नेपाल आउन लागेको खुलासा गरे ।  
यसैबीच प्रचण्डले सत्ता गठबन्धन ५ वर्षसम्म टिक्ने दाबी गरेका छन् । उनले गठबन्धन फुट्छ भनेर कसैले भ्रम नपाल्न चेतावनी दिँदै यस्तो दाबी गरेका हुन् ।
००००
पतञ्जली योगपीठ, भारतका अध्यक्ष आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य रहेको बताएका छन् । 
पाल्पाको वसन्तपुरस्थित कामाख्यादेवी मन्दिरको दर्शनपछि नेपाल र भारतका पत्रकारसँग बोल्दै उनले प्राकृतिक सुन्दरता, आवत–जावतको सहजता, भाषिक, धार्मिक, सांस्कृति समानताले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य भएको उल्लेख गरे ।
००००
मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ ।
बडादशैंका अवसरमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार बिहीवारदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x