×

NIC ASIA

सरसर्ती २४ घण्टा

कम्बोडियामा लगानीबारे ओलीको स्पष्टीकरणदेखि शेखर–गगन सम्बन्धमा चिसोपनासम्म

काठमाडाैं | कात्तिक १४, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा लगानी रहेको भनेर बदनाम गर्न खोजिएको बताएका छन् । ३ वर्ष अगाडिको भिडियोलाई अहिले फिजाएर अफवाह फैलाउन खोजिएको उनले आरोप लगाए । ओलीले कम्बोडियामा लगानी रहेको भनेर टिकाटिप्पणी भइरहेको बेला यसबारे ओलीले स्पष्टीकरण दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ समारोहलाई सोमवार पोखरामा सम्बोधन गर्दै ओलीले नेपालले आफ्नो नक्सा जारी गरेको विरोधमा भारतीय टेलिभिजनले बनाएको अनर्गल भिडियो शेयर गरिएको बताएका हुन् । एमालेका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका दुर्गा प्रसाईंले जी टीभीको पुरानो भिडियोलाई आधार बनाएर ओलीले कम्बोडियाको कम्पनीमा लगानी गरेको आरोप लगाएका थिए । 


Advertisment
Rupse Holidays
Nabil box

‘नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय जी टीभीले केही अनर्गल प्रचार गर्यो । कम्बोडियाको दूरसञ्चार कम्पनीमा ओलीले ३ हजार करोड लगानी गरेको छ भनेर । पछि उनीहरूले त्यो कुरा सच्याएर माफी मागेपछि मैले उनीहरूलाई अन्तर्वार्ता दिएको हुँ,’ ओलीले भने, ‘३ वर्षअघि प्रचार गरेर  सच्चाइसकेको भिडियो अहिले आएर नेपालमा हल्ला फिँजाएका छन् । ओलीको नाममा सिमरामा २७ विघा जमिन रहेको हल्ला चलाए, गठ्ठाघरमा ३७ रोपनी लिएको भनेर हल्ला चलाए । स्विस बैंकमा लगेर ६० करोड छ भनेर हल्ला चलाए ।’
एमालेलाई बदनाम गर्ने रोडम्यापअनुसार कम्बोडियाको कुरा ल्याइएको ओलीले बताए । ‘कम्बोडियामा ३ हजार करोड राखेको छु भन्ने पत्ता लगाउनेलाई त्यसमा १ हजार रुपैयाँ थपेर दिन्छु, त्योभन्दा धेरै दिनलाई मसँग पैसा छैन,’ उनले भने ।
००००
ओलीले मेडिकल कलेज व्यापारी दुर्गा प्रसाईंलाई गिरफ्तार गर्न भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह नगरेको बताएका छन् । उनले प्रसाईंले आरोप लगाउँदैमा आफू नझुक्ने बताए ।
००००
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध एकै ठाउँमा उभिए पनि त्यसयता भने नेता डा। शेखर कोइराला र महामन्त्री गगन थापाको सम्बन्ध उतारचढावपूर्ण देखिँदै आएको छ । 
यसअघि सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई हेर्ने दृष्टिकोण र सरकारमा मन्त्री पठाउने विषयमा भएको असमझदारीलाई दुवै नेताले जसोतसो मिलाउने प्रयास गरेका थिए । तर, कोशीमा असोजको अन्तिम साता शेखर पक्षका ८ सांसदले एमालेसँग मिलेर गरेको विद्रोहपछि फेरि दुई नेताको सम्बन्ध चिसिन पुगेको हो । यसबारे विस्तृत रिपोर्ट सोमबार लोकान्तरमा छापिएको छ । 
००००
संघीय संसद्को संयुक्त बैठकलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार सम्बोधन गर्दैछन् । चार दिने नेपाल भ्रमणमा रहेका गुटेरेसले अपराह्न ४ बजे प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ ।
००००
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना प्रहरी नै पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी अदालतबाट म्याद लिई अनुसन्धान सुरु गरेको छ ।
००००
बाराको कलैयामा एक निजी विद्यालयका प्रधानाध्यापक रुपेश सर्राफको हत्या प्रकरणमा संग्लग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये एकजना महिला विद्यालयकै पूर्वकर्मचारी रहेको बारा प्रहरीले जनाएको छ ।
००००
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रङरोगन गर्ने पेन्टरको रगतमा लेड (सिसा) अत्यधिक मात्रामा पाइएको जनाइएको छ । 
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले अध्ययनले सरसफाइ र रङ्रोगन गर्ने पेन्टरको रगतमा लेड (सिसा) बढी भएको देखाएको बताए ।
००००
भन्सार छली गरी सुनको कारोबार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी  सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले पक्राउ गरेको हो ।
००००
इजरायलको किबुज अलुमिममा प्यालेस्टाइनी हमास समूहको आक्रमणमा मारिएका सबै १० जना नेपालीको शव पहिचान भएको छ । इजरायलस्थित नेपाली दूतावासले पछिल्लो पटक राजेश कुमार स्वर्णकार र आनन्द साहको शव पहिचान भएसँगै सबैको शव पहिचान सकिएको जानकारी दिएहो हो ।
००००
दसैँपछि रोकिएको रत्नपार्क(सूर्यविनायक द्रुत बस सेवा तिहार पछि पुनः सञ्चालनमा आउने भएको छ । सेवा सञ्चालनका क्रममा प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गर्दै तिहार बिदा सकिएलगतै पुनःसञ्चालनमा ल्याउन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
००००
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असरका रूपमा पर्यावरण र मानव समुदायमा नाटकीय परिवर्तन देखिन थालेको बताएका छन् ।
सगरमाथा क्षेत्रको अवलोकनका लागि उनी सोमवार बिहान सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ पुगेका थिए । उक्त क्षेत्रको अवलोकनका क्रममा सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश दिँदै  महासचिव गुटेरेसले जलवायु परिवर्तन रोकथामका लागि विश्व समुदायलाई आग्रह गरेका छन् ।
००००
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । सोमवार नेप्से परिसूचक तीन दशमलव ०४ अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० अङ्कमा कायम भएको छ ।
००००
रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै सिद्धार्थ सञ्जाल रुपन्देहीले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ । सोमवार भैरहवामा पत्रकार सम्मेलनको गरी आन्दोलनका कार्यक्रमहरू सार्वजनीक गरेको हो ।
००००
आईसीसी टी २० विश्वकप छनोट प्रतियोगितामा नेपालले विजयी शुरूआत गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार बिहान सिंगापुरलाई आठ विकेटले हराउँदै विश्वकप छनोटमा नेपालले विजयी शुरूआत गरेको हो ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x