×

NIC ASIA

सरसर्ती २४ घण्टा

घटुवा हुनबाट जोगियो आयोग, बारा घटनामा प्रहरीमाथि परिवारको प्रश्न

काठमाडाैं | कात्तिक १६, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको खुलेको हो । 

जिल्ला प्रहरी कार्यालय, बाराले बुधवार पत्रकार सम्मेलन गरेर मुख्य योजनाकार २२ वर्षीय पूर्वशिक्षिका राधा रहेको बताएको छ । 
जिप्रकाका प्रवक्ता डीएसपी ददीराम न्यौपानेले विवाहेत्तर सम्बन्धले हत्यासम्मको स्थिति निम्त्याएको बताए । राधाको रुपेशसँगै भारतीय नागरिक मनोज गुप्तासँग पनि प्रेम सम्बन्ध रहको र यही कारण नै हत्याको कारण रहेको प्रहरीको दाबी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच स्वर्णकारका परिवारले घटनाको अनुसन्धानबारे प्रश्न उठाएका छन् । परिवारका एक सदस्य सुमोदकुमार सर्राफले बुधवार साँझ एक विज्ञप्ति जारी गर्दै घटनालाई अन्यत्र मोड्न प्रहरीले मृतकको चरित्रहत्या गरेको आरोप लगाएका हुन् ।
००००
सत्तारुढ दल नेपाली कांग्रेसपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले चाडपर्वका अवसरमा बुधवार गरेको चियापानमा उपस्थित नेताहरूले शुभकामना र सद्भाव धेरै साटे, राजनीतिक विषयमा थोरैमात्र प्रतिक्रिया दिए ।


Advertisment
Rupse Holidays
Nabil box

संसद्मा प्रतिनिधित्व गर्नेसहित अन्य केही दल पनि उपस्थित चियापानमा नेताहरूबीचका केही फरक दृश्य भने देख्न पाइयो । अघिपछि राजनीति दुष्मनी साँध्ने र आलोचनामा उत्रिने नेताहरूले एमालेको चियापानमा चाहिँ आपसमा हार्दिकता देखाएको पाइयो ।
००००
सो कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौं जनता सडकमा उतार्ने भन्दै दुई महिनाअघि दिएको आफ्नै अभिव्यक्तिको बचाउ गरेका छन् ।
‘अहिले हाम्रो पार्टीको देशभरि नै कडा स्तरमा जनपरिचालन कार्यक्रम चलिरहेको छ । त्यसैलाई पालिका र ३ वटा प्रदेशले मिलेर काठमाडौंमा एकैपटक जनपरिचालन गर्ने भन्न खोजेको हुँ । यसैलाई मिडियाले गलत ढंगले प्रचार गरे,’ सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने ।
००००
अन्ततः राष्ट्रिय मानव अधिकार आयोगको प्रतिष्ठा जोगिएको छ । ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी)ले आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय गरेसँगै आयोग घटुवा हुनबाट जोगिएको हो । 

Vianet communication

आयोगका प्रवक्ता टीकाराम पोखरेलका अनुसार गानरीको पछिल्लो बैठकबाट आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय भएको पत्र प्राप्त भएको छ । सरकार र सरोकारवालाको सहयोगका कारण आयोग घटुवाबाट जोगिएको हो ।

यसैबीच आयोगले कायममुकायम सचिव मुरारीप्रसाद खरेललाई सचिवमा नियुक्तिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेपछि आयोगका कर्मचारीदेखि सदस्यसमेत विभाजित भएका छन् ।
००००
सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धकोे रिटमा आज निर्णय सुनाउने भएको छ ।  
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज निर्णय सुनाउने तय गरेको हो ।
००००
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नगरपालिका फोरमको बैठक बहिष्कारबारे आफ्नो धारणा राखेका छन् ।  १७ वटा नगरपालिकाले कुनै निजी कम्पनीबाट पैसा खाएर बैठक राखेकाले आफूले बहिष्कार गरेको उनको दाबी छ ।
००००
नेपाल र संयुक्त अधिराज्यबीच मैत्री सन्धिमा हस्ताक्षर भएको शतवार्षिकीका अवसरमा लण्डनस्थित नेपाली दूतावासले सिटी अफ लण्डनको म्यान्सन हाउसमा उच्चस्तरीय लगानी सम्मेलन आयोजना गरेको छ । 

नेपालको विकास आवश्यकता पूर्ति गर्न सम्मेलनमा जलविद्युत्लगायत पूर्वाधारका क्षेत्रमा ठूलो लगानी आवश्यक रहेको र प्रतिफलको सुनिश्चितताबारे लगानीकर्तासँग छलफल भएको छ ।
००००
तिहार पर्वका अवसरमा नेपाल राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री गर्ने भएको छ ।
कात्तिक १९ देखि २४ गतेसम्म ५ दिन बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म बिक्री गरिने बैंकले बुधवार एक सूचना जारी गर्दै जनाएको छ ।
००००
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिण एसिया निर्देशकमा नेपालका शम्भु आचार्य पराजित भएका छन् । उनी बंगलादेशकी साइमा वाजेदसँग पराजित भएका हुन् ।
००००
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षकको लेक लागेर मृत्यु भएको छ ।

महासचिव गुटेरेसको सुरक्षामा खटिएका असई टिकाराम ढुंगानाको लेक लागेर बुधबार बिहान मृत्यु भएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले लोकान्तरलाई जानकारी दिए। यसैबीच गुटेरेस आफ्नो चार दिने नेपाल भ्रमण पुरा गरेर बुधबार नै फर्किएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x