×

NIC ASIA

सरसर्ती २४ घण्टा

दुर्गा प्रसाईंको ‘अराजक अभिव्यक्ति’, बल्खुबाट तीनकुने सर्दा प्रशासनको ‘अब्जेक्सन’

काठमाडाैं | मंसिर ८, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
काठमाडौँमा देशभरबाट लुघुवित्त पीडितहरुका साथै समर्थकहरु ल्याएर आन्दोलनमा होमिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले निरन्तर अराजक अभिव्यक्ति दिन थालेका छन् । बिहीबार बल्खुमा आयोजित प्रदर्शनमा आन्दोलनकारीलाई उक्साउने गरी अभिव्यक्ति दिएका उनले साँझ आयोजित पत्रकार सम्मेलनमा पनि त्यस्तै अभिव्यक्ति दिएका छन् । 

उनले नेपालमा विद्रोहको विरुवा रोपिएको र नेताहरूलाई जहाँ भेट्यो त्यही ठेगान लगाउनेसम्मको अराजक अभिव्यक्ति दिएका हुन्  यतिमात्रै नभई  उनले सिंहदरबार र संसद् भवनका साथै पुरै काठमाडौँ कब्जा गर्नेसम्मको अभिव्यक्ति दिएका छन् । उनले अब गणतन्त्र सकिएको र जनताको तन्त्र आउने अभिव्यक्ति दिँदै शुक्रबारदेखि तीनकुनेमा भेला भएर जनासुकै आन्दोलन गर्ने चेतावनी दिएका छन् । काठमाडौँ बन्दको लागि सार्वजनिक आह्वान समेत गरेका प्रसाईंले अनियन्त्रित अभिव्यक्ति दिएर अराजकतालाई प्रशय दिएको टिप्पणी सुरु हुन थालेको छ । 
०००००
यता जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’लाई तीनकुने क्षेत्रमा कार्यक्रम गर्न अनुमति नरहेको स्पष्ट पारेको छ । अभियानका अध्यक्ष प्रसाईंले गलत मनसायका साथ आजदेखि तीनकुने क्षेत्रमा कार्यक्रम गर्ने घोषणा गरेकाले उक्त क्षेत्रमा कार्यक्रम गर्न निषेध गरिएको प्रशासन कार्यालयले स्पष्ट पारेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जबर्जस्ती गरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले कार्यक्रम समापनका क्रममा र पत्रकार सम्मेलनमार्फत उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी आजदेखि काठमाडौंको तीनकुने क्षेत्रमा भेला भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुयाउने र शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यालयको गम्भीर ध्यानार्कषण भएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसरी गलत मनसायका साथ कार्यक्रम गर्न स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान गरिएको छैन ।’


Advertisment
Rupse Holidays
Nabil box

नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा विना हातहतियार शान्तिपूर्वक भेला हुने संविधान तथा प्रचलित कानुन प्रदत्त अधिकारको उपभोगको सम्मान गर्न स्थानीय प्रशासन प्रतिबद्ध रहेको भन्दै सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित सञ्चालन गर्ने सुनिश्चिततासहित लिखित माग भई आएमा कार्यक्रमस्थल उपलब्ध गराउनले कार्यालयले जनाएको छ । 

Vianet communication

शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानून विपरीतका गतिविधि गरेमा कानून बमोजिम कारवाही गरिने कार्यालयले चेतावनी दिएको छ । कुनै पनि प्रकारका गैरकानूनी गतिविधिहरूमा सहभागिता नजनाउन सम्बन्धित सबैलाई कार्यालयले सचेत गराएको छ ।
००००
बिहीबार प्रसाईंले बल्खु र युवा संघले तीनकुनेमा प्रदर्शन गरेका छन् । युवासंघले गणतन्त्रको पक्षमा प्रदर्शन गर्दा प्रसाईंले ऋण मिनाहा र राजतन्त्रको पक्षमा प्रदर्शन गरे । दुई प्रदर्शनलाई महेश बस्नेत र प्रसाईंबीचको लडाइँको रुपमा समेत कतिपयले हेरेको थिए । 
००००
काठमाडौँको बल्खुमा भएको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसहित २८ जना घाइते भएका छन् । 
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार शान्ति, सुरक्षा कायम गर्ने क्रममा पाँच प्रहरी र २३ जना प्रदर्शनकारी घाइते भएका हुन् । झडपमा घाइते भएकामध्ये १७ जना उपचारपछि घर फर्केका छन् भंने  छजनाको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ ।
००००
राष्ट्रिय मानव अधिकार आयोगले संविधान, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानूनमा उल्लेखित प्रावधानको पालनामा संवेदनशील हुन सम्बद्ध पक्षलाई गरेको आग्रह गरेको छ ।
आयोगले आगामी दिनमा आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारको सम्मान गर्न, प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन आग्रह गरेको हो ।
००००
कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखी नेपालको दुईदिने औपचारिक भ्रमणमा काठमाडौँ आइपुगेका छन् । 
उनलाई त्रिभुवत अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल तथा नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अलि अल अन्सारी तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरे ।
००००
औषधीय गुणले युक्त तुलसीको विवाह दामोदरसँग गरी हरिबोधिनी एकादशी पर्व बिहीबार देशभर मनाइएको छ ।
 हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोादरसँग विवाह गरिएको हो ।
००००
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि कुटपिट गर्नेहरूलाई २–२ वर्षको कैद सजाय सुनाइएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोदकुमार खतिवडाको इजलासले बिहीवार कुटपिटमा संलग्न र कुटपिट गर्न लगाउने सबैलाई सजाय र जरिवानाको फैसला सुनाएको हो ।
००००
नेपाल चलचित्र संघ र निर्माता संघबीच सेयर बाँडफाँडको विषयमा सहमति जुटेको छ । 
बिहीवार सहमति जुटेसँगै अब चलचित्र प्रदर्शन भइरहुन्जेल निर्माताले ५० प्रतिशत सेयर पाउने भएका छन् ।
००००
सजाय छुट गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ ।
सर्वोच्च अदालतले टीकापुर घटनामा संलग्न तीन जनाको कैद सजाय छुट गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ ।
००००
शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९ दशमलव ८७ अङ्कले उकालो लागेर एक हजार आठ सय ६० दशमलव २० मा पुगेको छ ।
००००
सरकारले नेपाली सेनाको उपरथी ताराध्वज पाण्डे र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको राजीनामा स्वीकृत गरेको छ । 
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपरथी पाण्डेको राजीनामा गत कात्तिक २४ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x