×

सफलताको कथा

प्राध्यापक बन्ने राधिकाको योजना निजामतीतर्फ मोडियो: ‘अफिसर’बाट सिधैं सचिव, लक्ष्य मुख्यसचिव

बुटवल | मंसिर १६, २०८०

सिधै ‘अफिसर’ (अधिकृत)बाट निजामती सेवामा प्रवेश गरेकी राधिका अर्याल लुम्बिनी प्रदेश सरकारको बहालवाला प्रमुख सचिव हुन् । निजामती सेवामा प्रवेश गरेको १९ वर्षमै प्रशासनतर्फबाट नेपाल सरकारको विशिष्ट श्रेणीमा पुगेकी राधिका यसअघि लुम्बिनी कै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कायमुमुकायम सचिव थिइन् । विस २०६१ बाट निजामती सेवामा पाइला राखेकी उनलाई १६ कार्तिक २०८० मा सरकारले संघीय सचिवमा बढुवा गरेको हो । चुस्त सेवा प्रवाह र अब्बल कार्य सम्पादन गर्ने इमानदार प्रशासकको रूपमा आफ्नो पहिचान बनाएकी राधिकालाई भावी मुख्य सचिवको स्वाभाविक दाबेदार हुन् । 

निजामती सेवाको प्रशासनतर्फबाट सेवा प्रवेश गरेको छोटो समयमै राधिका अनुभवी हुँदै गएकी छिन् । खुला प्रतिस्पर्धाबाट आएका महिला योग्यता र क्षमताको हिसाबले पुरूषभन्दा कमजोर छैनन् भन्ने उनको क्षमताले पुष्टि गरेको छ । लुम्बिनी सरकारमा महिलाले पहिलो प्रशासनिक ‘कमाण्ड’ सम्हालेकी राधिका प्रशासनमा नवीन सोच र कार्यसंस्कृति राख्दै कर्मचारीको साख बढाउँदै काम गर्ने सोचाइ राख्छिन् । राधिका सार्वजनिक प्रशासन र सुशासनको क्षेत्रमा काम गर्ने अब्बल प्रशासकको मानिने गरेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । निजामती सेवामा आफ्नो भविश्य खोजेका युवाका लागि उनी प्रेरणा बनेको कतिपयको तर्क छ ।


Advertisment

हुन पनि अघिल्लो पुस्ता शिक्षाबाट बञ्चित भएको सामान्य परिवारमा जन्मिएकी राधिका सानैदेखि पढाइमा अम्बल थिइन् । उप–सचिव नभए शाखा अधिकृतबाट सिधै खुला प्रतिस्पर्धाबाट सह–सचिव बनेकी थिइन् ।


Advertisment

राधिका राष्ट्रको सेवा गर्ने प्रमुख ठाउँ मानिने निजामती क्षेत्रमा प्रवेश गर्नको लागि सैद्धान्तिक र व्यवहारिक विषय गहिरो अध्ययन गर्न आवश्यक रहेको तर्क गर्छिन् । यसो गरे लोक सेवा उतीर्ण गर्न धेरै गाह्रो नभएको उनी बताउँछिन् । ‘लोकसेवाको अध्ययन अनलिमिटेडजस्तो हुन्छ,’ उनी भन्छिन्, ‘यसका लागि पाठ्यक्रम मात्र पढेर पुग्दैन । सबै क्षेत्र बुझेको हुनुपर्छ । आफूले तय गरेको लक्ष्यमा निरन्तर लाग्ने, धैर्य र समर्पण पनि उत्तिनै आवश्यक हुन्छ ।’ 

प्राध्यापक बन्ने योजना मोडियो निजामतीतर्फ
कर्म लुम्बिनी प्रदेशमा गरिरहेकी राधिकाको जन्म भने काठमाडौंको तारकेश्वर नगरपालिका–५ मा भएको थियो । उनको कर्मघर भने भक्तपुरको चागुनारायण नगरपालिका–७ बागेश्वरी हुनपुग्यो । राधिकाले तत्कालीन एसएलसी (हाल एसईई) विस २०४८ मा कन्या माविबाट उत्तीर्ण गरेकी हुन् । उनी प्रथम श्रेणी पास भएकी थिइन् ।  उनले प्रवीणता प्रमाणपत्र (खआईए) र स्नातक (बीए) तह भने त्रिचन्द्र कलेजबाट विज्ञान विषयबाट पास गरेकी हुन् । 

वनस्पति विज्ञानबाट स्नातकोत्तर गरेकी राधिकाले त्यसका अलावा जनप्रशासन संकाय र जापानको टोकियो ‘युनिर्भसिटी’बाट ‘पब्लिक पोलिसी’मा पनि स्नातकोत्तर गरेकी छिन् । आईए उत्तीर्ण गरेपछि पढ्दै–पढाउँदै गर्न थालेकी उनको विश्वविद्यालय तहको पढाइ पूरा गरेपछि बाटो बदलियो । प्राध्यापक बन्ने योजना बनाएकी उनी निजामतीतर्फ लागिन् । राधिकाले साथीहरूले अफिसर (शाखा अधिकृत)को विज्ञापन खुलेको भन्दै फारम भर्न सुझाए । उनले पनि आवेदन दिइन्, नाम निस्कियो । त्यसपछि उनका पाइला राष्ट्रको स्थायी सरकारतर्फ मोडियो । ‘मेरो निजामती सेवामा लाग्छु नै भन्ने लक्ष्य वा योजना थिएन,’ उनी भन्छिन्, ‘मेरा दाजु पनि निजामती सेवामा हुनुहुन्थ्यो । उहाँको प्रेरणा, श्रीमान्को साथ, परिवारको सहयोग, साथीभाइको आग्रह र आफ्नै मेहनतबाट अहिले सरकारी सेवामा उच्च पदमा पुगियो ।’ 

शाखा अधिकृतहुँदै सचिवसम्म
राधिका विसं २०६९ मा शाखा अधिकृतबाट सह–सचिव भइन् । उनी खुला प्रतिस्पर्धाबाट बढुवा भएकी हुन् । सात वर्ष शाखा अधिकृत भएर उनी सह–सचिव भएकी थिइन् । त्यसको ११ वर्षमा सरकारको विशिष्ट श्रेणी सचिव बनेकी राधिका निजामती सेवाको सर्वोच्च निकाय मुख्यसचिव बन्ने तयारीमा छिन् । योग्यता, ‘सिनियारिटी’ कार्यसम्पादन र उमेर हद हेरेर सरकारले मुख्यसचिव नियुक्त गर्ने गर्छ । यी सबै मापदण्डमा उनी पछाडि छैनन् । उनी भन्छिन्, ‘निजामतीको सर्वोच्च निकायमा महिलाको नाम लेखाउनेगरी मुख्यसचिव बन्ने सोच छ । हेरौँ के हुन्छ !’ 

निजामती सेवा शुरू गर्दा राधिकाले तत्कालीन श्रम तथा यातायात मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, तत्कालीन विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, बाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय हुँदै लुम्बिनी प्रदेशको सचिव पदको जिम्मेवारीमा आएकी हुन् ।

निःस्वार्थ मनले काम गर्नेका लागि धेरै अवसर रहेको राधिकाको तर्क छ । लोकसेवाको तयारी गर्नेहरूले परीक्षा दिँदा आत्मविश्वास, समय व्यवस्थापन, प्रस्तुतीकरण, विषयवस्तुको ज्ञानसहित हुनुपर्ने उनी बताउँछिन् । ‘जसले एउटा लक्ष्य लिएर सपना देख्छ । त्यो व्यक्ति सफल भएर छाड्छ । सफलताका लागि लगाव, मिहिनेत, दृढता, योग्यता र क्षमता पनि आवश्यक पर्छ,’ आदर्श शैलीमा उनी भन्छिन् । 

दाजुको प्रेरणा, सेनामा रहेका श्रीमान्को साथ
पाँच दिदीबहिनी र एक दाजुभाइमध्ये राधिका पाँचौ सन्तान हुन् । बुवा–आमा निरक्षर र किसान भए पनि छोरा/छोरीलाई शिक्षा–दिक्षा दिनुपर्छ भन्ने चेत रहेको थियो । यद्यपि, राधिकाभन्दा अघिका तीनवटी दिदीले भने पढ्न पाएनन् । दाजु केदारले आफूसँगै बहिनी राधिकालाई पनि पढ्न प्रेरित गरे । ‘दाजुको हौसला र मेरो लगनशीलता मिलेपछि पढाइमा राम्रो हुँदै गयो,’ उनले भनिन् । 

राधिकाका श्रीमान रामेश्वर लामिछाने पनि राष्ट्रसेवामा छन् । उनी नेपाली सेनामा कार्यरत छन् । बुझ्ने श्रीमान् पाएकाले विहेपछि पनि अध्ययन र सेवामा कुनै अप्ठ्यारो परिस्थिति नआएको राधिका बताउँछिन् । ‘अध्ययन र कामका लागि घरबाट पूर्ण साथ पाए,’ उनी भन्छिन्, ‘जसले गर्दा मलाई अफिसको काम र अध्ययन गर्ने प्रयाप्त समय मिल्यो । महिलालाई अघि बढाउने सवालमा परिवारको ठूलो हात हुन्छ । जो मेरो जीवनमा लागु भएको छ ।’

सेवा प्रवेशदेखि अहिलेसम्म काम गर्न राधिकालाई अफिसमा पनि कुनै अप्ठ्यारो परेको छैन । ‘निजामती सेवा ‘टीमवर्क’को काम हो । टीम राम्रो भए काम गर्न सहज हुन्छ । धेरै क्षेत्रका मान्छेसँगको सम्पर्क र समन्वय हुन्छ । सेवाको सुरक्षा छ,’ उनी प्रष्ट्याउँछिन् । निजामतीप्रति कतिपय विषयमा नकारात्मक सोचाइहरू पनि रहेको राधिका स्वीकार्छिन् । ‘तिनीहरूलाई सुधार जरूरी छ । जनमुखी प्रशासनको विकास र चिर्दै आफ्नो आचरण र सही जिम्मेवारीका साथ अघि बढ्नेहरूका लागि निजामती सेवा धेरै राम्रो क्षेत्र हो,’ उनी थप्छिन् । काम गर्न सहज, कर्मचारीको अभाव लुम्बिनी प्रदेशमा काम गर्न सहज भए पनि कर्मचारीको चरम अभाव रहेको उनको अनुभव छ । महिलाहरूका लागि निजामती सेवा र शिक्षण पेशा सुरक्षित, सम्मानित र भरपर्दो छ भन्ने आम मानिसको बुझाइ छ । कार्यालयको जिम्मेवारी बाडँफाडका क्रममा अझै पनि पहिलो रोजाइमा पुरुषहरू पर्ने गरेको गुनासो आउने गरेको छ ।

कानूनी रूपमा विभेद नभए पनि व्यावहारिक रुपमा अझै पनि महिलालाई पूर्ण विश्वासका साथ सबै क्षेत्रमा जिम्मेवारी दिन संकोच मान्ने जमात अझै रहेको बताइन्छ । तर क्षमता भएका महिलाले निजामती क्षेत्रमा अवसर र जिम्मेवारी पाए सहजै काम गर्न सक्ने राधिका बताउँछिन् । ‘आफ्नो कार्यकुशलता र योग्यता सिद्ध गरेर काम गरे सबै क्षेत्रमा सक्षम बनाउन सकिन्छ,’ उनी तर्क गर्छिन् ।

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

जेठ १२, २०८१

हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...

जेठ १२, २०८१

सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x