×

NMB BANK
NIC ASIA

हात्ती आतंक

पूर्वी तराईका ३ जिल्लामा हात्ती आतंक, १५ दिनमै गयो ४ जनाको ज्यान

हात्ती धपाउन दमकल र हाइलक्स गाडीको प्रयोग गर्दै स्थानीय तह

विराटनगर | मंसिर १८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो समय नेपालकाे पूर्वी तराईका तीन जिल्लामा जङ्गली हात्तीको आतंक बढेको छ । झापा, मोरङ र सुनसरीमा मात्रै मंसिरको १५ दिनमा ४ जनाको ज्यान गएको छ ।  हात्तीको बथानले चारकोसे जङ्गलमा ४ जनाको ज्यान लिएको हो  ।

Muktinath Bank

झापा, मोरङ र सुनसरीको राजमार्गदेखि उत्तर र दक्षिण क्षेत्रमा हात्तीका २५–३० वटा बथान रहेको जनाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हात्तीको आक्रमणबाट मोरङमा सोमवार एक जनाको मृत्यु भएको छ । योसहित मंसिरमा हात्तीको आक्रमणबाट पूर्वी तराईका तीन जिल्लामा मृत्यु हुनेको संख्या चार पुगेको हो ।


Advertisment
Nabil box
Kumari

मोरङको बेलबारी १० भाउन्नेमा रहेको सिर्जना सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा लेटाङ नगरपालिका ३ घर भएका ५३ वर्षीय कमल माझीको मृत्यु भएको प्रहरीले बताएको छ । उनी जङ्गलबाट जाँडरक्सी बनाउन प्रयोग गरिने कच्चा पदार्थ मोर्चा लिएर फर्कँदै गर्दा हात्तीले आक्रमण गरेको प्रहरीको अनुमान छ । जाँडरक्सी तथा  त्यसको कच्चा पदार्थमा हात्ती आकर्षित हुने गरेको जानकारहरू बताउँछन् । 

Vianet communication
Laxmi Bank

यसअघि सुनसरीको इटहरी २ स्थित शान्तिझोडामा हात्तीको आक्रमणबाट स्थानीय रविन खड्काको ज्यान गयो । जङ्गलबाट मानवबस्तीमा पस्न लागेको हात्तीलाई धपाउने क्रममा २५ वर्षीय रविनलाई हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । 

गत शुक्रवार झापाको हल्दिबारीमा हात्तीको आक्रमणबाट रणकालीन सामुदायिक वनका चौकीदार धनबहादुर वनको मृत्यु भएको झापा प्रहरीले जनाएको छ । सामुदायिक वनबाट निस्केर मानवबस्तीमा प्रवेश गर्दै गरेको जङ्गली हात्तीले ४० वर्षीय वनलाई आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

दुई साताअघि झापाको दमक ३ हङ्सेदुम्से सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणमा भुटानी शरणार्थी पदमलाल तामाङको मृत्यु भएको थियो । झापा प्रहरीका अनुसार जङ्गलमा दाउरा काट्न गएका बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर सेक्टर बी टू हट नं २५२ बस्ने ७२ वर्षीय तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । 

चालु वर्ष झापामा मात्र जङ्गली हात्तीको आक्रमणमा परेर ६ जनाले ज्यान गुमाइसकेका छन् । केही समय पहिला मोरङको सुन्दरहरैँचा १० सुकुना सामुदायिक वनमा घाँस दाउरा गर्दै गरेकी स्थानीय ३२ वर्षीया सीता पराजुली र सुन्दरहरैँचाकै त्रिवेणी चौकमा ७५ वर्षीय जयप्रसाद बाँस्तोलाको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । 

डिभिजन वन कार्यालय, मोरङका प्रमुख विष्णु घिमिरेका अनुसार  भारतबाट झापाको बाहुनडाँगी नाकाहुँदै जङ्गली हात्ती नेपाल प्रवेश गरेको बताइएको छ  । तीन ठाउँमा हात्ती धपाउन साइरनसहितको सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।  सल कपुर, बेलबारी र उर्लाबारीको मङ्गलबारेमा रहेको डिभिजन वन कार्यालयबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन सुरक्षाको टोलीले साइरनसहित हात्ती धपाउने गरेका छन् । हात्ती धपाउन स्थानीय तहले दमकल प्रयोग गर्ने गरेका छन् । बेलबारी नगरपालिकाले भने हात्ती धपाउनका लागि दमकल तथा हाइलक्स गाडी प्रयोग गर्ने गरेको छ । हाइलक्समा दुईवटा साइरन जडान गरेको छ । नेपाल प्रहरीको गाडी,  दमकल र हाइलक्स गाडीको साइरन बजाउँदै हात्ती खेद्ने गरेको कर्मचारीहरू बताउँछन् । 

भारतबाट झापाको बाहुनडाँगी नाकाहुँदै आएका हात्तीले सोही जिल्लाको हुम्सेदुम्से र मोरङको मधुमल्लाबाट छिरेर जाँते लेटाङ, बेलबारी, कानेपोखरी, सुन्दरहरँैचाहुँदै सुनसरीको तालतलैयासम्म पुगेर उपद्रो मच्चाउने गर्छन् । त्यो रुट हात्ती हिँड्ने सधैँको बाटो भएको डिभिजन वन कार्यालयहरूले जनाएका छन् । 

त्यहाँका कर्मचारीका अनुसार मोरङको मिक्लाजुङ, जाँते, लेटाङ, बेलबारी, केराबारी र सुन्दरहरैँचा क्षेत्रमा यस ेला ३० वटाभन्दा बढी जङ्गली हात्ती देखा परेका छन् ।

जङ्गली हात्तीले असार–साउन र मंसिर–पुस महिनामा धेरै उत्पात मच्चाउने गरेको कोशीटप्पु वन्यजन्तु आरक्षका निमित्त प्रमुख रमेशकुमार यादवले बताए । यो दुईवटा मौसममा हात्तीहरू बढी सक्रिय भएर बालीनाली नष्ट गर्ने र आक्रमण गर्ने गरेको पाइने गरेको उनले बताए । 

‘त्यसको एउटा कारण असार–साउनमा हरियो घाँससँगै बाली धेरै हुँदा त्यो खाने क्रममा हात्तीको बथान खेतहरूमा प्रवेश गर्नु हो,’ उनले भने । बालीनाली सखाप पार्ने भएकाले स्थानीयबासीले हात्तीलाई बिच्काउने र बिच्किएका हात्तीले अन्धाधुन्ध आक्रमण गर्ने गरेको पनि पाइएको यादवले बताए । 

हात्तीले मकै, धान, गहुँ र उखु खान मन पराउँछन् । मकै पाक्ने असार–साउन तथा अहिले धान र उखु भित्र्याउने अहिलेको मंसिर महिनातिर धेरै घटना हुने गरेका छन् । त्यस्तै अहिले हरियो गहुँ खान खेतमा हात्ती प्रवेश गर्ने बेला भएकाले पुस–माघमा बढी मानवीय क्षति भएको पाइएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x