×

NMB BANK
NIC ASIA

सल्टियो सबैभन्दा पुरानो मुद्दा

कुँवरको नेतृत्वमा विशेषको ‘बोल्ड’ फैसलाः आतंकवाद जोडिएको सबैभन्दा पुरानो मुद्दामा २ जना दोषी ठहर

काठमाडाैं | मंसिर १९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

विशेष अदालतले ‘आतंकवादमा वित्तीय लगानी’ जोडिएको ५ वर्ष पुरानो मुद्दामा २ जनालाई दोषी ठहर गरेको छ ।

Muktinath Bank

विशेषले बारा परशुरामपुरका समसूल होदा र महागढीमाईका गिरिबाबा भन्ने वृजकिशोर गिरिलाई आतंकवादी कार्यमा वित्तीय लगानी गरेको कसुरमा दोषी ठहर गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले मंगलवार ५ वर्ष पुरानो मुद्दामा दुई जनालाई कसुरदार ठहर गरेको हो ।


Advertisment
Nabil box
Kumari

विशेष अदालतमा पहिलो नम्बरमा रहेको पुरानो मुद्दा अन्तत: किनारा लागेको छ ।

Vianet communication
Laxmi Bank

विशेष अदालतको नयाँ नेतृत्वले सोमवारदेखि काम शुरू गरेको हो । यस मुद्दाका दोषीलाई मंसिर २८ गते सजाय तोकिने विशेष अदालत स्रोतले लोकान्तरलाई जानकारी दियो । 

होदा र गिरि कर्तव्य ज्यान मुद्दामा बारा जिल्ला अदालतबाट जन्मकैदको सजाय भई हाल कारागारमा थुनामा रहेका छन् ।

कसुरदार ठहरिएका उनीहरूलाई सम्पत्ति शुद्धीकरण (निवारण) ऐन २०६४ अनुसार ३ वर्षदेखि २० वर्षसम्म सजाय हुने व्यवस्था छ । 

यस्तो थियो घटना

पाकिस्तानी नागरिकको लगानीमा होदा र गिरीले भारतीय नागरिकलाई प्रयोग गरी भारतको मोतिहारीस्थित रेल्वे स्टेसनमा बम विस्फोटको योजना बनाएका थिए । 

सो प्रयोजनका लागि पाकिस्तानी नागरिकले नेपालको एक रेमिट कम्पनीमार्फत ८ लाख रुपैयाँ नेपाल पठाएका थिए । 

भारतको मोतिहारीस्थित रेल्वे स्टेसनमा प्रेसर कुकर बम राखिएको थियो । भारतीय प्रहरीले थाहा पाएर त्यो बम निष्क्रिय पार्‍यो । आफ्नो योजनाअनुसार विस्फोट नभएको भन्दै ती पाकिस्तानी नागरिकले नेपाली साझेदार होदा र गिरी बाबासँग पैसा फिर्ता माग्यो । 

गिरि बाबाले काम गर्दागर्दै विस्फोट भएको बताएपछि उसले विस्फोट गराउनमा संलग्नको हत्या गरेर भिडियो पठाउन आग्रह गर्‍यो । बाराको करैया जंगलमा लगेर दुईजना भारतीय नागरिकको हत्या आरोपमा गिरी र होदा पक्राउ परेका थिए । 

विशेष अदालतले विदेशबाट रकम झिकाई आतंकवादी क्रियाकलाप गरेको ठहर गर्दै होदा र गिरीलाई दोषी ठहर गरेको छ ।

प्रतिवादीहरू राजकिशोर गिरी र धिरजकुमार पाल, मोजाहिर अन्सारी र आशिष सिंहलाई भने सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x