×

NMB BANK
NIC ASIA

विराटनगर आगलागी अपडेट

विराटनगरमा आगलागीबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, चुरोटबाट सल्किएको थियो आगो

विराटनगर | मंसिर २१, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर उपमहानगरपालिका– ७ सातघुम्तीस्थित कवाडी गोदाममा बुधवार भएको आगलागीको कारण पत्ता लागेको छ । केमिकलमा हाल्ने पफ्र्युम (सेन्ट) भर्ने क्रममा चुरोट सल्काउँदा आगलागी भएको मोरङ प्रहरीले जनाएको छ । 

Muktinath Bank

‘काम गर्ने क्रममा एक जनाले केमिकलको बट्टा फुटाउँदै थिएँ । त्यो क्रममा चुरोट पनि सल्काइयो । यसपछि आगलागी शुरू भयो,’ घाइते भएका किशोर पासवानले प्रहरीलाई दिएको जानकारी उद्धृत गर्दै डीएसपी रञ्जनकुमार दाहालले भने, ‘आगो लागेपछि कतिपय भाग्न सफल भए भने कोही तत्काल बाहिर निस्कन नपाउँदा घाइते भए ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामान्य घाइते भएका पासवानले आगलागी भएपछि आफू बाहिर निस्किएका थिए । तर श्रीमती भित्रै रहेकाले उनलाई लिन जाँदा आफू घाइते भएको बताएका छन् । उनकी श्रीमती सुशीला पनि आगलागीमा घाइते भएकी छिन् । 


Advertisment
Nabil box
Kumari

आगलागीमा परेकामध्ये पाँच जनालाई उद्धार गरेर उपचारका लागि लगिएको थियो । अन्य घाइतेमध्ये विराटनगर–६ की अन्दाजी ६० वर्षीया रीता सरदार र अन्दाजी ६५ वर्षीया सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की अन्दाजी ३० वर्षीया पिंकी कामतको न्युरो अस्पतालमा उपचार भइरहेको छ । 

Vianet communication
Laxmi Bank

यस्तै विराटनगर–६ का अन्दाजी ५८ वर्षीय किशोर पासवानको कोशी अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । घाइतेमध्ये सुशीला र रीताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूको ७० प्रतिशतभन्दा बढी जलन भएको छ ।

यसैबीच आगलागीबाट मृत्यु हुनेको संख्या बिहीवार तीन पुगेको छ । बुधवार रातिसम्म दुई जनाको मृत्यु भएको थियो ।​ न्युरोमै उपचारका क्रममा विराटनगर– ६ का दीपक मण्डलको मृत्यु भएको थियो । उनी कवाडी सञ्चालक दुखा मण्डलका छोरा हुन् । मण्डललाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । 

एक जनाको जलेर मृत्यु भएको अवस्थामा बुधवार घटनास्थलमै शव फेला परेको थियो । शवको पहिचान भने भएको छैन । मृतक महिला रहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिएपछि उनको शव भेटिएको थियो ।

अर्का एक जनाको पनि मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दाहालले जानकारी दिए । काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता दाहालले लोकान्तरलाई जानकारी दिए । उनी को हुन् बुझ्ने काम भइरहेको उनले बताए । 

कवाडी गाेदाममा बुधवार दिउँसो २ः१५ बजेतिर आगलागी शुरू भएको थियो । प्रहरी, सुनसरी र मोरङका आधार दर्जन बारुणयन्त्र र स्थानीयको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x