×

NIC ASIA

सरसर्ती २४ घण्टा

रोकिएन सुन तस्करी, महरासँग पनि बयान लिने तयारीमा आयोग

काठमाडाैं | मंसिर २२, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपालमा अवैध सुन तस्करी हुने क्रम जारी रहेको छ । गएरातिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ परेका छन् । 

सुन ल्याइँदै गरेको विशेष सूचनाका आधारमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट खटिएको टोलीले बिहीबार राति १४ किलो सुन बरामद गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ पर्नेमा दुबईबाट नेपाल आएका गोरखाका चन्द्र घले र मिन बहादुर घले रहेका छन् । चन्द्र दुबईबाट सुन लिएर आएका व्यक्ति हुन् भने मीन बहादुरचाहिँ नेपालमै सुन खरिद बिक्रीमा संलग्न व्यक्ति भएको बताइएको छ ।


Advertisment
Rupse Holidays
Nabil box

यसैबीच सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले विभिन्न व्यक्तिहरूसँग बयान लिइरहेको छ । आयोगले पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासँग समेत बयान लिने तयारी गरेको छ ।
गत असोज १५ गते गठन भएको आयोगले अहिलेसम्म २२ जनाको बयान लिएको आयोगका अध्यक्ष डिल्ली आचार्यले जानकारी दिए । महरा भेपमा सुन तस्करी प्रकरणमा जोडिएका छन् । सोही प्रकरणमा उनका छोरा प्रहरी हिरासतमा छन् । 
००००
उच्च अदालत पाटनले खरिद बिक्री भएका एनसेलका शेयरहरू दर्ता किताबमा दर्ता नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको छ । 

Vianet communication

न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले बिक्री भएका शेयरहरू दर्ता किताबमा दर्ता नगर्न नगराउन कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरको नाममा बिहीवार अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।
००००
सरकारले एनसेल खरिद बिक्रीबारे उठेका प्रश्नबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले ३० दिनभित्र प्रतिवेदन पेश गर्नेगरी उच्चस्तरीय छानबिन समिति गठन गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी राष्ट्रियसभा सदस्यको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बिहीबारको बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि ११ माघमा निर्वाचन हुँदैछ ।
००००
कर्णाली प्रदेशसभा, सामाजिक विकास समितिले प्रदेश सरकारसँग भूकम्प प्रभावित क्षेत्रका योजनाको विवरण माग्ने निर्णय गरेको छ । समितिको आजको बैठकले योजना माग्नुका साथै प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
००००
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सङ्घीयतापछि देश समृद्ध बन्दै गएको बताएका छन् । 
नेपाली कांग्रेस दाङले बिहीवार घोराहीमा गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
००००
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेश निजामती ऐन प्रमाणीकरण गरेका छन् ।
प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।
००००
ईपीएस अन्तर्गत कोरिया जान सीप बिल्डिङमा आवेदन दिएका परीक्षार्थीले म्यानुफ्याक्चरमा आफूहरूले पनि आवेदन दिन पाउनुपर्ने माग गर्दै ईपीएस कार्यालय ग्वार्को हाताभित्र प्रदर्शन गरेका छन् ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७३ अङ्कले उकालो लागेर एक हजार आठ सय ५२ दशमलव ७७ मा पुगेको छ ।
००००
राष्ट्रिय सभा सदस्य चयन गर्न आगामी माघ ११ गते हुन लागेको निर्वाचनका लागि सत्तारुढ दलहरू भागबन्डानजिक पुगेका छन् ।
सत्तारुढ दलहरूबीच भागबन्डामा भएको मोटामोटी सहमतिअनुसार १९ सीटमध्ये सत्तारुढ कांग्रेसले ९, माओवादी केन्द्रले ६, नेकपा एसले ३ र जसपाले १ सदस्य पाउनेछन् ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्रान्तिको नाममा हिंसा फैलाएर हिँडेका माओवादीहरू परिवारवादमा लागेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै ओलीले घाइते र लडाकुको बेहाल भए पनि नेताको छोरी(ज्वाइँ र नातिनातिनाको फलिफाप भएको कटाक्ष गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x