×

NIC ASIA

सरसर्ती २४ घण्टा

आलु–प्याजमा भ्याट नलाग्ने, व्यापारीको आन्दोलन फिर्ता

काठमाडाैं | मंसिर २३, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आजपनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएको आलु, प्याज, स्याउलगायतमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतमा भ्याट छुट दिइँदै आएका केही वस्तुमा चालू आर्थिक वर्षको बजेटमार्फत् सरकारले उक्त छुट सुविधा कटौती गरेको थियो ।


Advertisment
Rupse Holidays
Nabil box

यसैबीच आलु र प्याजको कारोबार व्यापारीको आन्दोलन फिर्ता लिएका छन् । आन्तरिक राजश्व विभागले आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा भ्याट नलाग्ने स्पष्ट पारेसँगै आलु र प्याजको कारोबार व्यापारीले आन्दोलन फिर्ता लिएका हुन् । यसअघि आन्दोलित व्यावसायीले कारोबार ठप्प पारेका थिए । 
००००
काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट उत्पादन गरिएका रुख राख्न निषेध गरेको छ । 

Vianet communication

वातावरणीय दिगोपनलाई प्रवद्र्धन गर्ने उद्देश्यले महानगरपालिकाले महानगर क्षेत्रभित्र चाडपर्वका लागि प्लास्टिकका फूल तथा प्लास्टिकका रुख प्रयोगमा रोक लगाएको काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको चाहनाअनुसार सरकारले काम गरिरहेको बताएका छन् ।

धनगढी उपमहानगरपालिका–१६ को घसिटा गाउँमा आज आयोजित पार्टीको विशेष रुपान्तरण अभियान कार्यक्रममा प्रधानमन्त्री दाहालले पूर्वाधार विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय सरकारको प्राथमिकतामा  रहेको स्पष्ट पारे । 
००००
मुलुकमा सुशासन प्रवद्र्धनका लागि आवश्यक काम गर्न ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले ध्यानाकर्षण गराएको छ ।
 भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा टीआई नेपालले शुक्रवार जारी गरेको वक्तव्यमा अवैध सम्पत्तिको चलखेल, दण्डहीनता र कुशासनले देशलाई जर्जर बनाउँदै लगी असफल राष्ट्र बनाउन सक्नेतर्फ स्पष्ट शब्दमा संसद, सरकार र मुलुकका सबै राजनीतिक दलको बारम्बार ध्यानाकर्षण गराउँदै आएको उल्लेख छ ।
००००
धर्मगरु तथा राजसंस्थावादी अभियन्ता आचार्य श्रीनिवास हिरासतबाट रिहा भएका छन् । उनी शुक्रवार ११ दिनपछि रिहाइ भएको काठमाडौं प्रहरीले जनाएको छ ।  

मेडिकल व्यवासायीसमेत रहेका दुर्गा प्रसाईं नेतृत्वको नेतृत्वमा काठमाडौंमा भएको प्रदर्शनमा सहभागी हुँदा उनलाई प्रहरीले गौशालाबाट गत ११ मंसिरमा पक्राउ गरेको थियो । चर्को भाषण गरेलगत्तै श्रीनिवासलाई समाजमा उत्तेजना र हिंसा फैलाउन खोजेको आरोपमा पक्राउ गरिएको थियो ।
००००
महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको एकै पटक सरुवा गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयले बिहीवार ३४ उपसचिव, १२२ शाखा अधिकृत र ३५२ नायब सुब्बा गरेर ५०८ जना लेखा समूहका कर्मचारीको सरुवा गरेको हो ।
००००
बिहीवार राति समातिएको १४ किलोग्राम सुन शुक्रवारको परीक्षणबाट ‘सक्कली’ पुष्टि भएको छ ।
परीक्षण गरी हेर्दा सबै १४ किलो नै विशुद्ध सुन भएको पाइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
००००
१४ किलो सुन छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन भएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा उक्त समिति गठन गरिएको प्रमुख भन्सार प्रशासक डा। टोकराज पाण्डेले जानकारी दिए ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुसी सेनामा स्वस्फुर्त भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाई नेपाल फर्काउन र बन्धक बनाइएकाको सकुशल रिहाइ गर्न सरकारको ध्यानार्कषण गराएको छ ।

रास्वपाका सांसदले परराष्ट्रमन्त्री एनपी साउदलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्यालेस्टाइनी समूह (हमास)को नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको तत्काल रिहाइका लागि कूटनीतिक पहल गर्नसमेत माग गरेको हो ।
००००
अग्रणी निजी दूरसञ्चार सेवा कम्पनी एनसेल बिक्रीका सम्बन्धमा जानकारी लिन प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले प्रधानमन्त्रीलाई बोलाउने भएको छ ।

समितिको शुक्रवार बसेको बैठकले प्रधानमन्त्रीलाई बोलाएर एनसेल बिक्री र त्यससम्बन्धमा सरकारले चालेको कदमबारे जानकारी लिने निर्णय गरेको हो ।
००००
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नायब सुब्बाहरूको सरुवा स्थगित गरेको छ ।
मन्त्रालयको निर्णय अनुसार माघ १५ गतेसम्मका लागि नायब सुब्बाहरूको सरुवा स्थगित गरिएको हो ।
००००
यस वर्षको वर्षा याममा रु १५ अर्ब २४ करोड बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षा यामको विद्युत् यस वर्ष गत  जेठ २८ बाट भारतीय बजारमा बिक्री शुरू गरेको थियो
००००
प्रहरीले नागढुंगाबाट २ केजी सुन बरामद गरेको छ ।
रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको गाडीबाट २ किलो सुनसहित ३ जनालाई शुक्रवार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
००००
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । मङ्सिर २२ गते जारी मौद्रिक नीतिको समीक्षाले मुलुकको वर्तमान आर्थिक स्थिति एवम् परिदृश्यका आधारमा आर्थिक वर्ष २०८०।८१ को मौद्रिक नीतिको कार्यदिशालाई कायमै राखिएको केन्द्रीय बैंकले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x