कात्तिक २४, २०८०
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
विराटनगर | मंसिर २३, २०८०
नेपालमा केही समयदेखि किसानले उत्पादन गरेको दूध बिक्री हुन सकेको छैन । खपत कम भएको भन्दै व्यवसायीले दूध किन्न आनाकानी गरिरहेका छन् । पछिल्लो समय उत्पादन भएको दूध बिक्री नहुँदा किसान मारमा परेको खबर देशैभरीबाट आइरहेको छ । करोडौँ मूल्य पर्ने दूधजन्य वस्तुहरू नबिकेको भन्दै डेरी उद्योगी व्यवसायीहरू सरकारसँग हारगुहार गरिरहेका छन् । किसानहरूले दूध बेचेको पैसा लामो समयदेखि पाउन सकेका छैनन् । अहिले दुग्ध संकलन केन्द्र तथा सहकारीहरूले नै दुई माउ गाई पालेका किसानलाई एउटा बेच्नका लागि आग्रह गरिरहेका छन् । दूध बिक्री नभएको भन्दै दूधको मूल्यसमेत घटाइएको छ ।
अहिले निजी डेरीहरूले सरकारले तोकेकोभन्दा कम मूल्यमा दूध किनिरहेका छन् । व्यवसायीले प्रतिलिटर १० रुपैयाँले मूल्य घटाएका छन् । साना तथा ठूला डेरी उद्योगहरूमा दुग्धजन्यवस्तु घिउ, पाउडर, पनिर ‘स्टक’मा रहे पनि बिक्री हुन नसकेको गुनासो हुँदै आइरहेको छ ।
कोशी प्रदेशका दुग्ध व्यवसायीहरू बजार खोज्दै बंगलादेशसम्म पुगेका छन् । तर दूध तथा दूधजन्य पदार्थ निर्यात भने हुन भएको छैन । उनीहरूले निर्यातको सहज वातावरण बनाउन सरकारलाई पनि आग्रह गरेका छन् । किसान र व्यवसायीको समस्यालाई बुझेर नै कोशी प्रदेश सरकारले पनि निर्यातमा अनुदान दिने कार्यक्रम ल्याएको छ ।
दूध तथा दूधजन्य पदार्थबाट बिक्री नभएपछि देशैभरीका किसानहरू पीडित भइरहेका बेला मोरङको उर्लाबारी–९ का राजीव खड्कालाई भने गोबर बेच्न भ्याइ–नभ्याइ छ । मेसिनमा गोबर पिसेर उनले प्राङ्गारिक मल बनाउने गरेका छन् । उनले घरमै उद्योग खोलेर प्राङ्गारिक मल बनाउने गरेका हुन् । मलबाट मल बनाएर अग्र्यानिक नगरपालिका बनाउने आफ्नो योजना रहेको उनले लोकान्तरसँग सुनाए ।
राजीव आफू पनि किसान हुन् । यसअघि उनले किसानी पेशा छोडेर वैदेशिक रोजगारीको सिलसिलामा कुवेत, कतार लगायतका देशमा झण्डै १५ वर्ष बिताएका थिए । । मासिक पाँच लाख रुपैयाँसम्मको कमाइ त्यागेर नेपालमै कृषिमा रमाइरहेका छन् अहिले उनी । उनलाई पत्नी हिमादेवी भट्टराईले साथ दिइरहेकी छिन् । त्यो त हिमादेवी पनि वैदेशिक रोजगारीमै थिइन् । परिवारसँग बसेर केही गनुपर्छ भन्ने इच्छाशक्तिका कारण स्वदेश फर्किएको हिमादेवीले बताउँछिन् ।
शुरूमा मासु तथा दूध उत्पादनमा जोडिएका खड्का दम्पतिले गोबरबाट मल बनाउन थालेको लामो समय भने भएको छैन । उनीहरूले परीक्षणकाल सकेर मल बजारमा पठाउन थालेका छन् । उनीहरूले आफन्त तथा छरछिमेकीहरूलाई मल दिएर पनि परीक्षण गरेका थिए । ल्याब र किसानहरू दुवैले राम्रो प्रतिक्रिया दिएको राजीवले जानकारी दिए ।
१५ जनालाई रोजगारी दिइरहेका खड्का दम्पतीले अन्य किसानहरूले पालेका गाईस्तुको गोबर पनि किनिदिने गरेका छन् । उनीहरूले प्रतिट्याक्टर दुई हजारमा किन्ने गरेका छन् ।
‘आफ्ना फर्मबाट उत्पादन हुने गोबरले मात्रै पुग्दैन, अन्यत्रबाट पनि किनेर ल्याउनुपर्छ,’ राजीवले भने ‘माग बढेकोबढ्यै छ ।’
माग बढेसँगै कामको चाप भएको तर कामदार भने नपाउने गरेको समस्या उनले सुनाए । अहिले उनीहरूले उत्पादन गरको मल उर्लाबारी नगरपालिकाले समेत खरिद गर्न थालेको छ ।
‘गोबरको माग थेग्नै गाह्रो भइरहेको छ । पूर्ति गर्ने कामदार पाइँदैन, यसले समस्या पैदा भइरहेको छ ।
पाँच किलोग्राम लिन आउने किसानले २०० किलोग्रामभन्दा बढी लाने गरेको राजीव बताउँछन् । ‘क्वान्टिटी’मा भन्दा ‘क्वालिटी’मा ध्यान दिने तर जनतालाई गोबर भनेर माटो नबेच्ने उनी बताउँछन् । भावी सन्ततिलाई बचाउन पनि माटो बचाउनुपर्ने उनको तर्क छ ।
‘माटोमा अम्लीयपन भएका कारण उत्पादनमा ह्रास आइरहेको सुन्ने गरेका छौ,’ राजीवले भने, ‘माटो बचाउन सकियो भनेमात्रै सन्ततिका लागि राम्रो हुन्छ । त्यसैले सन्ततिका लागि भए पनि माटो बचाउन आवश्यक छ ।’
माटोको उर्वराशक्तिका लागि प्राङ्गारिक पदार्थको भूमिका प्रमुख मान्ने गरिएको छ । कृषि प्राविधिकहरूको अनुभव तथा माटो प्रयोगशालाका नतिजाहरूले हाम्रो देशको माटोको उर्वराशक्ति कमजोर र घट्दो अवस्थामा रहेको कृषि प्राविधिकहरू बताउँछन् । माटोको उर्वराशक्ति राम्रो नहुनुका मुख्य कारण प्राङ्गारिक मलको प्रयोग घट्दै जानु भएको कृषि प्राविधिकको भनाइ छ ।
यसर्थ, रासायनिक मलभन्दा अग्र्यानिक मलमा जोड दिन राजीवले किसानहरूसँग आग्रह गर्ने गरेका छन् ।
राजीव र हिमादेवी मेहनती किसानका रूपमा नगरक्षेत्रभर परिचित छन् । उनीहरूले गाउँमै तीन बिगाहाभन्दा बढी क्षेत्रफलमा खर्चेर बाख्रा र गाईका लागि घाँससमेत लगाएका छन् । उनीहरूले बोयर, जमुनापारी, खरी र स्थानीय रैथाने जातका बाख्रा पालन पनि गरिरहेका छन् ।
कोरोना भाइरस संक्रमणको महामारीबाट विश्व नै आक्रान्त भएको समयमा उनीहरूले कृषि पेशा रोजेका थिए । करोडौँ रुपैयाँ लगानी गरेर उनीहरूले कृषि उद्योग चलाइरहेका छन् । उनीहरूले दैनिक १०० लिटरको हाराहारीमा दूध बेच्ने गरेका छन् । उनको फार्ममा भारतबाट ल्याएका उन्नत जातका गाई पनि छन् ।
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...