×

NIC ASIA

सरसर्ती २४ घण्टा : युक्रेनमा चार नेपाली बन्दी, उखु र गहुँको समर्थन मूल्य निर्धारण

काठमाडाैं | पुस ५, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

रुसी सेनामा भर्ती भएका ४ जना नेपाली युक्रेनमा बन्दी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै रुसी सेनामा कार्यरत थप एक नेपाली भिडन्तमा मारिएको पनि मन्त्रालयले पुष्टि गरेको छ । यससँगै रुसी सेनामा भर्ना भएर मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुस र युक्रेनबीच जारी युद्धका क्रममा नेपालीहरु अवैध रुपमा रुसी सेनामा भर्ती भएका छन् भने उनीहरुलाई अग्रमोर्चामा युक्रेनविरुद्धको लडाइँमा खटाइएको बताइएको छ ।
००००
रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एकै गाउँका पाँच जनाको मृत्यु भएको छ । जिल्लाको आठबीसकोट नगरपालिका१० मा गएराति रा १ त १४  नम्बरको ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।


Advertisment
Rupse Holidays
Nabil box

उनका अनुसार दुर्घटनामा ज्यान गुमाउने सबै आठबिसकोट नगरपालिका वडा नम्बर १० का हुन् । दुर्घटनामा वर्ष ४६ का लोकबहादुर शाही र उनकी श्रीमती वर्ष ४२ की चुकी शाहीको ज्यान गएको छ । यस्तै, ५२ वर्षका भर्दर सार्की, ४८ वर्षका धनराम सार्की र ४७ वर्षकी निर्मला सार्कीको पनि दुर्घटनामै ज्यान गएको छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एक वर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आगामी कार्य योजना बनाउने बताएका छन् ।

Vianet communication

बुधवार दिउँसो सिंहदरबार कृषि तथा पशुपन्छी र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको संयुक्त वार्षिक समीक्षा बैठकमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरेका छन् ।
संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधवार राष्ट्रपति पौडेलले उनीहरूलाई नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।
००००
नेकपा एमालेले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सफल भएको निष्कर्ष निकालेको छ । 
पार्टी मुख्यालय ललितपुरमा बुधबार भएको सचिवालय बैठकले यात्राको समीक्षा गर्दै त्यो पूर्णरुपमा सफल भएको निष्कर्ण निकालेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
००००
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती बुधबार क्रिश्चियसम्बन्धी एक संस्थाको कार्यक्रममा सहभागी भए । उक्त कार्यक्रममा उनले दिएको अभिव्यक्तिलाई लिएर विभिन्न टीकाटिप्पणी भएको छ । 
सो कार्यक्रममा उनले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु सरह भएको बताएका थिए ।  संविधान भन्नेहरू देशद्रोही हुने उनको भनाइ थियो ।
००००
पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकार खारेज गरेका छन् ।

कोषको भएको परिषद् बैठकले यसअघि नियुक्त गरिएका सल्लाहकार खारेज गर्ने निर्णय गरेको हो ।
००००
कोशी प्रदेशसभाको बुधवारको बैठकले कोशी प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८० सर्वसम्मतले पारित गरेको छ ।
सो विधेयक आर्थिक मामिला तथा योजनामन्त्रालयको जिम्मेवारी सम्हालेका मुख्यमन्त्री केदार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले सदनमा पेश गरेका थिए ।
००००
सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ । 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको सङ्क्रमणबाट डराउन नपर्ने बताए ।
००००
आगामी माघ ११ मा हुने तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली स्वीकृत गरेको छ ।
जम्मा २ हजार ४७ जनाको मतदाता नामावली स्वीकृत भएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले बुधवार एक विज्ञप्ति जारी गर्दै जनाएका छन् । 
००००
सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनका अनुसार यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिनेछ ।

यसैबीच सरकारले गहुँ बालीको न्यूनतम सर्मथन मूल्य निर्धारण गरेको छ ।  सरकारले ३ हजार ६ सय ५० रुपैयाँ १४ पैसा प्रतिक्विन्टल गहुँ बालीको न्यूनतम सर्मथन मूल्य तोकेको हो । मन्त्री परिषद् बैठकमा सरकारको एक वर्षे कामको समीक्षा पनि भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x