×

NMB BANK
NIC ASIA

कांग्रेसले प्रधानमन्त्रीलाई अब कुर्न सक्दैनौं भन्नुपर्छ– गगन थापा

उदयपुर | पुस ६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले भोट हालेर बनाएको सरकारलाई अब कुर्न सक्दैनौं भन्न सक्नुपर्ने बताएका छन् । उदयपुरको कांग्रेस जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीले नै एक वर्षमा काम गर्न नसकिएको बताउँदै आएको भन्दै कांग्रेसले पनि कुर्न सक्दैनौं भन्न सक्नुपर्ने बताएका हुन् । 

Muktinath Bank

‘हामीले मत हालेर सरकार बनाएको एक वर्ष भयो । एक वर्ष पुगेको दिन यो गर्छु भनेर मात्रै अब प्रधानमन्त्रीले धर पाउनुहुँदैन । कांग्रेसले प्रधानमन्त्रीलाई भन्ने बेला आएको छ, एक वर्षमा काम भएन भनेर अब कुर्नलाई सम्भव छैन,’ थापाले भने, ‘अब प्रधानमन्त्रीले पुस १० मा भन्नुपर्छ, माघ १० गते एक महिनासम्म एउटा पनि कार्यक्रममा जान्नँ, भाषण गर्दिनँ बिहानदेखि बेलुकासम्म सिंहदबारमा बस्छु, भन्नुपर्छ । प्रधानमन्त्री डुल्दै हिँड्दा मन्त्री डुल्ने भए । यो रोग प्रदेशमा पनि सर्‍यो । त्यसैले अब बोल्ने होइन, परिणाम दिने प्रधानमन्त्री चाहिन्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसले मत दिएर बनाएको प्रधानमन्त्रीलाई अब यत्तिकै कमजोर भएर चल्ने छुट नभएको पनि थापाले बताए । अबको परिस्थिति सम्हाल्न कांग्रेस अग्रसर हुनुपर्ने उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

‘संघीयताको सन्दर्भमा प्रश्न उठेको छ । हिजो १४ अञ्चल र ७५ जिल्ला भन्दा अहिले प्रदेशमा धेरै खर्च भयो भन्ने प्रश्न उठेको छ । ७५ जिल्ला १४ अञ्चलभन्दा कम खर्चमा ७ प्रदेश र देशभरका पालिकाको प्रशासनिक खर्च धान्न सकिन्छ,’  थापाले भने । 

Vianet communication
Laxmi Bank

थापाले मिश्रित निर्वाचन प्रणालीको दुरुपयोग नेताले नै गरेको आरोप थापाले लगाए ।  

‘हिजो पनि हामीले सानो पार्टीका रूपमा सूर्यबहादुरलाई बोकेका होइनौं ? मिश्रित निर्वाचन प्रणालीको दुरुपयोग गरेर नेताको खल्तीबाट नेताको सूची निकाल्ने क्रम अझै रोकिएको छैन,’ थापाले भने, ‘नेताको खल्तीबाट आफ्नो प्रियजनलाई जिम्मेवारी दिने क्रमलाई सच्याउनुपर्छ, गर्न सकिन्छ, देश र जनताको बीचमा उभिएर संकल्प गर्नुपर्छ ।’

भ्रष्टाचारबाट जनता रिसाएको भन्दै थापाले जोसुकै भए पनि दण्ड दिनुपर्ने बताए । 

‘भ्रष्टाचारको कारण जनता रिसाएका छन्, जोसुकै भए पनि दण्ड दिनुपर्छ । ०४६ पछि बनेका प्रधानमन्त्री, मन्त्री, सेनापति, प्रहरीका आईजीपी सबैको सम्पत्ति छानबिन गर्नुपर्छ । २० वर्षपछि भए पनि भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ,’ थापाले भने, ‘हामीसँग चार वर्षको समय छ । चार वर्षमा हामीले बनाएका कानूनले नागरिकलाई छोएको देखाउन सक्नुपर्छ ।’

ठूला नेताको उपचारको जिम्मा राज्यले लिएजस्तै नागरिकको उपचारको जिम्मा पनि राज्यले लिने कानूनलाई बलियो बनाएर जानुपर्ने पनि थापाले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x