×

NMB BANK
NIC ASIA

विवाहका लागि बालिकाको उमेर २० वर्ष हुनुपर्ने कानूनी व्यवस्था भए पनि तराई–मधेशका जिल्लामा बालविवाहको समस्या भयावह छ । यो समस्या रोकथाम प्रयासस्वरुप रुपन्देहीको रोहिणी गाउँपालिकाले बालिका बीमा कार्यक्रम शुरू गरेको छ । 

Muktinath Bank

गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले पालिकामा जन्मिएका छोरीको खातामा २० हजार रुपैयाँ जम्मा गरिदिने बताए । अभिभावकले इच्छाअनुसार जम्मा गर्न सक्नेछन् । ‘छोरी २० वर्ष पुगेपछि मात्र निकाल्न मिल्ने बीमा रकम त्यतिञ्जेल डेढ–दुई लाख सम्म पुग्छ,’ अध्यक्ष यादव भन्छन्, ‘त्यो बेला यो रकम छोरीको लागि विवाह वा उच्च शिक्षा अध्ययन गर्नको लागि काम लाग्नेछ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँपालिकाले नै बीमाबापत २० हजार दिने भएपछि अभिभावकहरू पनि खुशी देखिएका छन् । गाउँपालिको चालू आर्थिक वर्षका लागि ३० लाख रुपैयाँ बजेट राखेर अभियान शुरू गरेको हो । आर्थिक वर्ष २०७९–८० र २०८०–८१ मा जन्मिएका बालिकाको बीमा गरिनेछ । ‘छोरा र छोरीबीच गरिने भेदभावमा पनि कमी आउने विश्वास गरेका छौं,’ यादवले थप्छन्, ‘बालविवाहको अन्त्य गर्न, समयमै जन्मदर्ता, विवाह दर्ताजस्ता व्यक्तिगत घटना दर्ताका लागि प्रेरित गर्न, बालिकाको उच्च शिक्षामा सहयोग पुर्याउन, बालिकाको मनोबल बढाउन र आर्थिक रूपमा कमजोर भएका परिवारलाई केही भए पनि सहयोग पुग्नेछन् ।’


Advertisment
Nabil box
Kumari

रोहिणी गाउँपालिका र प्रभु महालक्ष्मी इन्स्योरेन्स लिमिटेडबीच बीमाका लागि सोमवार एक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । सम्झौतापत्र अनुसार रोहिणी गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा र स्वास्थ्य संस्थाले रेफर गरेकाहरूमध्ये छोरी जन्मिएकालाई यो बीमा योजनामा आबद्ध गराइनेछ ।  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले, ‘गाउँपालिका अध्यक्ष बालिका संरक्षण अभियान,’ अन्तर्गत बालिका बीमा कार्यक्रम लागू गरिएको बताए । 

Vianet communication
Laxmi Bank

उनले बालिका बीमा कार्यक्रमले बालिकाको उच्च शिक्षामा मात्र नभइ बालविवाह रोक्न, घरमै सुत्केरी गराउने रोकी स्वास्थ्य संस्थामा गराउन प्रोत्साहन गर्ने बताए । कार्यविधिअनुसार एक बालिकाका लागि गाउँपालिकाले २० हजार रुपैयाँ एकपटक जम्मा गर्ने र अभिभावकले स्वेच्छाले रकम थपेर बीमा गर्न सकिनेछ ।   गाउँपालिकाका प्रवक्ता वीरबहादुर क्षेत्रीले गत वर्ष र चालू आवमा १९० जना बालिका गाउँपालिकामा जन्मिएका र मापदण्डमा पर्ने बालिकाको बीमा गरिने बताए । उनले आगामी वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे । 

null

यो अभियान अघिल्लो कार्यकालमा रुपन्देहीकै ओमसतिया गाउँपालिका र गैडहवा  गाउँपालिकाले शुरू गरेका थिए । रुपन्देही पनि बालबिबाह बढी हुने जिल्लामध्ये एक हो । गरिबी, अशिक्षा र परम्परागत सोचका कारण बालविवाह घट्न सकेको छैन । छोरीको सानैमा बिहे गरे पुण्य कमाइन्छ भन्ने अन्धविश्वास यहाँ व्याप्त छ । सानैमा बिहे गरे पालनपोषण तथा शिक्षामा खर्च गर्नुनपर्ने व्यावहारिक कारण पनि छ ।

पालिकाका बर्थिक सेन्टरमा बच्चा जन्माउनुपर्ने, रिफर गर्नुपर्ने अवस्था आए सिफारिस लिनुपर्ने कार्यविधिमा समावेश छ । २० वर्षमा समाजमा धेरै परिवर्तन भइसक्नेछ । आर्थिक अवस्थामा पनि उतारचढाव आउनेछ । 

बालविवाहको भयावह अवस्था हटाउन प्रोत्साहन र चेतनाका लागि यस्तो कार्यक्रम शुरूआत गरिएको उनको भनाइ छ । बीमा अभियानलाई प्रभावकारी भन्दै आसपासका अन्य स्थानीय सरकार पनि यस्तै प्रकृतिका अभियान सञ्चालन गर्ने तयारीमा छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x