×

NIC ASIA

सरसर्ती २४ घण्टा

१९ सिटका लागि चार दलबीच गठबन्धन, चार दल एक्लाएक्लै मैदानमा

काठमाडाैं | पुस २४, २०८०

Prabhu Bank
NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा गरेर ८ दलको उम्मेदवारी परेको छ । १९ पदका लागि माघ ११ मा हुन लागेको निर्वाचनका लागि सोमबार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नेपाल मजदुर किसान पार्टीबाट ५२ जनाको उम्मेदवारी परेको हो । 

Muktinath Bank

जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच १९ सिटमै गठबन्धन रहेको छ भने बाँकी चार दल छुट्टाछुट्टै मैदानमा खडा भएर उम्मेदवारी दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन आयोगका अनुसार कोशी प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।​


Advertisment
Nabil box
Kumari

यसैगरी मधेश प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ। यसैगरी बागमती प्रदेशमा महिला समूहका लागि ४ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि ४ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा १५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।​
यसैगरी गण्डकी प्रदेशमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसंयक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ८ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

Vianet communication

प्रवक्ता शालिग्राम शर्मा पौडेलले लुम्बिनी प्रदेशमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा ७ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको जानकारी दिए ।  यसैगरी कर्णाली प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

सुदूरपश्चिम प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको हो । आयोगका अनुसार समग्रमा सातै प्रदेशमा कुल उम्मेदवारमध्ये महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय तर्फ  ८, र अन्य समूहतर्फ २१, गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

स्वीकृत निर्वाचन कार्यक्रम अनुसार मंगलबार उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण हुनेछ।
००००
कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यको निर्वाचनमा  कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सोमबार मनोनयन दर्ता गराए ।
झापा–३ मा पछिल्ला दुई निर्वाचनमा लिङ्देनसँग पराजय व्यहोरेका सिटौला सहजै माथिल्लो सदनमा पुग्नेमा ढुक्क छन् । 
उनले निर्वाचन अधिकृतको कार्यालयमा साढे १० बजेको समय मागेका थिए । तर, उनी निकटकै केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भीम पराजुजीले ‘शून्य’ समय बनाउँदा राम्रो हुँदैन भनेपछि उनले १० बजेर २१ मिनेटमा मनोनयन दर्ता गराएका थिए ।
 ‘साढे १० को समयमा मनोनयन दर्ता गराउँदा शनिको दशा छ भनेपछि उहाँले अगाडि नै दर्ता गराउनुभएको हो,’ कांग्रेसका एक नेताले भने, ‘गठबन्धन एक ढिक्का भएन भने राष्ट्रियसभा पुग्ने सम्भावना कमजोर हुँदैन भन्न सकिँदैन ।’ कांग्रेसभित्र कोशीमा भएको विद्रोहको डर अहिले पनि रहेको नेताहरू बताउँछन् ।
००००
नेपाली कांग्रेसले चलाखीपूर्ण तरिकाले अनुकूल नेतालाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ । आम निर्वाचनमा पराजित र प्रभावशाली नेताहरूले नै राष्ट्रिय सभामा जान आकांक्षा राखेपछि कांग्रेस संस्थापनले चलाखी गर्दै उम्मेदवार छनोट गरेको हो । कांग्रेस संस्थापनले उम्मेदवार छनोटमा क्लस्टरतर्फ चलाखी गरेको छ ।
००००
राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट टिकट पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले मनोनयन नै दर्ता गराएनन् । 

 सो पार्टीले सुदूरपश्चिमबाट महिला समूहमा जनककुमारी कुवँर, अन्य समूहमा रोम स्वाँर र अपाङ्गता समूहमा जयकृष्ण बोहरालाई टिकट दिएको थियो । राप्रपाका प्रदेश महासचिव छत्र शाहीले टिकट पाएका उम्मेदवारले मतभार नहुँदा उम्मेदवारी नदिएको बताए ।
००००
संसदीय समितिको निर्देशन र अदालतको आदेशविपरीत सञ्चार मन्त्रालयले इन्टरनेट सेवा प्रदायकहरूलाई डलर सटहीको सिफारिश नदिँदा देशकै इन्टरनेट सेवा ठप्प हुने जोखिम बढेको छ ।

इन्टरनेट सेवा आयात गरेबापत टाटा, एयरटेल, सिफीजस्ता विदेशी अपस्ट्रीम कम्पनीलाई पठाउनुपर्ने पैसा रोकिएको ९ महिना भइसकेको छ । तर, डलर सटही सुविधाका लागि राष्ट्र बैंकलाई गर्नुपर्ने सिफारिश मन्त्रालयले गरेको छैन ।
००००
भरतपुर महानगरपालिका  ५ नारायणपुरमा रहेको लाइफ केयर पुनःस्थापना केन्द्रमा एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका ८ का ५८ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार केन्द्रमा अचानक ढलेर उनको मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए । थापाले अत्यधिक मदिरा सेवन गर्न थालेपछि उनको परिवारले यही पुस १७ गते पुनःस्थापना केन्द्रमा ल्याएका थिए ।
००००
जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका आठजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश शङ्करबहादुर राईको इजलासले निजहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । उक्त प्रकरणमा संलग्न रहेको भनिएका दुईजना अझै फरार छन् ।
००००
उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उच्च अदालतमा नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । 

उच्च अदालत पाटनमा आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा नवनियुक्त ३९ जना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले ट्रंक र डेडिकेटेड विद्युत सेवा उपभोग गरेका उद्योगी विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने र उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने बताएका छन् ।

सोमबार दिउँसो सिंहदरबारमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका मन्त्री, सचिव र अन्य पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
००००
नक्कली सवारी चालक अनुमतिपत्र सम्बन्धमा अध्ययन गर्न भनेर यातायात  व्यवस्था विभागद्वारा गठित आन्तरिक छानबिन समितिले प्रतिवेदन बुझाएको छ । २०७२ सालपछि विभागको डेटाबेसमा इन्ट्री भएका ५० लाख लाइसेन्ससम्बन्धमा छानबिन गरी प्रतिवेदन बुझाइएको समितिले जनाएको छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x