×

NMB BANK
NIC ASIA

निःस्वार्थ मनले सेवा

१६ वर्षको प्राध्यापनपछि रक्तदानमा समर्पित कृष्ण: आफ्नै खर्चमा २४सै घण्टा निःशुल्क सेवा

बुटवल | पुस २८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवलका कृष्ण चौहान क्षेत्रीले आफ्नो सफलता पैसासँग कहिल्यै तौलिएनन् । बरु हुँदा खाँदाको प्राध्यापन पेशाबाट हात झिकेर २४सै घण्टा मानव सेवामा लागेका छन् । उनको आफ्नो सम्पूर्ण जीवन नै रक्तदान क्षेत्रमा बिताउने प्रण गरेका छन् । बिरामीलाई रगत जुटाउन उनी रातदिन तल्लीन छन् । 

Muktinath Bank

यसैले आजकल कृष्णको नाम र रक्तदान पर्यावाची जस्तै बनिसकेको छ । उमेरले ४४ वर्ष टेकेका उनले हरेक तीन–तीन महिनामा रक्तदान गर्छन् । अरू स्वस्थ व्यक्तिलाई पनि नियमित रक्तदान गर्न प्रोत्साहन गर्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल स्वयंसेवी रक्तदाता समाज, रूपन्देहीका अध्यक्षसमेत रहेका कृष्णले अहिलेसम्म ८० पटक रक्तदान गरिसकेका छन् । उनले विस २०६१ पुस २३ गतेदेखि अहिलेसम्म हरेक ९०–९० दिनमा रक्तदान गर्दै आइरहेका छन् । कृष्ण नेपालमा सबैभन्दा धेरै रक्तदान गर्ने ‘टप टेन’भित्र पर्छन् ।


Advertisment
Nabil box
Kumari

रुपन्देहीका लागि पहिलो स्थानमा । विशुद्ध आत्मसन्तुष्टिका लागि समाजसेवामा लागेका कृष्ण रक्तदानलाई अभियानकै रूपमा अघि बढाएर हजारौं बिरामीलाई मृत्युको मुखबाट जोगाएर छन् । 

Vianet communication
Laxmi Bank

रगत नपाएर जीवन जोखिममा परेकाहरूका लागि रगत दिन र जुटाउन रगतदाता खोज्न रातदिन जुटाउन कृष्ण लागि परिरहन्छन् । बिरामीलाई रगत उपलब्ध गराउन उनी र उनीजस्तै रक्तदाता मिलेर नेपाल स्वयंसेवी रक्तदाता समाज खुलेको हो । 

null

‘रगत नपाए बुटवल जानू’ अभियान शुरू गरेका कृष्णले रगत अभाव भएको बेला चितवन, पोखरा, काठमाडौं र दाङसम्म पठाउने गर्छन् । अभियानमा लागेयता अहिलेसम्म उनले आफ्नै खल्तीबाट पैसा खर्च गरिरहेका छन् । उनले बाहिरबाट अहिलेसम्म कसैको आर्थिक सहयोग लिएका छैनन् । ‘मैले त पढाउने जागिर पनि छाडेर यसैमा लागें,’ उनी भन्छन्, ‘श्रीमतीले बैंकमा जागिर गर्छिन् । खान पुगेकै छ । बस त्यति भए पुग्यो । अहिलेसम्म कसैसँग पैसा माग्नुपरेको छैन ।’ 

कृष्ण रक्तदाताहरूलाई खर्च नगराई रक्तदान गराउने गर्छन् । रक्तदान गर्ने संघ–संस्थाहरूले पनि उनलाई बोलाउँछन् । उनले पनि रक्तदातालाई बोलाउँछन्, खाजा खुवाउँछन् । रक्तदाताहरूको एक रुपैयाँ पनि खान नहुने उनको बुझाइ छ । रक्तदानमा लागेर उनले अहिलेसम्म कति खर्च गरेँ भन्ने हिसाब राखेका छैनन् । त्यसरी खर्चको लेखाजोखा राख्ने हो भने समाजसेवा नै नहुने उनी बताउँछन् । निःस्वार्थ मनले सेवा गरेकाले अब पनि त्यसरी हिसाब नराख्ने कृष्णले बताए । २३ वर्षको उमेरदेखि लगातार रक्तदान गरेका उनी पहिलो पटक गर्न खोज्दा रगत दिन नमिलेको क्षण सम्झनलायक भएको बताउँछन् । 

विसं २०६१ मा बुटवलमा एकजना अपरिचित व्यक्तिले कृष्णलाई भने, ‘मेरी छोरी बिरामी छे, उसका लागि रगत चाहियो ।’ कृष्णले उनलाई तुरून्तै पुष्पलालपार्कस्थित रगतको रक्तसञ्चार केन्द्रमा लगे । उनी बिरामीलाई रगत दिन तयार भए । तर, उनको ‘ब्लड प्रेसर’ नमिलेर बिरामीलाई रगत दिन पाएनन् । बिरामीलाई बचाउन पहिलो पटक रगत दिन नमिलेपछि उनी रक्तदान गर्दा के–के कुराहरू मिल्नुपर्ने रहेछ भनेर सोधखोज गरे । 

पाल्पाका सरोज सिलवालले नियमित रक्तदान गर्दै आएका छन् भन्ने कृष्णले थाहा पाए । सिलवाल नेपाल नियमित रक्तदाता संघ गठन गरी रक्तदान गर्दै आएका थिए । संघले पहिलो पटक विसं २०६१ पुस २३ गते बुटवलमा आकस्मिक रक्तदान कार्यक्रम राख्यो । कृष्णले पनि रक्तदान कार्यक्रममा पुगेर पहिलो पटक रक्तदान गरे । त्यसपछि उनले तीन–तीन महिनामा हालसम्म रक्तदान गर्दै आएका छन् । 

कृष्ण बिहान एकपटक स्वयंसेवी रक्तदाता समाजको म्यासेन्जर ग्रुप च्याट नियाल्छन् । कसैलाई रगत चाहिएर म्यासेज आएको छ कि भनेर सोधीखोजी गर्छन् । स्वयंसेवी रक्तदाताहरूको नाम र नम्बरसहितको लामो सूची उनले मोबाइलमा राखेका छन् । रक्तदाताको रक्तसमूहअनुसार अलग–अलग सूची तयार पारेका छन् उनले । आकस्मिक रूपमा बिरामीलाई रगत चाहियो भने मोबाइलमा रक्तदाताहरूको नाम हेर्छन् र कुन समूहको रगत चाहिएको हो त्यही समूह भएको व्यक्तिलाई सम्पर्क गरेर बोलाउन गर्छन् । उनको खोलेको संस्थामा अहिले ५०० भन्दा बढी आजीवन सदस्य रहेका छन् । तीमध्येबाट पनि उनले रक्तदान गराउँछन् ।

रक्तदान गरिरहँदा अहिलेसम्म कृष्णलाई कुनै कमजोरी महसुस भएको छैन । कुनै ठूलो समस्या देखिएको छैन । त्यसैले रक्तदानले मानिसलाई निरोगीसमेत बनाउने उनी बताउँछन् । रक्तदाताले निःशुल्क दिएको रगत देशभरिका बिरामीले निःशुल्क पाउनुपर्छ भन्ने दबाबपूर्ण आन्दोलन पनि छेडे उनले । सो आन्दोलन र दबाबले लुम्बिनी प्रदेश सरकारले सरकारी अस्पतालमा उपचार गर्ने बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने गरेको छ भने धेरै पालिकाले आफ्ना नगरवासीका लागि निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरिसकेका छन् ।

प्राध्यापनदेखि सहकारी विज्ञसम्म
हाटबजारको भुँइमै व्यवसाय गरेर व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका कृष्णले बुटवलको एभरेस्ट माविमा एक दशक ‘प्लस टू’ संयोजक भएर प्राध्यापन गराए ।  १६ वर्ष प्राध्यापक गरेका उनी त्यो छोडर समाजसेवामा मात्र लागेका हुन् । आर्थिक क्षेत्रमा राम्रो दख्खल राख्ने उनी सहकारीको विज्ञको रूपमा पनि चिनिन्छन् । 

रक्तदान अभियानमा उत्कृष्ट काम गरेपछि कृष्णलाई एसियन थाई फुड्सले ‘तपाईंलाई केको भोक छ’ भन्ने विद्याअन्तर्गत १ लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरेको छ । यस्तै उनले नेपाल रेडक्रस सोसाइटीबाट स्वर्ण (५० पटक) र रजत (२५ पटक) पदकको सम्मान पाएका छन् । यसैगरी उनले उत्कृष्ट युवा पुरस्कार (बुटवल जेसिज), कोभिड हिरो (तीनवटा रोटरी तथा चावटा रोट्रयाक्ट क्लबबाट) र विश्व हिन्दू महासंघ आदिबाट गरी १०० भन्दा धेरै पुरस्कार र सम्मान पाएका छन् । 

कृष्ण नेतृत्वको समाजले प्रत्येक महिनाको अन्तिम शनिवार रक्तदान कार्यक्रम राख्ने गर्छ । उनी डेङ्गु र कोभिडका बिरामीका लागि आवश्यक प्लाज्मा व्यवस्था गर्ने गर्छन् । साथै १७ वर्ष पूरा भएकालाई रक्तदानमा प्रेरित गरेको तथा भारतको दिल्ली र गोरखपुरसम्म समेत नेपाली बिरामीका लागि रगत व्यवस्थापन गरेको उनी सुनाउँछन् । यस्तै दुर्गम पहाडी र मधेशका क्षेत्रमा पनि उनले रक्तदान कार्यक्रम चलाएका छन् । ‘रक्तदान गर्न डराउने मधेश क्षेत्रमा रक्तदान कार्यक्रम आयोजना गरियो । अवसरबाट बञ्चित पहाडी क्षेत्रमा समेत यो कार्यक्रम आयोजना गरियो,’ उनले थपे ।

रगत सबैलाई सर्वशुलभ हुनुपर्छ भन्ने कृष्णको मान्यता छ । रगत संकलनमा मात्रै होइन रगत वितरणमा समेत स्वयंसेवी रक्तदाताको प्रत्यक्ष संलग्न गराउन र उनीहरूको आफ्नै ब्लड बैंक स्थापना गर्न लागिपरेका छन् उनी । ‘कहिल्यै पनि, रगत छैन नभन्ने, तर शुल्क कति छ ? भन्दा हामी रगत बेच्दैनौ भन्ने गरेको पाइन्छ । यसैलाई चिर्न ‘ब्लड’ बैंक शुरूवात गर्न लागेको उनको भनाइ छ । सबैलाई समान व्यवहार गर्ने कृष्णको स्वभाव रहेका र समाजसेवा गर्छु भन्नेहरू उनीजस्तो हुनुपर्ने उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । रक्तदानको सेवामा मात्र होइन, अन्य समस्या पर्दा पनि कृष्णले उत्तिकै सहयोग गर्ने उनीहरूको भनाइ छ ।

कृष्णका समकालीन मात्र होइन नयाँ पुस्तासमेत कृष्णको नामसँग पूरापूर परिचित छ । समाजसेवामा लाग्ने मानिसमा व्यक्तिगत स्वार्थभन्दा पनि सकारात्मक सामाजिक स्वार्थ हुन आवश्यक छ,’ उनी थप्छन्, ‘शुद्ध सामाजिक कार्य र सेवाले हामी सबैमा हुनुपर्छ । हृदयदेखि नै ‘सोसल वर्क’ गर्नेहरूले जनताको  विश्वास र माया बटुल्न कुनै गाह्रो छैन ।’ 

कृष्णको समाजसेवामा आजकल बुटवल क्षेत्रका स्थानीय पनि जोडिन थालेका छन् । यसबाट उनी उत्साहित छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x