×

NIC ASIA

सरसर्ती २४ घण्टा

निर्माण व्यवसायीको रकम भुक्तानी दिन प्रधानमन्त्रीको निर्देशन, घट्यो बैंकको ब्याजदर

काठमाडाैं | माघ १, २०८०

Prabhu Bank
NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
वाणिज्य र विकास बैंकहरूले माघ महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । १८ वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपको माथिल्लो सीमा कम गरेका छन् भने विकास बैंकहरूले पनि अधिकतम सीमामा शून्य दशमलव २५ प्रतिशत कम गरेका छन् ।
तत्काल कर्जाको माग नबढ्ने देखेपछि आफ्नो खर्च कम गर्न निक्षेपमा आजदेखि लागू हुनेगरी ब्याजदर कम गरेको बैंकहरूले जनाएका छन् ।
००००
निर्माण व्यवसायीहरूलाई नेपाल सरकारको तर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल भुक्तानी हुने भएको छ ।
आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्ष सिंहदरबारमा भएको छलफलपछि निर्माण व्यवसायीहरूले भुक्तानी पाउनुपर्ने रकम निकासाको प्रक्रिया आजै अगाडि बढाउने निर्णय भएको हो ।

Muktinath Bank

अर्थमन्त्री डा प्रकाशशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा। बैकुण्ठ अर्याल, अर्थसचिव डा कृष्णहरि पुष्कर, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहितको छलफलपछि भुक्तानीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छलफलमा प्रधानमन्त्रीले निर्माण व्यवसायीको गत आर्थिक वर्षको भुक्तानी गर्न बाँकी रू १ अर्ब ७१ करोड र चालु आर्थिक वर्षको अहिलेसम्मको दायित्व गरी रू ६ अर्ब ३० करोड तत्काल निकासा गरेर विकास निर्माणका काममा गति दिन अर्थ मन्त्रालयलाई निर्देशन दिएका थिए ।


Advertisment
Nabil box
Kumari

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका निम्ति गरेको प्रयास महत्वपूर्ण रहेको बताएका छन् । साथै २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न उनले निर्देशन दिएका छन् । 
००००
वैवाहिक बलात्कारको मुद्दामा पक्राउ परेका जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्च अदालतबाहिर आत्मदाहको प्रयास गरेकी छन् ।
शरीरमा मट्टितेल खन्याउँदै गरेको अवस्थामा उनलाई उद्धार गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगलले बताए ।
००००
विसं ०६४ को संविधानसभा निर्वाचनताका रौतहटमा इँटाभट्टामा जिउँदै आफ्ना कार्यकता जलाएको घटनाका आरोपित नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि भनेर तोकिएको आइतबारको पेशी स्थगित भएको छ ।

Vianet communication

आलमको मुद्दामा तोकिएको पेशी न्यायाधीशको कमीका कारण स्थगित गरिएको जिल्ला अदालत, रौतहटका श्रेष्तेदार उद्धव ढोडारीले लोकान्तरलाई जानकारी दिए ।
००००
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा शुक्रबार र शनिबार लगातार २ वटा कलेजो प्रत्यारोपण भएको छ । हाल सम्म केन्द्रले  १८ जनाको कलेजो र ११८१ जनाको मृर्गौला  प्रत्यारोपण गरी सकेको प्रेस नोटमार्फत जानकारी दिएको छ ।  
००००
नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको ऋणको किस्ता भुक्तानी गरेको हो ।
एयरलाइन्सले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडि जहाजको  पौष महिनाको किस्ताबापत पुरा र दुई वाइडबडि जहाजको आंशिक गरी आइतबार जम्मा त्रिपन्न करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ रकम भुक्तानी गरेको हो । 
००००
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको छ ।
निर्वाचनका उम्मेदवारले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची–१ बमोजिम ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताएका छन् ।
चिनियाँ नयाँ वर्षको आइतबार काठमाडौंमा उद्घाटन गर्दै उनले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध प्रगाढ रहेको बताए । 

यसैबीच प्रधानमन्त्री आगामी माघ ४ गते युगान्डा जाने भएका छन् । असंलग्न आन्दोलन (नाम)को १९औं शिखर बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आगामी माघ ४ गते बिहीवार युगान्डा जान लागेका हुन् ।
००००

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि आचारसंहिता जारी गरेको छ ।
आगामी माघ ११ गते सात वटा प्रदेशमा हुने राष्ट्रिय सभा सदस्यका १९ सदस्यको निर्वाचनको लागि आज मध्यरातीदेखि माघ १२ गतेसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

आयोगले आचारसंहिता अवधिभर सार्वजनिक स्रोत साधन र सम्पत्ति दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रयोग गर्न नहुने, निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन नहुने  जनाएको छ ।
००००
पूर्व गृहमन्त्री बालकृष्ण खाँण रिहा भएको दिन एउटै मुद्दामा थुनामा रहेका पूर्व गृहसचिव टेकनारायण पाण्डे सबैले सुन्नेगरी आवाजै निकालेर रोएको पाइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पाण्डे खाँण छुटेको दिन सबैले सुन्नेगरी ‘ड्वाँड्वाँ’ रोएको केन्द्रीय कारागारका सूचना अधिकारी मित्रलाल लुइँटेलले लोकान्तरसँग बताए ।

‘उहाँ बालकृष्ण खाँण छुटेको दिन बेस्सरी चिच्याएर रुनुभएको थियो,’ केन्द्रीय कारागारका सूचना अधिकारी मित्रलाल लुइँटेलले लोकान्तरसँग भने, ‘धुरूधुरू होइन, आवाजै निकालेर रुनुभयो ।’

पूर्व गृहमन्त्री खाँणलाई उच्च अदालत पाटनले मंसिर २८ गते ३० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । त्यो खबर पाण्डेले जेलका नाइकेमार्फत थाहा पाएका थिए ।
००००
नेपाल राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी व्हाट्सएपमार्फत विभिन्न व्यक्तिसँग कुराकानी गरेको भन्दै सजग रहन आग्रह गरेको छ ।

आइतवार दिउँसो एक सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले गभर्नर अधिकारीको फोटो र नाम दुरुपयोग गरेको जनाएको हो ।
००००
नेपाल राष्ट्र बैङ्कबाट जारी भएको निर्देशन विपरीत हुण्डी कारोबार गर्ने दुईजनालाई प्रहरीलेसार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका ५ घर भई हाल जिल्ला काठमाडौँ कपन बस्ने ३९ वर्षीय भीमसेन गौतम र चितवन राप्ती नगरपालका ४ घर भई हाल काठमाडौँ सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतम रहेको रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।
००००
सत्ता गठबन्धनका सात दलले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा आफूहरूका साझा १९ जना उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन् ।
सात दलका शीर्ष नेताले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभामा गठबन्धनलाई कमजोर बनाउने विभिन्न गतिविधि हुन सक्ने भन्दै यस्तो अपिल गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x