×

NIC ASIA

सरसर्ती २४ घण्टा

कर छल्न व्यक्तिगत खाताबाट कारोबार, फेरि आन्दोलनमा दुर्गा प्रसाईं

काठमाडाैं | माघ १०, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु–नगराउनु भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई मंगलवार निरन्तरता दिएको छ । 

न्यायाधीशद्वय शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले गत मङ्सिर २१ गते न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नु–नगराउनु भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आदेशमा भनिएको छ, ‘स्वामित्व परिर्वतनसम्बन्धी विषय विचारणीय देखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म यस अदालतबाट गत मङ्सिर २१ गते जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ ।’ 
मलेसियाको कम्पनी आजियाटाले एनसेलमा ८० प्रतिशत शेयर स्वामित्व रहेको रेनोल्ड होल्डिङ्सलाई नेपाली मूलका सतिशलाल आचार्यको स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको थियो ।
०००००
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम व्यवस्थापन करारमा दिने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगमको पुनःसंरचनाका निम्ति करार व्यवस्थापनमा जाने प्रक्रिया अगाडि बडाइएको जानकारी दिए । 
     
प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकमा मन्त्री किरातीले भने, “निगमको पुनःसंरचनाका निम्ति अब करार व्यवस्थापनमा जानैपर्ने देखिएकाले हामी यो प्रणालीमा जाने तयारीमा छौँ । करार व्यवस्थापनका निम्ति मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाइसकेको छ । छिट्टै यस विषयमा निर्णय हुनेछ ।”
००००
व्यक्तिगत बैंक खाताबाट व्यावसायिक प्रकृतिका कारोबार गरेर कर छली गर्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ ।
मंगलबार सार्वजनिक भएको नेपाल राष्ट्र बैंकअन्तर्गत रहेको वित्तीय जानकारी एकाइ फाइनान्सियल इन्टेलिजेन्स युनिटको प्रतिवेदनअनुसार विभिन्न प्रकृतिका व्यावसायिक कारोबारमा संस्थागत वा व्यावसायिक खाताबाट नभई व्यक्तिगत खाताबाट रकम लेनदेन गरेर कर छली हुने गरेको देखिएको हो । 


Advertisment
Rupse Holidays
Nabil box

एफआइयू नेपालको वार्षिक प्रतिवेदन २०२२–२३ अनुसार सन् २०२० जनवरीदेखि सन् २०२२ डिसेम्बरसम्म विश्लेषण गरिएका शङ्कास्पद कारोबारमध्ये ३७ प्रतिशत कारोबारमा व्यावसायिक प्रकृतिका कामका लागि व्यक्तिगत बैंक खाता प्रयोग भइरहेको देखिएको छ ।
००००
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनतालाई केन्द्रमा राखेर उनीहरूको हितमा काम गर्दा नै कांग्रेस बलियो हुने बताएका छन् । नेपाली कांग्रेस कास्कीको जिल्ला सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले लोकतन्त्रमा जनता नै सर्वेसर्वा हुने बताए । 
००००
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । मंगलवार नेप्से परिसूचक शून्य दशमलव ४० अङ्कले घटेर दुई हजार ९८ दशमलव २९ को बिन्दुमा कायम भएको हो । यो सातामा कारोबारको तगातार तेस्रो दिन नेप्से घटेको हो ।
००००
सरकारले माघ २९ गतेदेखि संघीय संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ देखि अधिवेशन बोलाउने निर्णय गरेको सरकारी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 
००००
मधेश प्रदेश सरकारबाट बाहिरिएको जनमत पार्टीले दमन र भ्रष्टाचारविरुद्ध आन्दोलन थाल्ने चेतावनी दिएको छ ।
पार्टीको संसदीय दलको मंगलवारको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको जानकारी दिँदै पार्टीका अध्यक्ष डा सीके राउतले सरकारबाट बाहिरिएर भ्रष्टाचारविरुद्ध आन्दोलन थाल्ने चेतावनी दिएका हुन् ।
००००
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईंले आगामी फागुन १ गतेबाट राज्य व्यवस्थाविरुद्धको नयाँ अभियान शुरू गर्ने बताएका छन् ।

Vianet communication

बुटवलमा आयोजित ‘अञ्चलस्तरीय’ कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै उनले त्यसको लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए । ‘बुटवलका व्यवसायीहरू यो अभियानमा जोडिन आग्रह गर्दछु, सत्य कुरा जहिले पनि तीतो हुन्छ । सत्यको पछि लाग्नको लागि यहीँ सभामार्फत आग्रह गर्दछु’, संयोजक प्रसाईंले भने । यसअघि मंसिरमा पनि दुर्गा प्रसाईले आन्दोलन गरेपनि प्रभावकारी बन्न सकेको थिएन । 
००००
काठमाडौंमा फेरि गुण्डागर्दी मौलाएको छ, तर प्रहरीले भने नदेखेझैँ गरिरहेको छ । नुवाकोटको ककनी गाउँपालिका–५ का सानुभाइ भनिने युवराज गुरुङले गुण्डागर्दी मच्चाउन थालेका हुन् ।

माघ ५ गते शुक्रवार राति ३ बजेर ३६ मिनेटमा गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङले छायाँ सेन्टरमा रहेको प्ले ब्वाइ क्लबमा एक व्यक्तिलाई मरणासन्न हुने गरी कुटिपट गरेका छन् । तर, प्रहरी त्यसमा मौन छ ।  सार्वजनिक स्थानमा भएको हातपातमा सेक्युरिटी गार्डहरू पनि मौन देखिन्छन् ।
००००
सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई छानबिन गर्न माग गर्दै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको  छ । लामिछानेविरुद्ध सिन्धुलीको कमलामाईका युवराज सफलले उजुरी दिएका हुन् ।
सफलले मंगलवार सिंहदरबारस्थित समितिको कार्यालयमा गएर सचिव रामहरि खतिवडालाई उजुरी बुझाएका छन् ।
००००
अध्यागमन विभागले भिजिट भिसामा विदेश जान लागेका ९२ जनालाई काठमाडौंको त्रिभुवन विमानस्थलबाटै फर्काएको छ ।
सोमवार ८४ र मंगलवार ८ गरी ९२ जनालाई फर्काइएको विभागका सूचना अधिकारी रामप्रसाद दाहालले लोकान्तरलाई जानकारी दिए । यसैबीच अध्यागमन विभागले भिजिट भिसामा विदेश जान बुधबारदेखि केही खुकुलो नियम लागू गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x