×

NMB BANK
NIC ASIA

माओवादी केन्द्रको विधान अधिवेशन

माओवादीमा चुनाव चिन्ह र पार्टीको नाम फेर्नुपर्ने बहस, विचित्रका सुझाव !

काठमाडाैं | फागुन २, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशनमा पार्टीको चुनाव चिन्ह ‘गोलाकारभित्रको हँसिया हथौडा’ फेर्नुपर्नाका कारणबारे विचित्रका सुझाव आएका छन् । कमलादीस्थित राष्ट्रिय सभागृहमा बुधवार विधान मस्यौदामाथि धारणा राख्ने क्रममा माओवादीका प्रतिनिधिहरूले पार्टीको चुनाव चिन्ह अप्ठ्यारो भएको भन्दै फेर्न प्रस्ताव गरेका हुन् । 

Muktinath Bank

‘बुधवार दिउँसोबाट छलफल शुरू भएकोमा २० मध्ये १३ समूहको रिपोर्टिङ सकिएको छ । यस क्रममा पार्टी अध्यक्षदेखि पदाधिकारी प्रत्यक्ष निर्वाचित गर्नुपर्ने, पार्टीको चुनाव चिन्हसँगै नाम पनि फेर्नुपर्ने प्रस्ताव आएका छन्,’ बैठकमा सहभागी प्रतिनिधि शैलेन्द्र घिमिरेले लोकान्तरसँग भने, ‘चुनाव चिन्ह भद्दा भयो । मतदान गर्न जनतालाई बुझाउन पनि गाह्रो भयो, यसैले यसलाई नै फेरौं भन्ने प्रस्ताव पनि आएको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

अर्का एक प्रतिनिधिका अनुसार चुनाव चिन्ह फेर्नुपर्नाका कारण पनि अलि अस्वाभाविक लाग्ने खालका छन् । 

Vianet communication
Laxmi Bank

‘चुनाव जित्नका लागि गठबन्धन गरिरहनुपर्ने हुन्छ । यस्तोमा लोकतन्त्र पक्षधरले कम्युनिस्ट, त्यसमा पनि माओवादीलाई भोट दिएनन् । कतिपयबाट गठबन्धन संस्कृति रहिरहने हो भने चुनाव चिन्ह पनि बदलौं भन्ने कुरा आएका छन्,’ ती प्रतिनिधिले भने, ‘गोलाकारभित्रको हँसिया हथौडामा भोट दिनुस् भन्दा लामो र गाह्रो भयो । यसैले एक शब्दको चुनाव चिन्ह राख्नुपर्छ भन्ने मत देखिन्छ ।’ समूह नेता सरल सहयात्री, हरिराज अधिकारी र परशुराम रम्तेलले समूहमा पार्टीको चुनाव चिन्ह फेर्नुपर्ने प्रस्ताव आएको उल्लेख गरेका थिए । 

पार्टीको नाम फेर्नेबारे ‘अस्वाभाविक’ सुझाव

पछिल्लो समय माओवादीलाई वामपन्थीइतर दलसँग पनि मिलेर चुनाव लड्नुपर्ने बाध्यता छ । यस्तोमा गैरकम्युनिस्टले  कम्युनिस्टलाई भोट नदिने गरेको भन्दै माओवादीभित्र पार्टीको नाम पनि फेर्न प्रस्ताव आएको छ । शहरी मतदाताले माओवादीलाई नपत्याएकाले धेरैले ‘माओवादी’ शब्द नै हटाउनुपर्ने सुझाव आएको एक नेताले दाबी गरे । 

‘माओवादी नै हाम्रो पहिचान हो, यो नाम कतै न कतै राख्नुपर्छ भन्ने मत पनि छन् । तर नेकपा (माओवादी केन्द्र) हटाएर ‘नेकपा समाजवादी केन्द्र’ नाम राख्नुपर्नेमा धेरैको जोड छ,’ ती नेताले भने, ‘कम्युनिस्ट पार्टी वा समाजवादी फुर्को जोडेर नयाँ नाम राखौं भन्ने हाम्रो सुझाव छ ।’

अध्यक्षदेखि पदाधिकारी सबैको चुनाव माग

माओवादीका निरन्तर टिके प्रथा चल्दै आएकोविरुद्ध यसपटक भने पार्टी अध्यक्षदेखि पदाधिकारी प्रत्यक्ष निर्वाचित र छरितो बनाउनुपर्ने सुझाव आएका छन् । पार्टीमा टिके प्रथा हुँदासम्म आकर्षण नदेखिने भन्दै निर्वाचन गर्नुपर्ने मत बलियो भएको माओवादी नेता हरि दाहाल बताउँछन् । 

null

‘प्रतिस्पर्धी, बलियो र नागरिकमा आकर्षण बढाउन पनि पार्टी अध्यक्षदेखि पदाधिकारी र सबै संरचनामा प्रत्यक्ष निर्वाचन गर्नुपर्ने मत बलियो रुपमा उठेको छ,’ उनले भने, ‘निर्वाचित भएर आउने भएपछि उमेर, अवधि केही पनि तोक्नु पर्दैन । जित्ने आउँछ । हार्ने पाखा लाग्छ भन्ने धेरैको मत छ ।’

समूहको सुझाव पेश गर्दै नेता हिमाल शर्माले पदाधिकारी प्रत्यक्ष निर्वाचित गर्नुपर्ने माग गरे । पार्टी र राजकीय पदमा एकैपटक बस्न नपाउने व्यवस्थाको मागसमेत उनले गरे । 

केन्द्रीय कमिटी बढीमा १५१ सदस्यीय राख्नुपर्नेमा धेरैको जोड रहेको एक प्रतिनिधि बताउँछन् । पदाधिकारी सात सदस्यीय बनाउने भए स्थायी कमिटी राख्नुपर्ने तर १७ सदस्य सदस्यीय पदाधिकारी राखे स्थायी कमिटी नराखेर पोलिटब्युरोले काम चलाउनुपर्ने सुझाव पनि आएका छन् । 

युवराज चौलागाईंले प्रत्यक्ष निर्वाचित पदाधिकारी हुने भएपछि स्थायी कमिटी नै आवश्यक नपर्ने सुझाव दिए । 

यी सबै रिपोर्टिङ सकिएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् । बिहीवार साँझसम्ममा विधान अधिवेशन सकाउने तयारी माओवादीको छ । एउटा पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइनेमा पनि आवाज उठेको छ ।

null

थरिथरिका सुझाव

समूह नेता झक्कुप्रसाद सुवेदीले नागरिकता पाएपछि मात्रै पार्टीमा सदस्य बनाउनुपर्ने सुझाव आएको बताए । माथि पदाधिकारी र तल पोलिटब्युरो भएपछि बीचमा स्थायी कमिटी नचाहिने सुझाव उनले टीमको तर्फबाट पेश गरे । 

अर्का नेता हरिराज अधिकारीले पनि नेपाली नागरिकता पाएपछि मात्रै पार्टी सदस्यता दिनु उचित हुने बताए । पार्टीको प्रदेश कमिटीलाई बलियो बनाउनुपर्ने, अनलाइनबाट पार्टी सदस्य नवीकरण गर्नेपर्ने तथा वैज्ञानिक समाजवादको विषय विधानको प्रस्तावमा लेख्नुपर्ने सुझाव दिए ।

नेताको सम्पत्ति छानबिन गर्नुपर्ने आवाज​

null

माओवादी केन्द्रभित्र नेताको सम्पत्ति छानबिन गर्नुपर्ने पनि आवाज उठेको छ । मंगलवारदेखि जारी विधान सम्मेलनमा भएको समूहगत छलफलमा नेताको सम्पत्ति छानबिनको आवाज उठेको हो । 

बुधवार मस्यौदामाथि टोली नेताले सुझाव राखिरहेका छन् । बुधवार २० मध्ये १३ जना टोली नेताले समूहगत धारणा राखेका छन् । 

२५८ केन्द्रीय सदस्यको पद धरापमा !

माओवादी केन्द्रले केन्द्रीय सदस्यको संख्या १५१ जनामा सीमिति गर्ने भएको छ । जारी विधान सम्मेलनमा अध्यक्ष प्रचण्डले पेश गरेको विधान मस्यौदमा केन्द्रीय समिति १५१ सदस्यीय बनाउने उल्लेख छ । यो विधान कार्यान्वयनमा गएपछि माओवादीका २५८ सदस्यको पद धरापमा पर्नेछ । 

माओवादीमा हाल ४०९ जना केन्द्रीय सदस्य छन् । पछिल्लो पटक २०८० साउन २१ गते विस्तार गरिएको केन्द्रीय समितिमा ४०९ जना सदस्य थिए । केन्द्रीय समिति १५१ जनामा सीमित गर्दा कम्तीमा २५८ जनाको पद धरापमा पर्ने भएको हो । 

उपाध्यक्ष पम्फा भुसाल संयोजकत्वको कार्यदलले बनाएको विधान मस्यौदामा केन्द्रीय समितिका सदस्यले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारी चयन गर्ने प्रस्ताव गरेको छ । केन्द्रीय समितिका एक-तिहाइलाई पोलिटब्युरोमा राख्न प्रस्ताव गरिएको छ । केन्द्रीय समिति जम्बो बनाउँदा पार्टी कमिटी चुस्त बन्न नसकेको निष्कर्षसहित माओवादीले आकार घटाउने तयारी गरेको हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x