×

NIC ASIA

सरसर्ती २४ घण्टा

मन्त्री ज्वालालाई बर्खास्त गर्न चर्को दबाब, एकीकृत समाजवादी पनि छलफलमा

काठमाडाैं | फागुन ७, २०८०

Prabhu Bank
NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
संसद्का विपक्षी दलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै अन्यथा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग गरेका छन् । आइतवार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक र शून्य समयमा विपक्षी दलले मन्त्री ज्वालाको राजीनामा माग गरेका हुन् । 

Muktinath Bank

आकस्मिक समयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले बालकुमारी घटना छानबिन गर्न गठित समितिले मन्त्री ज्वालालाई दोषी देखाएको भन्दै तत्काल बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराए । यस्तै रास्वपाका सभापति रवि लामिछानेलगायतले पनि ज्वालालाई बर्खास्त गर्न माग गरे । उनलाई छानबिन समितिले दोषी देखाएकाले पदबाट हटाएर कारबाही प्रक्रिया अघि बढाउनुपर्ने चर्को माग छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस विषयमा प्रधानमन्त्रीले संसदमा बोल्दै प्रतिवेदन हेरेर आवश्यक निर्णय लिने बताएका छन् । 
००००
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ ।


Advertisment
Nabil box
Kumari

गत पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफल सुरु गरेको छ । पार्टीको आन्तरिक बैठकमा  मन्त्री ज्वालाका विषयमा छलफल भए पनि आयोगको रिपोर्ट हेरेर निर्णय गरिने पार्टी  उपाध्यक्ष प्रमेश हमालले  जानकारी दिए ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी स्रोत बढाउन सरकारले विशेष पहल गरिरहेको बताएका छन् । खासगरी राजस्व प्रशासनमा थप सुधार गर्ने र विदेशी सहायताको परिचालन बढाउनेतर्फ पहल भइरहेको उनको भनाइ छ ।

Vianet communication

प्रतिनिधि सभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले राजस्व छली, अवैध व्यापार र कारोबार नियन्त्रण गर्न अब विशेष योजनासहित सरकार कडा रुपमा प्रस्तुत हुने बताए । प्रश्नोत्तरमा प्रधानमन्त्रीले सांसदमा विभिन्न १३ प्रश्नमा जवाफ दिएका थिए । 
००००
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस भएको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले सर्टलिस्टमा परेका १४ जनासँग अन्तरवार्ता लिएपछि ३ जनालाई नियुक्तिका लागि सिफारिस गरेको हो।  
जसअनुसार प्रा डा चित्रवहादुर बुढाथोकी, प्रा डा केशर बराल र प्रा डा टेकनाथ धमलाको नाम नियुक्तिका लागि सिफारिस भएक हुन् ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सचिव भीम उपाध्यायसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आयोगले आइतवार पूर्व सचिव उपाध्यायसहित सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरुद्ध पनि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा खानेपानी मन्त्रालयका पूर्वसचिवहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

अख्तियारले खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा। सञ्जय शर्मा र अर्थ मन्त्रालयका तत्कालीन सहसचिव तथा तत्कालीन बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेलविरुद्ध ६ करोड ९७ लाख ८३ हजार १७८ रुपैयाँ बिगो कायम गरेको छ ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मेलम्ची खानेपानी आयोजनामा अनियमितता गरेको अभियोगमा उनीविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
००००
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजदेखि नेपाली कांग्रेसको  महासमिति बैठक सुरु हुँदैछ । बैठकमा दुई हजार एक सय पाँचजना सहभागी हुने भएका छन् । 

आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सूचना, सञ्चार तथा  प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइसकेका छन् ।  
००००
विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका नेपाल कम्युनिनष्ट पार्टी माओवादी केन्द्र का नेता रेवतराज पुरीलाई  रु चार करोड तीन लाख ३४ हजार जरिवाना हुने फैसला गरेको छ । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सजाय निर्धारण गरी नेता पुरी र निजकी  श्रीमती सीमा भनिने केशावती पुरीलाई रु चार करोड तीन लाख ३४ हजार आठ सय ९४ जरिवाना सुनाइएको हो ।
००००
कर्णाली प्रदेश सरकारले तत्काललाई साबिककै निर्देशनालयबाट कामकाज गर्ने निर्णय गरेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण कार्य सम्पन्न भई नयाँ संरचना कायम नहुँदासम्म साबिकबमोजिम निर्देशनालय र कार्यालयले कार्य गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।
००००
सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डीका भट्टलाई नियुक्त गरेको छ ।
आइतवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेशमा सबै तहका समिति विघटन गर्ने निर्णय गरेको छ ।  हालको पार्टी संगठनका गतिविधिका बारेमा गहन समीक्षा पश्चात् सो क्षेत्रमा विशेष अभियानको आवश्यकता रहेको निष्कर्षका साथ  प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गर्ने निर्णय आइतबार बसेको सचिवालय बैठकले गरेको हो । यस निर्णयसँगै अब कर्णाली प्रदेशमा ३ महिने “कर्णाली विशेष अभियान” संचालन गरिने भएको छ ।
००००
राजधानीबाट सशस्त्र प्रहरी बलका एक जना डीएसपी  पक्राउ परेका छन् । दुव्र्यवहार आरोपमा डीएसपी तुलसिंह केसीलाई प्रहरीले पक्राउ गरेको हो । डीएसपी केसीलाई अहिले प्रहरी वृत्त स्वयम्भुमा राखिएको छ ।
००००
प्रहरी प्रभाग बलम्बुमा गोली चलेको छ । प्रभागका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट गोली चल्दा एक जना घाइते भएका छन् । प्रहरीले इन्स्पेक्टरमाथि छानबिन गरिरहेको छ । 
००००
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव समाजवादी मोर्चाको संयोजक बनेका छन् । आइतवार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय, आलोकनगरमा बसेको मोर्चाको बैठकले आलोपालो प्रणालीमा विप्लवलाई मोर्चाको संयोजक चयन गरेको जानकारी नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x